सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वृद्ध बाआमालाई माया गराैँ

वृद्धअवस्थाका बाबाआमाका यी यस्ता मनोभावना बुझेर र बृद्धअवस्थाका बाबा आमाले पनि आफ्नो घरपरिवारको मनोभावना बुझेर परिवारमा आफूलाई सुरक्षित, सम्मानित प्रेमिल राख्न सक्नुहुनेछ भन्ने मेरो सानो बुझाइ रहेको छ ।

Nepal Telecom ad

भावना न्याैपाने :

आज पनि म हजुरहरूमाझ वृद्धअवस्थाकै बारेमा केही कुराहरू लेख्न लागिरहेको छु । कृपया तपाईं हामी सबैले पढेर, बुझेर, मनन गरेर व्यवहारमा उतार्न विनम्र अनुरोध गर्दछु आशा पनि लिएकी छु । वृद्धअवस्था यस्तो अवस्था हो जुन जीवनमा विभिन्न दुःखसुख अँध्यारो उज्यालो, उकाली ओराली र विभिन्न हन्डर कष्ट भोग्दै आइएको हुन्छ । त्यो कसको लागि भन्दा आफ्नै प्राण भन्दा प्यारो सन्तानका लागि । ती वृद्धअवस्था बाबा आमाको कपाल त्यसै सेतै भएर फुलेका हुँदैनन शरिर त्यसै कुप्रो परेका हुँदैनन्, छाला त्यसै चfउरी परेका हुँदैन, मष्तिकले काम गर्न त्यसै छाडेका हुँदैन र शरिर त्यसै रोगी अशक्त भएकाे हुँदैन । ती सबै आफ्ना मुटु भन्दा पनि प्यारा सन्तानलाई आफ्नो जीवनको महत्त्वपूर्ण समय र श्रम दिँदाको प्रतिफल हो । त्यसकारण ती त्यस्ता ईश्वर रुपी वृद्धअवस्थाका बाबा आमालाई हामीले कहिले दुःख, कष्ट, पीडा र बेघर नबनाऔँ ।

कतिपय घरमा वृद्धअवस्थाका बाबा आमा पनि अलि घमण्डी रिसाहा हुनुहुन्छ, हाम्रो नियम अनुसार परिवार चल्नुपर्छ भन्ने विचारका हुनुहुन्छ । हामीले हाम्रो पालामा यतिको दुख गरेर खाईनखाई कमाएको सम्पत्ति हो यो तिमीहरू हाम्रो सम्पत्तिमा बसेका हौँ । हाम्रो बिचार नियम अनुसार हिड्नु र काम गर्नुपर्छ भन्ने धारणा राख्दछन् । तर आजका छोराछोरी, छोरा बुहारी र नातिनातिना वृद्धअवस्थाका बाबा आमाको अधिनमा नियममा रहन चाहदैनन् र सक्दैनन् पनि । त्यस कारण वृद्धअवस्था बाबाआमाको मन दुख्छ मैले भनेको मान्दैनन् भन्ने हुन्छ । त्यो नहुनको लागि दुवैतर्फ समझदारी, धैर्यता र एकअर्कालाई बुझ्ने सामार्थ हुनुपर्छ जस्तो लाग्छ मलाई । यो मेरो सानो बुझाइ मात्रै हो ।

अब भन्नै पर्दा वृद्धअवस्थाका बाबा आमाको पालामा गाउँघरमा घाँस दाउरा, ढिकी जातो, मेलापात नगरी खान, बस्न र लगाउन पाइँदैनथ्यो । सासु ससुराले घरपरिवारले खाईपिई गरिसके पछि मात्रै बुहारीले जे जति रहेकोे छ खानपिन गर्न पाउथे । बुहारीलाई धेरै दुःख गर्नुपर्ने अवस्था थियोे तर आज त्यो अवस्था त्यति छैन र कतिपय गाउँमा शहरबजारमा सासुससुरा, छोराबुहारी, नातिनातिना घरका सबै परिवार सबै एकै ठाउँमा बसेर खान्छन् र सबै आ आफ्ना काममा जान्छन् । ती त्यस्ता कुराहरू पनि बुझिदिनुपर्दछ वृद्धअवस्था बाबा आमाले समयको माग अनुसार ।

घरमा हामी एक्लै भयौँ हाम्रो साथी कोही भएन भनेर पिरोलिएर बस्नुको साटो टेलिभिजनमा भजन सुन्ने, धार्मिक कार्यक्रम हेर्ने लेख्ने, पढ्ने र घरमा भएको सानोतिनो काम गर्ने आफुजस्तै साथीभाईसँग भेटघाट गर्ने, मठमन्दिर जाने आदि गर्नुपर्दछ । वृद्धअवस्था बाबा आमा छोराबुहारी नातिनातिनाबिच मिठो बोली, राम्रो व्यवहार, निस्वार्थ प्रेम र समझदारीनै हुनुपर्छ जस्तो लाग्छ मलाई । वृद्धअवस्थाका बाबाआमाको कतिपय कुराहरू सुनिदिनु, बुझिदिनु पनि पर्छ किनकि उनीहरूले आफ्नो घरपरिवारको बारेमा कहिले कुभलो सोचेका हुँदैनन् । अझ प्रगति होस् राम्रो होस् भन्नेनै सोचेका हुन्छन् ।

वृद्धअवस्थाका बाबाआमाका यी यस्ता मनोभावना बुझेर र बृद्धअबश्थाका बाबा आमाले पनि आफ्नो घरपरिवारको मनोभावना बुझेर परिवारमा आफुलाई सुरक्षित, सम्मानित प्रेमिल राख्न सक्नुहुनेछ भन्ने मेरो सानो बुझाइ रहेको छ ।

अन्त्यमा  जे जस्तो भए पनि वृद्धअवस्थाका बाबा आमाले ६०, ७० औँ भोटो फटाई सकेको हुनुहुन्छ त्यसकारण उहाँहरूको त्याग तपस्या र योगदान बुझेर हामी पनि पछि त्यहीँ अवस्थामा पुग्छौ है भन्ने सोच विचार लिएर आफ्ना अशक्त, रोगी पीडामा छटपटाइरहेका वृद्धअवस्था बाबा आमालाई परिवारका सबै मिलेर प्रेम, स्नेह र ममता दिएर स्याहारसुसार गर्नु हुन म  यहाँहरू सम्पूर्ण माझ विनम्र अनुरोध गर्दछु । यसै गर्नुहुनेछ भन्ने आशा विश्वास लिएको छु ।  वृद्धअवस्थाका बाबा आमाकाे जय हाेस् ।

०००

भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जब म बुढो हुनेछु…

जब म बुढो हुनेछु…

भावना न्याैपाने
वृद्ध अवस्थाको भोगाइ

वृद्ध अवस्थाको भोगाइ

भावना न्याैपाने
वृद्ध अवस्था

वृद्ध अवस्था

भावना न्याैपाने
बृद्ध, अशक्त भएपछि

बृद्ध, अशक्त भएपछि

भावना न्याैपाने
घर, समाज र राष्ट्रले बृद्धबृद्धाको संरक्षण गर्नुपर्दछ

घर, समाज र राष्ट्रले...

भावना न्याैपाने
पाकाले रमाइलो गर्ने पिरलो हटाउने !

पाकाले रमाइलो गर्ने पिरलो...

डा. मुकेशकुमार चालिसे
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने