साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अध्यक्ष

दक्ष नभए पनि अध्यक्ष अदक्ष भए पुस्तौँ अध्यक्ष र्‍याल चुहाउँदै अध्यक्ष सुरुवाल तान्दै अध्यक्ष लौरो टेकेका अध्यक्ष कार चढेका अध्यक्ष यता हजुरबाका अध्यक्ष उता नातिका अध्यक्ष ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

कोही रोजगारीको अध्यक्ष
कोही बेरोजगारीको अध्यक्ष
कोही महिलाका अध्यक्ष
कोही पुरुषका अध्यक्ष
काम बिनाका अध्यक्ष
सम्मान बिनाका अध्यक्ष
बाटो पुल र खानेपानी
गर्न सबै मनोमानी
कतै खन्न कतै पुर्न
कतै लडाउन कतै भत्काउन
आज च्यात्न भोलि टाल्न
नयाँ कामको नयाँ कार्यभार
अध्यक्ष बन्छन् सदावहार ।
कानमा फोन लगाइ थर्काउन पाइने
बेलाबेला ठुलो भई मर्काउन पाइने
सोमरसमा चुर्लुम्म डुबेपनि भयो
होटल रेष्टुरेन्टमा सुतेपनि भयो
आँखामा छारो अरुलाई हान्न
भेटेजति एकलौटी आफैँ तर मार्न
विदेश पनि मस्त घुम्न पाइने
जात, रात, साथ हातका अध्यक्ष
दक्ष नभए पनि अध्यक्ष
अदक्ष भए पुस्तौँ अध्यक्ष
र्‍याल चुहाउँदै अध्यक्ष
सुरुवाल तान्दै अध्यक्ष
लौरो टेकेका अध्यक्ष
कार चढेका अध्यक्ष
यता हजुरबाका अध्यक्ष
उता नातिका अध्यक्ष
घरमै अदक्ष टोलमै अदक्ष
जहिले बन्लान् मान्छे दक्ष
अनि हुन्छन् देशमा अध्यक्ष ।

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x