साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घर, समाज र राष्ट्रले बृद्धबृद्धाको संरक्षण गर्नुपर्दछ

बृद्धअवस्थाका बाबा आमालाई पहिला त घरपरिवारले नै माया-ममता, मान-सम्मान, उचित रेखदेख गर्नुपर्दछ । समाजले पनि राम्रो व्यवहार सम्मान गर्नुपर्दछ ।

Nepal Telecom ad

भावना न्यौपाने :

बृद्धअवस्था हुनु कुनै पाप होइन, यो त प्राकृतिक नियम हो । हामी बच्चा हुन्छौं, युवा हुन्छौं अनि समय अन्तराल सँगसँगै बृद्धअवस्थामा पुग्छौं । घर, सामाज र राष्ट्रले बृद्धबृद्धालाई अलि हेय दृष्टिकोणले हेर्ने गरेको छ । यिनीहरू काम नलाग्ने बुढाबुढी हुन्, यिनीहरूका दिन गए, यिनीहरू केही गर्न सक्दैनन् भनेर घरको कुनामा राखिदिन्छन् । के यसो गर्नु जायज हो त ?

कतिपय घर समाजमा त बृद्धअवस्थाका बाबा आमालाई पेटभरि खान नदिने, उनीहरूको स्वास्थ्यको ख्याल नगर्ने, उनीहरूको रुचिअनुसार कार्य नगरिदिने, पिट्ने, उस्तै परे सम्पत्ति जफत गरेर घरबाटै निकालिदिने जस्ता अत्यन्त अमानविय व्यवहार गर्ने गरेको पाइन्छ । के सन्तानको धर्म यही हो त ? उनीहरूले आफ्नो सन्तानको लागि आफ्नो भोक, प्यास, दुखसुख नभनी आफ्ना ईच्छा मारेर आफ्नो जीवनको प्रत्येक समय त्याग गरेर आफ्ना सन्तानलाई बढाएर, पढाएर एउटा सक्षम मान्छे बनाएका हुन्छन् । स्वयम् आफ्नो लागि, हाम्रो लागि, समाजको लागि, राष्ट्रको लागि केही असल कर्म गरोस् भनेर । कति दुख, त्याग, परिश्रम गरेर बढाएका, पढाएका, हुन्छन्- यस्ता बाबा आमालाई बृद्धअवस्था भएपछि, उनीहरूको शरीर कमजोर भएपछि, शरीरमा रोग लागेपछि उनीहरूलाई त्यागिन्छ, फ्याकिन्छ र निकालिन्छ । यस्तो कार्यलाई कति उचित भन्न सकिन्छ त ! यो आजको विकाराल समस्या भइसकेको छ । न यसमा घरपरिवारको ध्यान गएको छ, न समाजको ध्यानाकृष्ट भएको छ, न त राष्ट्रले नै ध्यान दिएको पाइन्छ ।

भागवत गीता मैले धेरै पढेकी त छैन तर त्यसमा भनिएको छ- श्रीकृष्णले अर्जुनलाई भनेका छन् न्यायको लागि लड्नुपर्छ । तिमी क्षेत्रीय हौ । तिमीहरूलाई कौरवको परिवारले कति धेरै दुःख दिएका छन् । यसो भन्दा अर्जुन भन्नुहुन्छ- हो भगवान दुःख दिएका छन् । मैले युद्ध गर्दा अग्रज, हजुरबुबा र गुरुवरहरूको पनि प्राण लिनुपर्ने हुन्छ । यसो गरेमा कौरवका परिवारलाई कसले मार्गनिर्देशन, प्रेरणा र प्रेम दिन्छ त ? । यसबाट पनि बुझिन्छ कि एउटा घरपरिवार, समाज र राज्यको लागि जेष्ठ नागरिकको भूमिका र अस्तित्व कतिको रहन्छ भनेर ।

त्यसैले काम छउन्जेल भाँडो काम सकिएपछि ठाँडो भनेर बृद्धअवस्थाका बाबा आमालाई अपहेलना नगरौं । जेष्ठ नागरिक बाबा आमाले पनि अलि बुढो हुँदैमा म निर्बल छु, म केही गर्न सक्दिन भनेर नबस्नुहोस् । म बलियो छु, म जे पनि गर्न सक्छु भनेर जीवनको अन्तिम अवस्थासम्म पनि आफ्ना असल कर्म, सीप, कलाकौशल, लेखरचना र वाणीले घर, समाज र राष्ट्रलाई केही न केही योगदान दिइरहनु होस् ।

तथापि के शरीरले सक्दै नसकेको अवस्थामा, ठूलो रोग लागि बिरामी भएर बिछ्यौनामा रहनुपरेको अवस्थामा बृद्धअवस्थाका बाबा आमालाई परिवारका सबै सदस्यले साथ छोडिदिने त ? होइन यसो गर्नु हुँदैन । परिवारका सबै सदस्यले पालैपालो उनीहरूको स्वास्थ्य, खानपान, स्याहारसुसार अन्य कुराहरूको व्यवस्थापन परिवारका सबै सदस्यहरू मिलेर गर्नुपर्दछ ता कि एउटै व्यक्तिलाई मात्रै भार नपरोस् ।

संस्कार घरपरिवारबाटै बसाल्नुपर्दछ । यदि आफ्ना बृद्धअवस्था भएका बाबालाई आफ्ना बाबा आमाले राम्रो हेरचाह, मायाममता, मानसम्मान, खानपानको ख्याल, स्वास्थ्य अवस्थाको ख्याल गरिरहेको देखेमा आजको पिँढीले भोलिका बृद्धअवस्था भएका बाबा आमालाई पनि त्यस्तै मानसम्मान, मायाममता, प्रेममय व्यवहार गर्नेछन् भन्ने कुराको ख्याल राख्नुपर्ने हुन्छ । जस्तो बिउ रोप्यो त्यस्तै फल प्राप्त हुन्छ । यो कुरा कहिले भुल्नुहुँदैन हामी सबैले ।

अन्त्यमा : बृद्धअवस्थाका बाबा आमालाई पहिला त घरपरिवारले नै माया-ममता, मान-सम्मान, उचित रेखदेख गर्नुपर्दछ । समाजले पनि राम्रो व्यवहार सम्मान गर्नुपर्दछ । अनि राष्ट्रले पनि घरबाट निकालिएका, जसको कोही छैनन्, मठमन्दिर, पाटी, सडक र ओढारमा बसिरहेका, जाडोमा काँपिरहेका, गर्मीमा निस्सासिइरहेका बृद्धअवस्थाका बाबा आमाहरूको गास, बास, कपास र स्वास्थ्यको उचित व्यवस्था गर्नुपर्ने आजको मुल आवश्कता भित्रै पर्दछ भन्ने कुरामा पनि सरकारको ध्यान जान जरुरी छ । संसदमा आवाज उठाइरहँदा अरु विषयहरू जस्तै यस विषयमा पनि आवाज उठाउन जरुरी छ भन्ने कुरा विभिन्न पार्टीका नेताहरूले बुझ्नु र ज्ञान हुनु आवश्यक छ ।

बृद्धअवथाका बाबा आमाहरू सबैको जय होस् !

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा

आमा

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
उठउठ पाका बाबा आमाहरु हो

उठउठ पाका बाबा आमाहरु...

भावना न्याैपाने
हमर लिएर ढुंगा कुट्दै ती आमा

हमर लिएर ढुंगा कुट्दै...

भावना न्याैपाने
तिमी विदेश जाँदा

तिमी विदेश जाँदा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x