सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हेटाैँडामा डा. देवी नेपालद्वारा नवसर्जककेन्द्रित लेखन कार्यशाला

उपमहानगरपालिका, ४ नं. वडा कार्यालयको मुख्य सहयोग एवम् प्याब्सन मकवानपुरको सहकार्यमा सञ्चालित कार्यक्रममा अग्रज साहित्यकार, समालोचक तथा अभियन्ता प्रा. डा. देवी नेपालले प्रशिक्षण गराउनु भएको हो ।

Nepal Telecom ad

मकवानपुर, २०८० पौष २८ । नवसर्जक सहित्य चौतारी नेपालको आयोजनामा सिर्जनात्मक लेखन कार्यशाला सञ्चालन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका, ४ नं. वडा कार्यालयको मुख्य सहयोग एवम् प्याब्सन मकवानपुरको सहकार्यमा सञ्चालित कार्यक्रममा अग्रज साहित्यकार, समालोचक तथा अभियन्ता प्रा. डा. देवी नेपालले प्रशिक्षण गराउनु भएको हो ।

एक दिने कार्यशाला चौतारीकी उपाध्यक्ष कृतिका लौडारीको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका, ४ नं. वडाका वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, वडाध्यक्ष सिग्देल लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा स्टेसनरी सहयोग विद्यार्थी पुस्तक पसल, हेटौंडाका पुष्कल नेपालले गर्नु भएको थियो ।

कार्यशालामा मकवानपुरका सामुदायिक तथा संस्थागत विद्यालयका २५० विद्यार्थी तथा शिक्षकहरू सहभागी कार्यक्रममा सहयोगी निकाय ४ नं. वडाका सदस्यहरू गीता त्रिपाठी, जेन श्रेष्ठ, संस्थाका सल्लाहकार तथा पुरस्कार संस्थापकहरू रमेशमोहन अधिकारी, डिबी बर्तांला, विष्णु न्यौपाने, अर्चना दहाल, प्रभा पौडेल, पुरूषोत्तम आचार्य, हरिकृष्ण काफ्ले, विष्णुप्रसाद अधिकारी, मसान उपासक, तुल्सी घिमिरेलगायतका मकवानपुर सम्बद्ध साहित्यिक संस्थाहरू साहित्य सङ्गम, झरना साहित्यिक परिवार, सिस्नुपानी नेपाल, प्रगतिशील लेखक सङ्घ, मातृभूमि साहित्य समाज, गजल मञ्च, आँचल साहित्य कला पुञ्ज, मुक्तक मञ्च, बुढ्यौली साहित्य समाज, नेपाली लेखक सङ्घ, भीम विराग सङ्गीत साहित्य कला पुञ्जलगायत सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

माघ ६ गते शनिबारदेखि तेस्रो चरणको अनलाइन साहित्यिक प्रशिक्षण अभियानलाई पुनः सञ्चालन गरिने आयोजकले जानकारी गराएको छ भने आजको कार्यक्रम रोयल प्यालेस, हेटौंडामा सञ्चालन गरिएको हो ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Fitkauli Publication Books comming soon
Nepal Telecom ad