साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बृद्धाश्रमबाट आमाको चिठी छाेरालाई

खोइ मेरी आमा भनेर आज खाेज्दै हुन् नातिनी आँसुका ढिका लिएर आज सम्झन्छु म पनि ।

Nepal Telecom ad

भावना न्याैपाने :

हे मेरा प्यारा नातिनातिना मुटुको धड्कन हौ
हे मेरा प्यारा छोराबुहारी आशाका तड्पन हौ।

सम्झन्छु अहिले दुईवर्ष पहिले यहाँ ल्याई छोडेको
मबाट के कस्तो भुल भयो र तिमीहरूले मन मोडेको।

गर्दछन् हामीलाई सबैले प्रेम र स्नेह यस आश्रममा
दाताहरुकै माया साथबाट चलेको छ हाम्रो यो जीवन ।

सबै निस्वार्थ मन दयालु हात लिई आउँछन् साथमा
के खाऊ के लाऊ फिर्की छैन हामीलाई आश्रममा।

सम्झेर सयौं छोरा र छोरी आश्रममा आउँदछन्
हाम्रा तितामिठा कुराहरु र भोगाई सुनेर जाँदछन् ।

तीनवर्ष बित्यो बाबु तिमीहरूको केही पाइन खबर
आमाको मन रातोदिन रुन्छ को छ र यो संसारमा।

ती मेरी सानी नातिनी मेरी बस्दथिन् काखमा
रातपरेपछि खाएर सधैं सुत्दथिन् मेरो साथमा।

खोइ मेरी आमा भनेर आज खाेज्दै हुन् नातिनी
आँसुका ढिका लिएर आज सम्झन्छु म पनि ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x