साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोही छन्

साला ज्वाइँ दिदी भिनाजुतिरका पोस्नेहरू छन् यहाँ, आफ्नै यो घरमा लुकी अनल पो झोस्नेहरू छन् यहाँ, झुप्रो नै नहुने सधैँ सडकमा सुत्नेहरू छन् यहाँ, डाँका झैँ दिउँसै निरीह जनता धुत्नेहरू छन् यहाँ ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

कोही छन् अधिकारका मखमली नारा उराल्ने यहाँ
कोही छन् हतियारले गगनका तारा खसाल्ने यहाँ
जे जे गर्न सकिन्न गर्छु म भनी ठग्नेहरू छन् यहाँ
कोही मस्त उखानमा मनपरी बग्नेहरू छन् यहाँ ।

मेरो छैन भुँडी म खान्न घुस त्यो भन्नेहरू छन् यहाँ
बोरामा रुपियाँ लगी मुलुकको गन्नेहरू छन् यहाँ
कोही त्यो ललिता निवासतिरका छन् कर्मचारी पनि
नेता नै मतियार आज यसका छन् छद्मधारी पनि ।

कोही सांसद ती पुगी सदनमा उङ्नेहरू छन् यहाँ
बाटामा तरुनी र नर्तकहरू रुङ्नेहरू छन् यहाँ
कोही हल्लुड छन् सधैँ गफ चुटी थाङ्ने कुरा गर्दछन्
कोही देश चलाउँछौँ डलर पो माग्ने कुरा गर्दछन् ।

उल्टाई विधि नै अदालत दिसा गर्नेहरू छन् यहाँ
साँढेझैँ हरियो सधैँ छल गरी चर्नेहरू छन् यहाँ
प्रायः आँसु पिई रुँदै धरधरी मर्नेहरू छन् यहाँ
भ्रष्टाचार गरेर लुक्न दल नै फेर्नेहरू छन् यहाँ ।

साला ज्वाइँ दिदी भिनाजुतिरका पोस्नेहरू छन् यहाँ
आफ्नै यो घरमा लुकी अनल पो झोस्नेहरू छन् यहाँ
झुप्रो नै नहुने सधैँ सडकमा सुत्नेहरू छन् यहाँ
डाँका झैँ दिउँसै निरीह जनता धुत्नेहरू छन् यहाँ ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x