साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म र रक्सी

बस् म चुपचाप सुन्थेँ अनि उडाईदिन्थेँ हावासँगै बदलामा आज ऊ मेरी रहन सकिन क्षितिजपारि पुगेकी आमालाई आउ फर्केर म तिम्रो सन्तान सुध्रिएँ भन्न सकिनँ ।

Nepal Telecom ad

खाएको त रक्सी मात्र हो
रक्सी र सितनसँगै
मैले आमाको सपना
श्रीमतीका रहर
सन्तानको खुशी
कत्ति बेला निल्दै गए पत्तो भएन
आफन्त सकिए
पाखो बारी सकियो
इमान इज्जत सकियो
लाग्थ्यो जिन्दगीभरी
सिर्फ म केवल रक्सी पिउँदैछु
तर रक्सीले मलाई पल पल पिएको पत्तै भएन ।

कति बेला मेरा हरेक खानाका
परिकारलाई सितन बनाएँ
कमाएको सबै पैसा त्यसमै खन्याए
पल पल रक्सीका बोतल र चुरोटको धुवाँसँगै
कसरी निरन्तर मैले
आमाका सपना
चुपचाप चुपचाप निल्दै गएँ
म आफू रक्सीसँगै बिल्दै गएँ ।

सन्तान पराई भए
आफ्नी श्रीमती आफ्नी नै बनाउन सकिनँ
घरिघरि त उसलाई निहालेको थिएँ,
उसको खुम्चिएको बैश
निमोठिका रहर
कसरी भक्कानिदै पोखिन्थे
बस् म चुपचाप सुन्थेँ
अनि उडाईदिन्थेँ हावासँगै
बदलामा आज ऊ मेरी रहन सकिन
क्षितिजपारि पुगेकी आमालाई आउ फर्केर
म तिम्रो सन्तान सुध्रिएँ भन्न सकिनँ ।

पिउनु र जीउनु आफ्ना भए
अरु सबै छुटिदै गए ।
रक्सीले जिन्दगी बनाउन सकिन
मलाई तिम्रो असल सन्तान भनाउन सकिनँ आमा !!

०००
सुन्दरहरैँचा, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छोरो विदेश गयो

छोरो विदेश गयो

भूमिका खनाल
तीन ठोक्तक

तीन ठोक्तक

भूमिका खनाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x