साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोकान

उस्तै छौँ हामी नेता सुध्रिँदैन पिर र चिन्ताको झरी उत्रिँदैन आशा मरेको कति भो कति गहिरो घाउ कसै गरी पुरिँदैन ।

Nepal Telecom ad

तेजविलास अधिकारी :

१.
धर्ती आफ्नै भए पो जाँगर लाग्छ
अर्ती उपयोगी भए पो जाँगर लाग्छ
अर्काका भूमिमा गएर श्रम गर्नुपर्नेलाई
साँच्चै भनौँ देशको माया केको लाग्छ ?

२.
म गर्छु भन्छ सत्तामै पुग्छ
सोचेको छु भन्छ सत्तामै पुग्छ
पुग्छ पटक पटक ऊ सत्तामा
पुगेको भोलिपल्ट जनतालाई थुक्छ ।

३.
बाटो नबनाउन राजनीति गरे
माटो बेच्न राजनीति गरे
के के गरेनन् यहाँ नेता भन्नेले
काम नगरी खान राजनीति गरे ।

३.
उस्तै छौँ हामी नेता सुध्रिँदैन
पिर र चिन्ताको झरी उत्रिँदैन
आशा मरेको कति भो कति
गहिरो घाउ कसै गरी पुरिँदैन ।

४.
सन्चै छ त भने सन्चो छैन
यतै छ त भन यतै छैन
ढाट्नै पर्ने पार्यो देश दुनियाँले
पदमा पुगेपछि लवज ठिक छैन ।

५.
मेची र कालीको गीत गायो
गीत गाएरै उसले भात खायो
पुर्‍याइयो सत्तामा पनि उसलाई
ऊ त पुग्यो जनताले जिल खायाे ।

०००
इच्छाकामना -३, चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x