सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मैले पढाउन बिर्सिएको म

मैले नै पढाएको विद्यार्थी ऊ आजकाल न मलाई चिन्छ न उसलाई चिन्छ न आमालाई चिन्छ न बुबालाई चिन्छ ऊ बुबा चिन्दैन न समाज चिन्छ न संस्कृति चिन्छ न बुबाको पीडा चिन्छ न आमाको आँसु देख्छ ।

Nepal Telecom ad

ससाना नानीहरूलाई वर्षौ लगाएर
वणर् पढाएँ
अक्षर पढाएँ
वाक्य पढाएँ
पढाउन त के के पढाएँ पढाएँ
ऊ पढाएँ
त्यो पढाएँ
तिमी, हामी, उहाँ पढाएँ
यहाँ र त्यहाँ पनि पढाएँ
बिर्खेको जीवनी पढाएँ
हर्केकोको कथा पढाएँ
बाँझो पाखो पढाएँ
सपनाका सहर पढाएँ
जोड घटाउ पढाएँ
भूगोल पढाएँ
इतिहास पढाएँ
कविता पढाएँ
कथाभित्रका व्यथा पढाएँ
सबै सबै पढाएँ
पाठ्यक्रममा समेटिएका
विधा र क्षेत्र सबै पढाएँ
यति धेरै पढाई सक्दा पनि
ऊ भित्रको ‘म’ लाई नै
पढाउन बिर्सिएछु
त्यसैले माथ्ला घरको साइला दाइको छोरो
मैले नै पढाएको विद्यार्थी
ऊ आजकाल
न मलाई चिन्छ
न उसलाई चिन्छ
न आमालाई चिन्छ
न बुबालाई चिन्छ
ऊ बुबा चिन्दैन
न समाज चिन्छ
न संस्कृति चिन्छ
न बुबाको पीडा चिन्छ
न आमाको आँसु देख्छ
मैले ऊ भित्रको ‘म’ लाई नै पढाउन बिर्सदा
न उसको कानले आमाको बोली सुन्छ
न उसको हातले एक गिलास पानी ल्याउँछ
ऊ त ऊनै भएर एक्लै पल्टिरहन्छ एक्लै कोठामा
हामीले ऊ भित्रको ‘म’ लाई पढाउन नसक्दा नै होला
नैतिकता, सद्भाव, सहयोग, भाइचारा
सदासयता, कर्मनिष्ठता, लगनशीलता जस्ता
म भित्र समेटिएका पाठहरूलाई
इमान्दारीका साथ भन्नुपर्दा पढाउनै सकेनौँ
ऊ भित्रको ‘म’ लाई जगाउन
म बारम्बार चुकेँ
तपाईं पनि कतै चुक्नु भएको त छैन ??
ढिलै भए पनि विद्यार्थीलाई
ऊ भित्रको ‘म’ लाई बुझाउन सक्नुपर्छ
पाठ्यक्रमले राख्न बिर्सिएको ऊ भित्रको ‘म’ लाई
हामी आफैले भए पनि पढाउनुपर्छ
नभए त कालान्तरमा गएर
शैद्वान्तिक शिक्षाको ए प्लसले
विधार्थी लङ्गडो बन्छ
होइन भने भन्नुस् न त !
परीक्षामा ए प्लस ल्याएको
विद्यार्थीको व्यवहारले
आमा बुबा, गुरुजन, मान्यजन
परपाहुना, इस्टमित्र किन चिन्दिन भन्छ ??
हो, मैले ऊ भित्रको ‘म’ लाई पढाउन बिर्सिएकी छु
मैले पढाउनुपर्छ ऊ भित्रको ‘म’ !!

००००
सुन्दरहरैँचा, ९ मोरङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छोरो विदेश गयो

छोरो विदेश गयो

भूमिका खनाल
म र रक्सी

म र रक्सी

भूमिका खनाल
तीन ठोक्तक

तीन ठोक्तक

भूमिका खनाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’