साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध अवस्था

पाका मानिसहरूको भोक, प्यास, विमारी, दुःखकष्ट, वेदना र पीडा बुझेर त्यहीँ अनुसार हेरचाह गर्नु, प्रेम दिनु ।

Nepal Telecom ad

भावना न्यौपाने :

डाँडामाथिको घाम पनि भोलि
सूर्योदयसँगै उदाउनुपर्छ
नत्र कसरी जगतलाई उज्यालो दिनु,
नत्र कसरी जगतलाई
बाटो देखाउनु ।

हिजोको हुर्कँदो बच्चा
आजको युवा र भोलिका पाका मानिस
यही संसारमा पर्छ
सधैं रमाउनु, जमाउनु ।

पाका मानिसहरू
जगतका मार्गदर्शक,
सिपका खानी, ज्ञानका खानी
प्रेम र स्नेहका खानी
नत्र कसरी हामी सबैले
बाटो पैलाउनु, ठम्याउनु ।

चाहिँदैन उनीहरूलाई ठूला महल,
चाहिँदैन उनीहरूलाई चौरासी व्यञ्जन,
चाहिँदैन उनीहरूलाई भोगबिलासीका सामानहरू
मात्रै राम्रो हेरचाह दिनु, बाँड्नु।

राम्रो व्यवहार,
मिठो वचन र निस्वार्थ प्रेम
संसारमा सबैलाई चाहिन्छ
अझ बढी असक्त रोगी,
पाका मानिसलाई धेरै दिनु, बाँड्नु ।

पाका मानिसहरुले पनि
आफ्नो सिप, योग्यता, वाणीले,
रचनाले घर,समाज र राष्ट्रलाई
योग्दान दिइरहेका हुन्छन्
त्यसको सम्मान दिनु, राख्नु ।

पाका मानिसहरूको
भोक, प्यास, विमारी, दुःखकष्ट,
वेदना र पीडा बुझेर
त्यहीँ अनुसार
हेरचाह गर्नु, प्रेम दिनु ।

हिजो बच्चा थियौँ,
आज युवा छौँ
भोलि हामी पनि
पाका मानिस हुनेनै छौँ
यहीँ ज्ञान लिई मनन गरी
पाका मानिसलाई
सबैले उचित सम्मान दिऔं ।

०००
भक्तपुर 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
आमा

आमा

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
उठउठ पाका बाबा आमाहरु हो

उठउठ पाका बाबा आमाहरु...

भावना न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x