सुलसुलेअनुपमको काव्यगोष्ठी १२५ औंँ शृङ्खलामा
अध्यक्ष भुवनहरि सिग्देलले कविता ध्वनिमा हुनुपर्दछ भन्नु भयो । कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनुहुँदै गोष्ठी समापन गर्नु भएको थियो ।

काठमाडौं, ०८० असार १६ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १२५ औँ प्रविधिमैत्री कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि टङ्कराज ढकाल तीतेपातीको उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।
उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको यस नियमित काव्यगोष्ठीमा छन्द, स्वच्छन्द कविता, गीत, गजल, रागविराग, लोकछन्दका कविता रोचक ढङ्गबाट कविहरूले वाचन गरे । देशभक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक बिकृति विरुद्ध प्रहार गरिएका रचना वाचन गरिएका थिए ।
सो अवसरमा रचना वाचन गर्ने कविहरूमा क्रमशः भुवनहरि सिग्देल, टङ्कराज ढकाल, भाग्यशाली अधिकारी, गोविन्द घिमिरे वेदमणि, पुरुषोत्तम सिग्देल, नरनाथ लुइँटेल, हरि खनाल, विन्दु दाहाल मूकदर्शक, द्वारिका कुइकेल, हरिप्रसाद चौलागाईं, त्रिलोचन आचार्य, लक्ष्मीप्रसाद मिश्र, जितु खड्का, कालीचरण बस्नेत, जगदीश्वर पोखरेल, सुधा बास्कोटा ढकाल, बिनुबाबा घिमिरे, दुर्गा रिमाल अधिकारी, चन्द्रावती अधिकारी, आर्त आकूलन, बेनीबहादुर थापा, वीरबहादुर लोहनी, टेकबहादुर लौडारी, सूर्यकुमार पण्डित र उर्मिला पन्त हुनुहुन्थ्यो ।
प्रमुख आमन्त्रित ढकालले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको छ । सर्जकहरूलाई आफ्ना रचना वाचन गर्ने अवसर प्रदान गरेको छ । छन्दको संरक्षण गरेको छ भन्नु भयो । कविगोष्ठीमा आफ्नो रचना वाचन गरेर भाग्न नहुने र अनावश्यक कुरा गरेर समय नष्ट गर्न नहुने कुरा बताउनु भयो ।
अध्यक्ष भुवनहरि सिग्देलले कविता ध्वनिमा हुनुपर्दछ भन्नु भयो । कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनुहुँदै गोष्ठी समापन गर्नु भएको थियो ।
महासचिव सुधा बास्कोटा ढकालले कुशलतापूर्वक कार्यक्रमको संयोजन एवम् सहजीकरण गर्नु भएको थियो ।
०००
– जगदीश्वर पोखरेल
Subscribe
Login
0 Comments
Oldest











































