साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शून्य ! शून्य !! शून्य !!

बुद्ध अर्को चिता जल्यो र ? यशु सुनको ओच्छ्यान सुत्यो र ? मोहम्मद भेडो रङ्भुवाभित्र चोभार किनारा खेल्छ र ? उही सन्तप्त उही आतप्त उही निराकार उनै शङ्ख उनै वाद्यधुन उही माटो वा चिता ।

Nepal Telecom ad

कलानिधि दाहाल :

शून्यको सुनसान
गुफाभित्र
न दृश्य
न दृष्टि
न रमझम
न हुल हुज्जत
राल खाएर होस्
वा सिँगान खाएर
एक्लो
एकतमास
मृत्यु छ
वा जीवन
अस्पष्ट अन्धकारमा
छट्पटिँदै
लट्पटिँदै
कुनै सानो प्वाल पाएर
खोपो खाली गर्दै
सालनाल बेरिएर
शून्यको चक्रभित्रबाट
म भुइँ मान्छे निस्केको हूँ
छँदै छु
मैले पुजेको बुद्ध
सम्मानको यशु
शिर सजेको अल्लाह
दिल बजेको कृष्ण
के अर्कै बाटो अवतरित हुन् र ?
मिसिएको हुल
उफ्रिएको आक्रोश
झुण्डिएको सत्ता
म्याराथुन दौडिएको भ्रष्ट
रेटिएको सारङ्गी पेट
यात्राका अन्तिम अडान
कतै छन् र भिन्न ?
कतै छन् र फरक ?
भकारी घुमोस्
वा मुसो चाल
अरब आसन रमोस्
वा रित्तो खल्ती
उही सालनाल
उही काँध
तिनै एम्बुलेन्स
तिनै शववाहन
कोही टुप्पो धरहरा
कोही फेद
मासल गल्ली रहन्छ र ?
सुनसान
चकमन्न
निस्तब्ध सन्नाटा
चिताको चक्रव्यूह
घारेहरूका ठोसाइ
नाक पुत्पुताएको आगो
निराकार अनन्त आकारको
धुवाँ !
उही लप्का आगोको
उही दहन
उस्तै मुस्लो
वा मृण्मयी
मृत्तिकाको सिरक
हद्द भए
कृत्रिम बाकसको ओच्छ्यान
बुद्ध
अर्को चिता जल्यो र ?
यशु
सुनको ओच्छ्यान सुत्यो र ?
मोहम्मद
भेडो रङ्भुवाभित्र
चोभार किनारा खेल्छ र ?
उही सन्तप्त
उही आतप्त
उही निराकार
उनै शङ्ख
उनै वाद्यधुन
उही माटो
वा चिता
त्यही ज्वाला भर्र भर्र
तिनै मलामी
त्यही भष्म
त्यही जलप्रक्षेपण
त्यही नदेखिएको गर्भ
त्यही नदेखिने खरानी
शून्य !
शून्य !!
शून्य !!!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x