सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म र रक्सी

बस् म चुपचाप सुन्थेँ अनि उडाईदिन्थेँ हावासँगै बदलामा आज ऊ मेरी रहन सकिन क्षितिजपारि पुगेकी आमालाई आउ फर्केर म तिम्रो सन्तान सुध्रिएँ भन्न सकिनँ ।

Nepal Telecom ad

खाएको त रक्सी मात्र हो
रक्सी र सितनसँगै
मैले आमाको सपना
श्रीमतीका रहर
सन्तानको खुशी
कत्ति बेला निल्दै गए पत्तो भएन
आफन्त सकिए
पाखो बारी सकियो
इमान इज्जत सकियो
लाग्थ्यो जिन्दगीभरी
सिर्फ म केवल रक्सी पिउँदैछु
तर रक्सीले मलाई पल पल पिएको पत्तै भएन ।

कति बेला मेरा हरेक खानाका
परिकारलाई सितन बनाएँ
कमाएको सबै पैसा त्यसमै खन्याए
पल पल रक्सीका बोतल र चुरोटको धुवाँसँगै
कसरी निरन्तर मैले
आमाका सपना
चुपचाप चुपचाप निल्दै गएँ
म आफू रक्सीसँगै बिल्दै गएँ ।

सन्तान पराई भए
आफ्नी श्रीमती आफ्नी नै बनाउन सकिनँ
घरिघरि त उसलाई निहालेको थिएँ,
उसको खुम्चिएको बैश
निमोठिका रहर
कसरी भक्कानिदै पोखिन्थे
बस् म चुपचाप सुन्थेँ
अनि उडाईदिन्थेँ हावासँगै
बदलामा आज ऊ मेरी रहन सकिन
क्षितिजपारि पुगेकी आमालाई आउ फर्केर
म तिम्रो सन्तान सुध्रिएँ भन्न सकिनँ ।

पिउनु र जीउनु आफ्ना भए
अरु सबै छुटिदै गए ।
रक्सीले जिन्दगी बनाउन सकिन
मलाई तिम्रो असल सन्तान भनाउन सकिनँ आमा !!

०००
सुन्दरहरैँचा, मोरङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छोरो विदेश गयो

छोरो विदेश गयो

भूमिका खनाल
तीन ठोक्तक

तीन ठोक्तक

भूमिका खनाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’