सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वृद्ध अवस्था

पाका मानिसहरूको भोक, प्यास, विमारी, दुःखकष्ट, वेदना र पीडा बुझेर त्यहीँ अनुसार हेरचाह गर्नु, प्रेम दिनु ।

Nepal Telecom ad

भावना न्यौपाने :

डाँडामाथिको घाम पनि भोलि
सूर्योदयसँगै उदाउनुपर्छ
नत्र कसरी जगतलाई उज्यालो दिनु,
नत्र कसरी जगतलाई
बाटो देखाउनु ।

हिजोको हुर्कँदो बच्चा
आजको युवा र भोलिका पाका मानिस
यही संसारमा पर्छ
सधैं रमाउनु, जमाउनु ।

पाका मानिसहरू
जगतका मार्गदर्शक,
सिपका खानी, ज्ञानका खानी
प्रेम र स्नेहका खानी
नत्र कसरी हामी सबैले
बाटो पैलाउनु, ठम्याउनु ।

चाहिँदैन उनीहरूलाई ठूला महल,
चाहिँदैन उनीहरूलाई चौरासी व्यञ्जन,
चाहिँदैन उनीहरूलाई भोगबिलासीका सामानहरू
मात्रै राम्रो हेरचाह दिनु, बाँड्नु।

राम्रो व्यवहार,
मिठो वचन र निस्वार्थ प्रेम
संसारमा सबैलाई चाहिन्छ
अझ बढी असक्त रोगी,
पाका मानिसलाई धेरै दिनु, बाँड्नु ।

पाका मानिसहरुले पनि
आफ्नो सिप, योग्यता, वाणीले,
रचनाले घर,समाज र राष्ट्रलाई
योग्दान दिइरहेका हुन्छन्
त्यसको सम्मान दिनु, राख्नु ।

पाका मानिसहरूको
भोक, प्यास, विमारी, दुःखकष्ट,
वेदना र पीडा बुझेर
त्यहीँ अनुसार
हेरचाह गर्नु, प्रेम दिनु ।

हिजो बच्चा थियौँ,
आज युवा छौँ
भोलि हामी पनि
पाका मानिस हुनेनै छौँ
यहीँ ज्ञान लिई मनन गरी
पाका मानिसलाई
सबैले उचित सम्मान दिऔं ।

०००
भक्तपुर 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जब म बुढो हुनेछु…

जब म बुढो हुनेछु…

भावना न्याैपाने
वृद्ध अवस्थाको भोगाइ

वृद्ध अवस्थाको भोगाइ

भावना न्याैपाने
बृद्ध, अशक्त भएपछि

बृद्ध, अशक्त भएपछि

भावना न्याैपाने
घर, समाज र राष्ट्रले बृद्धबृद्धाको संरक्षण गर्नुपर्दछ

घर, समाज र राष्ट्रले...

भावना न्याैपाने
जब म बुढो हुनेछु…

जब म बुढो हुनेछु…

भावना न्याैपाने
वृद्ध चिन्तन -६

वृद्ध चिन्तन -६

राजेन्द्रकुमार बज्राचार्य
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे