साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोतपर्वको बयान

पुर्ख्यौली साहसले लत्पतिएर खसेको रगत र कुर्सीमुनि बगिरहेको गरिबको आलो रगतलाई हेरेर उसले पुलिन्दाको अगाडि एक लाइन भाषा थप्यो । - “कोत पर्वको बयान !”

Nepal Telecom ad

-“प्रक्रिया प्रारम्भ हुन्छ !”
दुन्दुभी बजिरहेको थियो । दुन्दुभीको सिम्फोनिक प्रमुख ध्वनि लयले मत्ता हात्तीहरू खुट्टा बजारेर लल्कारिरहेका थिए ।
-“किचिदिउँ तँलाई, मिचिदिउँ तँलाई, थिचिदिउँ तँलाई !”

युक्तको हातमा तरवार, खुँडा, खुकुरी, भाला र भरूवा बन्दुक थिएन । एक महान साहित्यकारको हातमा भएको सिर्जनाको कलम मात्रै थियो । हातको कलमले गाथा, व्यथा र कथा मात्रै लेख्न सक्थ्यो । महाराज, महारानी र चौतरियाको बीच कुरा बोक्ने कुरौटेले उसलाई प्रश्न गर्यो ।
-“महाअभियोग होइन भन्ने पुष्टि गर !”

उसले बक्न थाल्यो । कर्तुत कहानीहरू महान दार्शनिक कवि होमरले झैं उसले पीडाको लयमा अशैह्य वेदनाहरूको साथमा प्रार्थनाको गीत गाउन थाल्यो ।
-“बोली देऊ न, मातृभूमि सर्बसत्यहरू !”
मातृभूमिको रचित असत्य महाकाव्यमा भित्रदेखि नै चलमल गरेका भाइरसहरूले आँखा तरेर हुँकार छोडे ।
-“तँ मातृभूमिको हत्यारा होस् !”
-“हत्याराहरू सबै सडकमा नाचिरहेछन् !”
-“को को छन् ?”
-“आलु, मुला, प्याज, खोर्सानी, टिमुर, बेसार र कर्कलो !”

छुद्र स्यालहरूले छेउछेउ चिथोर्न थाले । युक्त पीडाले रन्थनिन थाल्यो । उसलाई झुटको पुलिन्दामा साजिसहरू लेख्न दिइयो । कारिन्दाले पहिलेको युक्तको कालो छड्के टोपीमा पुलुक्क हेर्यो । ट्वाल्ल पर्यो । भन्यो ।
-“पानैपिच्छे सही गरिस्यो, हजुर !”

कारिन्दाको हातको महाकाव्यको रचनातिर हेरेर उसले आँखा भरि टिलपिल टिलपिल आँसु बनायो । दुई थोपा आँसु उसको आँखाबाट खसेको महाकाव्यको शीर्षकहरूमा गएर लत्पतियो । झसङ्ग भएर उसले पुर्खालाई सम्झ्यो । भित्ताातिर सजिएको उसको पुर्खाको तरवार थियो । उक्त तरबारबाट एकाएक कट कटिएको रगत चुहिन थाल्यो । पुर्ख्यौली साहसले लत्पतिएर खसेको रगत र कुर्सीमुनि बगिरहेको गरिबको आलो रगतलाई हेरेर उसले पुलिन्दाको अगाडि एक लाइन भाषा थप्यो ।
– “कोत पर्वको बयान !”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x