फित्काैली डटकमअभिनवमा स्थलगत कवितालेखन प्रतियोगिता
वरिष्ठ आख्यानकार रमेश विकलको नाममा स्थापित विकल अभिनव बाल कविता पुरस्कारका लागि मा. वि. (कक्षा १० सम्म) स्तरीय आशु कविता लेखन तथा वाचन प्रतियोगिता भनेर सञ्चालित यस कार्यक्रमको अध्यक्षता अभिनवका उपाध्यक्ष विमल अर्यालले गर्नुभयो ।

काठमाडाैं, २०८० असाेज १२ । अभिनव साहित्य समाज जोरपाटीमा मा. वि. को कक्षा १० सम्मका विद्यार्थी हरूको स्थलगत कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
वरिष्ठ आख्यानकार रमेश विकलको नाममा स्थापित विकल अभिनव बाल कविता पुरस्कारका लागि मा. वि. (कक्षा १० सम्म) स्तरीय आशु कविता लेखन तथा वाचन प्रतियोगिता भनेर सञ्चालित यस कार्यक्रमको अध्यक्षता अभिनवका उपाध्यक्ष विमल अर्यालले गर्नुभयो ।
प्रमुख आमन्त्रित विद्वान् साहित्यकार मुकुन्द शर्मा चालिसे हुनुहुन्थ्यो । अभिनवका अध्यक्ष गोविन्द घिमिरे वेदमणि तथा विशेष आमन्त्रित विजय चालिसे, नवराज पुडासैनी, आलोक घिमिरे आदिको समुपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन बी. पी. इलामेले गर्नुभएको थियो ।
स्थलगत कविता लेखनका लागि दिइएका तीनवटा विषयहरू- “ज्येष्ठ नागरिक”,”हिमाली सौन्दर्य “र मोबाइल ” मा विभिन्न २६ विद्यालयका ४८ छात्र छात्राको सहभागीता रहेकोथियो । प्रतियोगिताको ३ सदस्यीय निर्णायकमण्डलमा साहित्यकारहरू खोलाघरे साहिंलो ,पर्शुराम परासर र शारदा पराजुली हुनुहुन्थ्यो ।
अभिनवका अध्यक्ष गोविन्द घिमिरे वेदमणि तथा प्रमुख आमन्त्रित मुकुन्द शर्मा चालिसेले आँसु कवित्व र स्थलगत लेखनका सन्दर्भमा सारगर्भित मन्तव्य दिनुभएपछि निर्णायकमणडलका संयोजक खोलाघरे साहिंलाले प्रतियोगिताको निर्णय सुनाउनुभयो, जसअनुसार -१) अरुणिमा मा. वि. का छात्र सुवन्दन पौडेल – प्रथम ,२) विपुल शिक्षा निकेतनका छात्रा- दुर्गा खतिवडा – दोस्रो ,३) रिपुमर्दिनी मा.वि. का सुतृष्ण पौडेल – तेस्रो , ४) एकता जेम्स स्कूलका – प्रतीका घिमिरे र , ५) विद्यासागर ई. बो. स्कूलका छात्रा- सञ्जू राई सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए ।
विजयीहरूलाई अध्यक्ष ,संस्थाका अध्यक्ष र प्रमुख आमन्त्रितबाट सामुहिक रूपमा क्रमशः नगद ५ हजार,३ हजार,२ हजार र १/१ हजार रुपैयाँका साथ प्रमाणपत्र र पुस्तकहरू वितरण गरियो ।
०००
खाेलाघरे साहिँलाेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest








































