साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होस गर ! प्याज खानुपर्ला !

अहिले हाम्रो समाजमा त्यही बेलाका प्याजचोरजस्ताहरू बढ्न थालेका छन् । तसर्थ खुब होस गरी-गरी पाइला चाल्नुपरेको छ । अन्यथा प्याज, कोर्रा र नगद जरिवाना बेहोर्नुपर्नेछ ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

प्याज अखाद्य वस्तु होइन तर त्यसको सही मात्रा हुनुपर्दछ । मात्रा मिलेन भने हाइ-हाइ पार्छ र आँखाबाट आँसु, नाकबाट सिँगान र मुखबाट क्षार निकाल्छ । नपत्याए एक ठाउँमा बसेर खाएर हेर्नोस् ।

अलि पहिलेको अर्थात् उहिलेको कुरा हो, एउटा शिक्षक थिए गाउँमा । कहिले ठट्टा गरेर मान्छे हँसाउने र कहिले जो पायो त्यसलाई बुझ्न कठिन हुने बोली हुन्थे उनका । अहिलेका घुस्याहा नेताका जस्ता कुरा पनि निस्कन्थे, कहिले कसो उनका मुखवाट । धेरैजसो त हँसीमजाक कुराले हँसाउने काम हुन्थ्यो उनको । एक दिन खेलमा विद्यार्थी झगडिएछन् । हात हालाहालको स्थिति थियो । ठट्यौला शिक्षकले भनेछन्- “होस गर ! प्याज खानुपर्ला ।”

विद्यार्थीहरू झगडा छाडेर शिक्षकलाई घेर्न पुगे । दुवै पक्षका विद्यार्थीले भने- “सर ! तपाईंले त्यसो भनेपछि हामी झगडा गर्न छोडेर यहाँ आयौँ । हाम्रो झगडा सकियो । अब त्यो प्याज खानुपर्ला भनेको किन हो, बताइदिनुपर्‍याे ।”

विद्यार्थीको झगडा साम्य भएको देखेर शिक्षक खुसी भए र खित्का छोडेर हाँसे । विद्यार्थीको करकर सुनेपछि उनले एउटा कथा भने । कथा यस्तो थियो- उहिलेको कुरा हो, एकजना गाउँलेले छिमेकीको खेतबाट प्याज चोरेछन् । खोजी हुँदै जाँदा चोर पहिलियो । कारकेर पार्दा सावित भयो । उसले अर्काको खेतबाट सय डल्ला प्याज चोरेको रहेछ । चोरलाई सजायका निम्ति राजाकहाँ लगियो । राजाले फेरि सोधे- “प्याज चोरेकै हो ?” चोरले भन्यो- “हो ।” अनि राजाले मन्त्रीलाई भने- “यसले सय डल्ला प्याज चोरेको रहेछ । तसर्थ यसलाई तीन सजायमध्ये एउटा हुन्छ । उसैलाई सोधी एउटा सजाय गर्नु ।”

राजाले सुनाएका तीन सजाय निम्न थिए-
१. उसले सिपाहीका रोहवरमा एक ठाउँमा बसी खुरुखुरु सय डल्ला प्याज खानुपर्छ,
२. सिपाही जमाएर सय कोर्रा हान्नु, त्यो यसले सहनुपर्छ र
३. सय रुपैयाँ नगद यसले तिर्नुपर्दछ ।

राजाज्ञानुसार मन्त्रीले सजाय रोज्न चोरलाई भने । चोरले मनमनै गुन्यो, सय रुपैयाँ आफूसँग छैन । कहाँ पाएर तिर्ने ? कोर्रा हान्दा दुख्छ कसरी कोर्रा कबोल्ने ? बरू खाने जातै हो, प्याजै खानुपर्ला । यति सोचेपछि उसले भन्यो- “मन्त्रीज्यू, म प्याजै खान्छु ।” सय डल्ला प्याज चोरका अगाडि राखियो । चोर प्याज खान थाल्यो । एउटा डल्लो मिठै मानेर खायो । दोस्रो खाँदा आँखा पोल्न थाल्यो । तेस्रो खाँदा नाकबाट सिँगान र आँखाबाट आँसु झरे । चौथो खाँदा पेटवाट आन्द्रा र भुँडी नै घाँटीमा आएर बाहिर निस्कन लागेजस्तै भयो । पाँचौ खाँदा निलिँदै निलिएन । हुँदै भएन । अनि चोरले मन्त्रीसँग भन्यो- ‘बरू भयो, सय कोर्रा सहन्छु ।”

मन्त्रीले बलियो सिपाहीलाई बोलाई राजाज्ञा सुनाए । सिपाहीले चोरलाई कोर्राका कोर्रा हान्न थाल्यो । चोरले पन्ध-बीस कोर्रासम्म मुटु कमाई-कमाई सहेको हो तर साह्रै भयो । सक्दै नसकेपछि के लाग्छ र ? उसले मन्त्रीसँग भन्यो- “भो हजुर, म सय रुपैयाँ तिर्छु । पहिले नै सय रुपैयाँ तिरेको भए न प्याज खानुपर्थ्याे, न कोर्रा तर उसले आफैले रोजेर तीनवटै सजाय भोग्यो ।

शिक्षकवाट यो कथा सुनेका विद्यार्थी मरी-मरी हाँस्न थाले । अहिले हाम्रो समाजमा त्यही बेलाका प्याजचोर जस्ताहरू बढ्न थालेका छन् । तसर्थ खुब होस गरी-गरी पाइला चाल्नुपरेको छ । अन्यथा प्याज, कोर्रा र नगद जरिवाना बेहोर्नुपर्नेछ । तसर्थ भनिएको हो- “होस गर ! प्याज खानुपर्ला ।”

०००
बानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x