साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किसान मृत्यु-ओखति

गुमे बहरका आँट सक्दैनन् पर्न ती अघि बुढा गोरु दगुर्दैछन् कोरलीका परी पछि स्यालले दाउ हेर्दैछ झर्ला र खाउँला भनी म विस्मित बनी हेर्छु राम! राम! भनी गनी ।

Nepal Telecom ad

डिल्लीराज अर्याल :

मान्छे अधमरा जस्ता धर्ती चिरा, अनुर्वरा,
धमिरा पल्किए खान विश्वासका बुटा, जरा
बोल्छन् बेकामका बोली गर्छन् बेशर्मका कुरा
पार्छन् काम लथालिङ्ग उठ्छन् आफन्तका धुरा ।

लाजले भन्छ देखेर- ‘फालेछन् लाज, आबरु !
त्यसैले लाज मान्दैनन् म परें लाजमा बरू
पाशो लाएर डोरीको मर्छन् लाज हुनेहरू !
मर्दैनन् लाजले लाज पचेका निर्घृणीहरू !’

हरायो शर्म, बेशर्मी चलाउँदै छ चक्चकी
हरायो धर्मको मर्म कलिको हेर जग्जगी !
बेशर्मीको हुँदा राज हुन्छन् हर्षित घातकी
र नाङ्गो नाच नाचेर हुन्छन् सन्तुष्ट पातकी !

जताततै यिनै यस्तै दृश्य मात्र म देख्दछु
उठ्छन् मनमनै प्रश्न सधैँ उत्तर खोज्दछु
फेरिन्छन् न कुनै दृश्य न त पाइन्छ उत्तर
देख्दा दृश्य यिनै आफू बने झैं लाग्छ जोक्कर ।

भन्थे अघि बुढापाका यस्तै देखेर हो कि खै
हग्नेलाई नलागे नि देख्ने मान्दछ लाज है
कस्तो समय आएछ जम्मै उल्टा कुरा भए !
कसको आश गर्ने खै ? जिन्दगी आशमै गए !

गुमे बहरका आँट सक्दैनन् पर्न ती अघि
बुढा गोरु दगुर्दैछन् कोरलीका परी पछि
स्यालले दाउ हेर्दैछ झर्ला र खाउँला भनी
म विस्मित बनी हेर्छु राम! राम! भनी गनी ।

ब्वाँसा-सिंहहरू गर्छन् शिकारमा लुछाचुँडी
अरू प्राणीहरू मर्छन् दानापानी गुमेपछि
ओसारी खेतका अन्न मुसा दुला पसेपछि
बाध्यतावश खोज्दैछ किसान मृत्यु-ओखती ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x