साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मदन भण्डारीको जन्मजयन्तीमा साहित्यिक सांस्कृतिक कार्यक्रम

महासङ्घका ईन्चार्ज रघुजी पन्तको प्रमुख आतिथ्यमा “जननेता मदन भण्डारीको व्यक्तित्त्व चर्चा, जबज विषयक विचार गोष्ठी, कविता वाचन र दही चिउरा खाने कार्यक्रम” सम्पन्न गरिएको थियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० असार १६ । जननेता मदन भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्षमा आयोजित सप्ताहव्यापी कार्यक्रम (असार १४-२१) को पहिलो दिन असार १४ गते महासङ्घकाका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भयो ।

दोस्रो दिन महासङ्घका ईन्चार्ज रघुजी पन्तको प्रमुख आतिथ्यमा “जननेता मदन भण्डारीको व्यक्तित्त्व चर्चा, जबज विषयक विचार गोष्ठी, कविता वाचन र दही चिउरा खाने कार्यक्रम” सम्पन्न गरिएको थियो ।

कार्यक्रमको तेस्रो दिन महासङ्घको घटक संगठन राष्ट्रिय सामाजिक सांस्कृतिक अध्ययन सङ्घको आयोजनामा “धार्मिक सांस्कृतिक सम्पदाप्रति जबजको दृष्टिकोण” शीर्षकको कार्यपत्र प्रस्तुत गरियो । कायक्रमको सभाध्यक्षता राष्ट्रिय जनसांस्कृतिक महासङ्घकाका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीले गर्नुभएको थियो भने कार्यपत्र प्रस्तुत घनेन्द्र बस्नेतबाट भएको थियो । महासङ्घका केन्द्रीय उपाध्यक्ष आर.सी. न्यौपानेको विशेष आतिथ्यता र नमुना शर्मा, सुशीला प्रधानाङ्ग, डा. हरि सिलवाल, लोकमणि पौडेल, राममणि ढुङ्गेल, सूर्यशरण रेग्मी, योगेश लामा, अमृत खाती लगायतको उपस्थिति रहेको थियो ।

प्रस्तुत कार्यपत्रमाथि डा.रमेश शुभेच्छुले टिप्पणी गर्नुभएको थियो भने लोकमणि पौडेलले अयोध्या माडीमा परेको कुरालाई प्रामाणिक रूपमा माक्र्सवादी सौन्दर्यशास्त्रका दृष्टिले आफ्नो अवधारणा प्रस्तुत गर्नुभयो । कार्यक्रमका विशेष अतिथि आर.सि. न्यौपानेले नेपालका धार्मिक सांस्कृतिक सम्पदाहरूलाई जबजका आधारमा व्याख्या विश्लेषण गर्नुभयो ।

महासङ्घका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रेमनाथ अधिकारीले नेपालीहरू सांस्कृतिक रूपमा विश्वमै धनी भएका र हामी नेपालीले हाम्रा सांस्कृतिक सम्पदाहरूलाई माक्र्सवादी कोणबाट अध्ययन अनुसन्धान गर्दै अगाडि बढ्नुपर्ने अवधारणा राख्नुभयो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य अच्युत घिमिरेले गर्नुभएको थियो ।

०००
– अच्युत घिमिरे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x