एमपी पाण्डेस्रष्टा टंकमणि अधिकारी क्यान्सरसँग जुझ्दै- सहयोगको अपिल
इच्छाशक्तिले मात्र पनि बाँचिहालिदैन होला । रोगको उपचार त गर्नै पर्यो । गर्नका लागि खर्चपर्च पनि चाहियो । तर दालरोटीको खर्च मुस्किल मुस्किलले धानिरहेको एउटा बबुरो साहित्य प्रेमी । के गरेर धान्लान् यो अर्बुद रोगको, महङ्गो उपचार ।

एमपी पाण्डे :
“पाण्डेजी, मृत्युु त सबैलाई आउछ, एक न एकदिन सबैले मर्नु पर्छ । मलाई, म मर्छु भन्ने पिर पनि होइन डर पनि छैन । तर एउटा अपसोच भने पक्कै हुने भयो । हामी निम्न मध्यम परिवारका मान्छे । रोग चाहिँ भिआईपी लाग्यो । कसरी थेग्नु होला, हाम्रो जस्तो निम्न आयश्रोतले, यो मोरो क्यान्सर जस्तो महङ्गो रोग । गाह्रो पो भयो त, ज्युँत्यु सुखदुःख, खाईनखाई घर धान्नु पर्ने हामी जस्तालाई । के गर्ने होला ? के औषधि उपचारकै अभावले जानु पर्ने भयो त मैले ?” यी कारुणिक शब्द हुन्, अग्रज कवि टंकमणि अधिकारीका ।
हजुरबुबा दौडीदत्त अधिकारी (षडानन्द), पिता पं.गङ्गाप्रसाद अधिकारी, माता तुलसादेवी अधिकारीको कोखबाट २१ भाद्र २०१३ मा, भोजपुर १२, टक्सार, पैयापानीमा जन्मिनु भएको हो टंकमणि । हाल श्रीमतीः रमा दाहाल २ छोरी (रेनेशा, रुभाषा) १ छोरा (रोनश) को साथमा भक्तपुर जिल्लाको कौशलटारमा बस्दै आउनु भएको छ ।
अधिकारीले आफ्नो आयुका भरि घडाहरू खर्चिने क्रममा २०३८ देखि ३५ वर्षसम्म जनक शिक्षा सामग्री केन्द्र लि. (विद्यालय तहका पाठ्यपुस्तकको नेपाली भाषा सम्पादन एवं अन्य विभिन्न पत्रपत्रिका तथा स्मारिकाहरूको सम्पादन) गर्नु भएको थियो । भाषा साहित्यकै पेरिफेरिमा अध्ययन लेखन र सम्पादनमै जीवनका भरिला आयाम खर्चिनु भयो वहाँले । आफ्ना फाट्टफुट्ट लेख रचना एवम कविताहरू सुरुदेखि नै लेखिएर प्रकाशित भए पनि, आफ्नो कृति भने कवितासङ्ग्र्रह ‘म जलेको चिता’ नाम लिएर २०७७ सालमा मात्रै जन्मियो । दोस्रो कवितासङ्ग्रह ‘हिटलर र भाले’ प्रकाशोन्मुख छ । प्रेसमा गैसकेको छ ।
ठ्याक्क यै बेलामा आन्द्राको क्यान्सरले थलिएर, अप्रेशनपछि, निरन्तर फ्लोअपमा हुनुहुन्छ उहाँ । अब केमोको पूर्वतयारी चलिरहेको छ । इच्छाशक्ति हेर्दा यस्तो लाग्छ, उहाँ बिरामी नै हुनुहुन्न । तर रोग त रोग हो । त्यो पनि क्यान्सर । इच्छाशक्तिले मात्र पनि बाँचिहालिदैन होला । रोगको उपचार त गर्नै पर्यो । गर्नका लागि खर्चपर्च पनि चाहियो । तर दालरोटीको खर्च मुस्किल मुस्किलले धानिरहेको एउटा बबुरो साहित्य प्रेमी । के गरेर धान्लान् यो अर्बुद रोगको, महङ्गो उपचार ।
यहीं यस्तै कुरा सम्झेर काहालिएँ म पनि । के साँच्चै उपचार अभावमै जाने भयो त टंकमणि गुरुको ज्यान ? यही प्रश्नले डेरा जमाउन थाल्यो मेरो मन मस्तिष्कमा पनि । परेला रसाउन थाले आपसेआप, मनको बाँध फुटेपछि । के गरौ, कसो गरौँ हुन थाल्यो, भित्र कतै । केही गरौँ लाग्छ । हातमा सुको छैन आफ्नो पनि । बस्, लगातार लगातार के गरौँ, गरौँ भैरहेकोछ, अनौठो छट्पटी उस्तै औडाहा । विकल्प केही देखिदैन ।
आँखाभरी हिजोअस्ती सँगसँगै साहित्यिक कार्यक्रममा हिँडेको नाँचिरहेको छ । साँझपखको इभिनिङ वाक एकछिन ओझेलिन मान्दैन, मानसपटलबाट । गुरुका यथार्थ परक कविताहरूको स्वाद उसैगरी झुण्डिन आइपुग्छ घाटीमा । झन झन उराठिन्छ धड्कन ।
घरीघरी एउटै कुरा खट्किरहन्छ लगातार, उपचार खर्चकै अभावमा जानु हुँदैन टंक गुरुको ज्यान । तर के गर्ने ? तर के गर्ने ?
यिनै तर्कनाहरूका बिचमा दिमागले एउटा बाटो खोल्यो । एकचोटी सहयोगी मनहरूसँग सहयोग याचनाको फराकिलो राजमार्ग देखाएर । अनि सुरु भयो सामाजिक सञ्जालमा आफूले चिनेजानेका साहित्यिक मनमुटु जोडेर “अग्रज कवि टंकमणि अधिकारी बचाउ अभियान” । अभियान कामयाव होला/नहोला बिचको मानसिक अलमललाई छिचोलेर ।
नभन्दै बसन्तको हिउँ पग्ले झैं बिस्तारो पग्लिन थाले सहयोगी दाता मनमुटुका संवेदित हृदय । आज आएर यस्तो लाग्दैछ । हामीले थालेको कोसिस टुकुरटुकुर हिँड्न थालिसकेको छ, बामे सर्दासर्दै ।अब यस्तो लाग्दैछ, हामी छिट्टै दौडिनेछौँ ।
अब आफ्नो आयु बाँच्नु हुनेछ टंक गुरु । “सपनाको देश” लेख्नलाई । आफ्नो परिपक्क कलम बोकेर । सम्पूणर् सहयोगी मनमुटु प्रति सतसत नमन । हजुरहरू पनि एउटा पाको श्रष्टाको ज्यान बचाउने अभियानमा साथ, सहयोग गर्न चाहनु हुन्छ भने । टंक गुरुको छोरीको बैंक खाता यसै आव्हान सङ्गै राखिएको छ ।
Rubhasha Adhikari
Rubhasha Adhikari
0430091690600013
Prabhu bank
Kaushaltar branch
Mob no. rubhasha:-9862375567
esewa:-9862375567
फेरि पनि हार्दिक आभार सम्पूर्ण सहयोगी आदरणीय मनमुटुमा । टंक गुरुलाई शीघ्र स्वाथ्य लाभको कामना ।
०००
११/०६/०८०
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































