साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जान्छन् उतै भारत

अर्काको भरमा यहाँ मुलुकमा, होला र के उन्नति । सत्ता मोह दलाल धूर्त मतिले, निम्तिन्छ उल्टो गति ।। अर्काको छल हस्तक्षेप विधिको, गर्छन् खुबै स्वागत । निद्रा भङ्ग भयो भने पनि कठै, जान्छन् उतै भारत ।।

Nepal Telecom ad

खोक्रा भाषण भ्रष्ट नीति छलले, कुर्लेर के अर्थ छ ।
आफ्नो बास कपास गाँस गुमिए, बाँचेर के अर्थ छ ।।
हाम्रा मानिस गण्यमान्य अगुवा, बन्दै गए आश्रित ।
सौदा गर्नु पर्‍यो भने टहलिदै, जान्छन् उतै भारत ।।

सीमा मिच्दछ पारिबाट जहिल्यै, घट्दो छ हाम्रो जिमी ।
सत्ता पाइन भन्दछौ हरघडी, कस्तो गनायौ तिमी ।।
देशै शून्य भयो युवा जन गए, जापान बेलायत ।
मापाको छल चाहियो यदि भने, नेता चले भारत ।।

जुट्छन् आज कमाउने नियतले, नाच्छन् बडा मातले ।
लुट्छन् जीणर् अशक्त निम्न जनता, जल्लादका जातले ।।
फुट्छन् स्वार्थ र मानका कहरले, झिक्छन् खुबै तागत ।
मान्छे बन्छु भनेर जोकर बनी, जान्छन् उतै भारत ।।

गर्छन् दाजु र भाइ उग्र झगडा, बन्छन् खुबै जर्जर ।
मान्छे हुन् दलका विचार गुटका, भत्काउँछन् रे घर ।।
नेताका जड कर्म भ्रष्ट मतिले, रैती भए आजित ।
नेता शक्ति बढाउने नियतले, जान्छन् उतै भारत ।।

सम्झौता नव एकता मुलुकमा, देखिन्न सद्भावना ।
नौलो ज्ञान नवीन यत्न विधिको, छैनन् कुनै योजना ।।
उम्दा काम विकासको पहलमा, छैनन् कुनै लागत ।
सत्ता पाउन उच्च ठालु अगुवा, जान्छन् उतै भारत ।।

अर्काको भरमा यहाँ मुलुकमा, होला र के उन्नति ।
सत्ता मोह दलाल धूर्त मतिले, निम्तिन्छ उल्टो गति ।।
अर्काको छल हस्तक्षेप विधिको, गर्छन् खुबै स्वागत ।
निद्रा भङ्ग भयो भने पनि कठै, जान्छन् उतै भारत ।।

०००
वि.न.पा.-४, बट्टार, नुवाकोट
हालः- का.म.न.पा.-१६, बालाजु, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x