साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोरो विदेश गयो

बिडम्बना ! आफ्नै सन्तान बेचिखाने देशमा ऊ अटाउन सकेन दुष्टहरूको जगजगीले गर्दा आफ्ना पौरखी हातहरू आफ्नै देशको माटोमा खटाउन सकेन ।

Nepal Telecom ad

भूमिका खनाल

छोरो विदेश गयो
मेरो मन गर्वले ढक्क फुलेको छ !
कसलाई सुनाउँ र के गरौं झैं
मन यताउति डुलेको छ !
घरमा उसको छाया छ
अपार माया छ
छैन त केवल ऊ
अरु केही नभए पनि छोरो
अमेरिकामा छ भन्न पाएको छु !!

अचेल ऊ बस्ने गरेको कोठासँग
अगाध माया लाएको छु ।
मलाई थाहा छ एक दिन छोराको पाखुरीको बल सकिएपछि
छोरो फर्किने छ ।
बाबुआमा सकिएपछि छोरो फर्किने छ !
त्यहि पनि म ढुक्क छु
छोरो अमेरिका गएको छ !
ऊ उतैको बासिन्दा भएको छ !
छोरो अमेरिका गएको छ !

के गर्नु त समयले यस्तै गरायो
पाँच सात कक्षा पढ्दा नपढ्दै
विदेश जान्छु भन्ने बनायो
उसले लगेको होला मुटुभरी देशको माया
मन भरी बाआमा
हृदयभरी छरछिमेक
आफ्नो देशले दिएको पीडा,
खुसी अनि अधुरा सपनाहरू !!

बिडम्बना !
आफ्नै सन्तान बेचिखाने देशमा
ऊ अटाउन सकेन
दुष्टहरूको जगजगीले गर्दा
आफ्ना पौरखी हातहरू आफ्नै देशको माटोमा
खटाउन सकेन
साँच्चै आज छोरो परदेशिएको छ !
छोरो विदेशिएको छ !!

आँखा नओबाए पनि म खुसी छु !
मन भरिए पनि म खुसी छु !
छोरो विदेश गएको छ !

०००
सुन्दरहरैँचा- ९, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म र रक्सी

म र रक्सी

भूमिका खनाल
तीन ठोक्तक

तीन ठोक्तक

भूमिका खनाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x