सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुरभिको आख्यान वाचन १५० औँ शृङ्खला

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा भएको यस कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ८का वडाध्यक्ष नन्दलाल श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौं, ०८० असार १६ । सुरभि साहित्य प्रतिष्ठानको १५० औँ शृङ्खलाको आख्यानवाचन कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा भएको यस कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ८का वडाध्यक्ष नन्दलाल श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा वरिष्ठ साहित्यकार कणाद महर्षि हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, अच्युत चालिसे, शिक्षासेवी उद्धव रायमाझी हुनुहुन्थ्यो ।

कार्यक्रमका प्रमुख अतिथि नन्दलाल श्रेष्ठले सुरभिले यस क्षेत्रमा साहित्यको अतुलनीय सेवा गरेकोमा खुसी लागेको बताउनुभयो । वहाँले साहित्यिक कार्यक्रमका लागि सहयोग गर्न सधैँ तयार रहेको पनि बताउनुहुँदै गो.न.पा.ले आर्थिक सहयोग गरिरहेको कुरा व्यक्त गर्नुभयो र सुरभिका कार्यक्रममा सहज परिस्थिति परेमा उपस्थित हुने कुरासमेत बताउनुभयो ।

कार्यक्रम अतिथि गोविन्द घिमिरे वेदमणिले कथाकारिताको प्रतिभाबारे बताउनुभएको थियो भने कणाद महर्षिले सुरभिको कार्यको प्रशंसा गर्नुहुँदै नयाँ नौला कथालाई वाचन गर्नुपर्ने कुरा बताउनुभएको थियो ।

२२ जनाको उपस्थितिमा भएको यस कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहसचिव मेनका पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रममा कणाद महर्षि, गोविन्द घिमिरे वेदमणि, अच्युत चालिसे, रञ्जना पराजुली लम्साल, ऋचा, प्रमोद प्याकुरेल, घनश्याम प्रसाईं, शारदा पराजुली, भवानी सापकोटा र परशुराम पराशरले आख्यान वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वाचित कथाहरूको समीक्षा प्रतिष्ठानका सदस्य प्रमोद प्याकुरेलले गर्नुभएको थियो । यसै कार्यक्रममा हस्तान्तरण हुन बाँकी प्रह्लाद नारी आख्यान पुरस्कार रञ्जना पराजुली लम्साललाई प्रदान गरिएको थियो ।

कार्यक्रममा असार पन्ध्रको उपलक्ष्य भनेर दहीचिउरा खाजा खाइएको थियो ।

०००
– परशुराम परासर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad