साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध बाआमालाई माया गराैँ

वृद्धअवस्थाका बाबाआमाका यी यस्ता मनोभावना बुझेर र बृद्धअवस्थाका बाबा आमाले पनि आफ्नो घरपरिवारको मनोभावना बुझेर परिवारमा आफूलाई सुरक्षित, सम्मानित प्रेमिल राख्न सक्नुहुनेछ भन्ने मेरो सानो बुझाइ रहेको छ ।

Nepal Telecom ad

भावना न्याैपाने :

आज पनि म हजुरहरूमाझ वृद्धअवस्थाकै बारेमा केही कुराहरू लेख्न लागिरहेको छु । कृपया तपाईं हामी सबैले पढेर, बुझेर, मनन गरेर व्यवहारमा उतार्न विनम्र अनुरोध गर्दछु आशा पनि लिएकी छु । वृद्धअवस्था यस्तो अवस्था हो जुन जीवनमा विभिन्न दुःखसुख अँध्यारो उज्यालो, उकाली ओराली र विभिन्न हन्डर कष्ट भोग्दै आइएको हुन्छ । त्यो कसको लागि भन्दा आफ्नै प्राण भन्दा प्यारो सन्तानका लागि । ती वृद्धअवस्था बाबा आमाको कपाल त्यसै सेतै भएर फुलेका हुँदैनन शरिर त्यसै कुप्रो परेका हुँदैनन्, छाला त्यसै चfउरी परेका हुँदैन, मष्तिकले काम गर्न त्यसै छाडेका हुँदैन र शरिर त्यसै रोगी अशक्त भएकाे हुँदैन । ती सबै आफ्ना मुटु भन्दा पनि प्यारा सन्तानलाई आफ्नो जीवनको महत्त्वपूर्ण समय र श्रम दिँदाको प्रतिफल हो । त्यसकारण ती त्यस्ता ईश्वर रुपी वृद्धअवस्थाका बाबा आमालाई हामीले कहिले दुःख, कष्ट, पीडा र बेघर नबनाऔँ ।

कतिपय घरमा वृद्धअवस्थाका बाबा आमा पनि अलि घमण्डी रिसाहा हुनुहुन्छ, हाम्रो नियम अनुसार परिवार चल्नुपर्छ भन्ने विचारका हुनुहुन्छ । हामीले हाम्रो पालामा यतिको दुख गरेर खाईनखाई कमाएको सम्पत्ति हो यो तिमीहरू हाम्रो सम्पत्तिमा बसेका हौँ । हाम्रो बिचार नियम अनुसार हिड्नु र काम गर्नुपर्छ भन्ने धारणा राख्दछन् । तर आजका छोराछोरी, छोरा बुहारी र नातिनातिना वृद्धअवस्थाका बाबा आमाको अधिनमा नियममा रहन चाहदैनन् र सक्दैनन् पनि । त्यस कारण वृद्धअवस्था बाबाआमाको मन दुख्छ मैले भनेको मान्दैनन् भन्ने हुन्छ । त्यो नहुनको लागि दुवैतर्फ समझदारी, धैर्यता र एकअर्कालाई बुझ्ने सामार्थ हुनुपर्छ जस्तो लाग्छ मलाई । यो मेरो सानो बुझाइ मात्रै हो ।

अब भन्नै पर्दा वृद्धअवस्थाका बाबा आमाको पालामा गाउँघरमा घाँस दाउरा, ढिकी जातो, मेलापात नगरी खान, बस्न र लगाउन पाइँदैनथ्यो । सासु ससुराले घरपरिवारले खाईपिई गरिसके पछि मात्रै बुहारीले जे जति रहेकोे छ खानपिन गर्न पाउथे । बुहारीलाई धेरै दुःख गर्नुपर्ने अवस्था थियोे तर आज त्यो अवस्था त्यति छैन र कतिपय गाउँमा शहरबजारमा सासुससुरा, छोराबुहारी, नातिनातिना घरका सबै परिवार सबै एकै ठाउँमा बसेर खान्छन् र सबै आ आफ्ना काममा जान्छन् । ती त्यस्ता कुराहरू पनि बुझिदिनुपर्दछ वृद्धअवस्था बाबा आमाले समयको माग अनुसार ।

घरमा हामी एक्लै भयौँ हाम्रो साथी कोही भएन भनेर पिरोलिएर बस्नुको साटो टेलिभिजनमा भजन सुन्ने, धार्मिक कार्यक्रम हेर्ने लेख्ने, पढ्ने र घरमा भएको सानोतिनो काम गर्ने आफुजस्तै साथीभाईसँग भेटघाट गर्ने, मठमन्दिर जाने आदि गर्नुपर्दछ । वृद्धअवस्था बाबा आमा छोराबुहारी नातिनातिनाबिच मिठो बोली, राम्रो व्यवहार, निस्वार्थ प्रेम र समझदारीनै हुनुपर्छ जस्तो लाग्छ मलाई । वृद्धअवस्थाका बाबाआमाको कतिपय कुराहरू सुनिदिनु, बुझिदिनु पनि पर्छ किनकि उनीहरूले आफ्नो घरपरिवारको बारेमा कहिले कुभलो सोचेका हुँदैनन् । अझ प्रगति होस् राम्रो होस् भन्नेनै सोचेका हुन्छन् ।

वृद्धअवस्थाका बाबाआमाका यी यस्ता मनोभावना बुझेर र बृद्धअबश्थाका बाबा आमाले पनि आफ्नो घरपरिवारको मनोभावना बुझेर परिवारमा आफुलाई सुरक्षित, सम्मानित प्रेमिल राख्न सक्नुहुनेछ भन्ने मेरो सानो बुझाइ रहेको छ ।

अन्त्यमा  जे जस्तो भए पनि वृद्धअवस्थाका बाबा आमाले ६०, ७० औँ भोटो फटाई सकेको हुनुहुन्छ त्यसकारण उहाँहरूको त्याग तपस्या र योगदान बुझेर हामी पनि पछि त्यहीँ अवस्थामा पुग्छौ है भन्ने सोच विचार लिएर आफ्ना अशक्त, रोगी पीडामा छटपटाइरहेका वृद्धअवस्था बाबा आमालाई परिवारका सबै मिलेर प्रेम, स्नेह र ममता दिएर स्याहारसुसार गर्नु हुन म  यहाँहरू सम्पूर्ण माझ विनम्र अनुरोध गर्दछु । यसै गर्नुहुनेछ भन्ने आशा विश्वास लिएको छु ।  वृद्धअवस्थाका बाबा आमाकाे जय हाेस् ।

०००

भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा

आमा

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
उठउठ पाका बाबा आमाहरु हो

उठउठ पाका बाबा आमाहरु...

भावना न्याैपाने
हमर लिएर ढुंगा कुट्दै ती आमा

हमर लिएर ढुंगा कुट्दै...

भावना न्याैपाने
तिमी विदेश जाँदा

तिमी विदेश जाँदा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x