साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा चिट्ठी पठाऊ न मनसरा

हाम्रो काले ठूलो भयो होला माथ्ला घरे माइला दाइको छोरो झैँ ऊ पनि पढाई सकेर परदेशियो कि आफ्नै देशमा केही गर्दै छ ? भन न मनसरा भन न मनसरा !

Nepal Telecom ad

भूमिका खनाल :

ए, मनसरा !
एउटा चिट्ठी पठाऊ न
असारको दिन सम्झन्छु
आफू मरेको क्षण सम्झन्छु
ती हलगोरू
त्यो हिलोझरी
त्यो लेकबेँसी
ती बाउसे र रोपाहार
ती फाँटहरू
अनि गाउँकी मनमाया

खुब याद आउँछ मनसरा
सबै कहाँ छुटे छुटे
आजकै दिन त हो
हलगोरू नार्दानार्दै
चट्याङ लागेर हिलोमा लडी मरेको म

खुब याद आउँछ मनसरा
यो क्षितिज पारि कोही आउँदैन मनसरा
कोही बोलाउँदैन मलाई मनसरा

आकाश गड्याङगुडुङ गर्दा
तिम्रो छाती चर्किन्छ होला
मन पोल्छ होला
तिमी बद्लियौ कि उस्तै छौ मनसरा !
बताउन मनसरा !!

कुलो पैनीको उस्तै अभाव छ कि
मलको लागि उसै गरि महिनौ कुर्नु पर्छ कि
तिम्रो अन्नको मोल तिमी आफै राख्छौ कि
अरुले राखिदिन्छ्न् मनसरा
सबै भनेर पठाऊ
सबै लेखेर पठाऊ

हाम्रो काले ठूलो भयो होला
माथ्ला घरे माइला दाइको छोरो झैँ
ऊ पनि पढाई सकेर परदेशियो कि
आफ्नै देशमा केही गर्दै छ ? भन न मनसरा
भन न मनसरा !

तिम्रै हातले लेखेर पठाऊ न मनसरा
एउटा पत्र अनि पत्र भित्र अनेक खबर
जहाँ अटाएको होस्
मेरो खेतबारी, हलगोरू, छरछिमेक
तिम्रो हाम्रो मायाको निशानी
अनि सिङ्गै तिमी !
एउटा पत्र लेख ल मनसरा !!

०००
सुन्दरहरैँचा- ९, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छोरो विदेश गयो

छोरो विदेश गयो

भूमिका खनाल
म र रक्सी

म र रक्सी

भूमिका खनाल
तीन ठोक्तक

तीन ठोक्तक

भूमिका खनाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x