साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तारेभिरमा साहित्यिक जमघट, महोत्सवको पूर्वाङ्ग

छ दर्जन जति साहित्यकारहरू भेला भई रचना वाचन कार्यक्रम सम्पन्न गरियो । सो साहित्य सम्मेलनको सभापतित्व वरिष्ठ साहित्यकार वेदमणि घिमिरेको थियो भने पूर्व मन्त्री रामेश्वर फुयाँल प्रमुख अतिथिको भूमिकामा थिए ।

Nepal Telecom ad

काठमाडौं, २०७९ पौष २८ । काठमाडौँको उत्तरी भेग तारेभिरमा भव्यताका साथ साहित्य सम्मेलन गरी तारेभिर महोत्सवको पूर्वाङ्ग गरियो ।

माघ १ र २ गते हुने तारेभिर महोत्सवको दुई दिन अघि करिव छ दर्जन जति साहित्यकारहरू भेला भई रचना वाचन कार्यक्रम सम्पन्न गरियो । सो साहित्य सम्मेलनको सभापतित्व वरिष्ठ साहित्यकार वेदमणि घिमिरेको थियो भने पूर्व मन्त्री रामेश्वर फुयाँल प्रमुख अतिथिको भूमिकामा थिए ।

कणाद महर्षि, अच्युत प्रसाद पौडेल चिन्तन विशिष्ट अतिथिको भूमिकामा थिए भने विनोद मञ्जन, मधुसूदन पाण्डेय, मञ्जुश्री के.सी.रानु, मुरारी सिग्देल, ढुण्डीराज पोखरेल, थरेन्द्र बराल, बालचन्द्र प्रवाह लगायतका साहित्यकार अतिथिको आसनमा थिए । घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष रामकुमार पण्डितले कार्यक्रम सञ्चालन एवं संयोजन गरेका थिए । आयोजकको सौजन्यमा चुच्चेपाटीदेखि साहित्यकारहरूलाई बसमा तारेभिर पुर्‍याएर करिव एक बजेबाट कविगोष्ठी गरिएको थियो ।

तारेभिर महिला समुहले उपस्थित साहित्यकारहरूलाई फूल र खादा प्रदान गरी स्वागत गरेको थियो भने सो महिला समूहकी अध्यक्ष सुनिता राना मगरले स्वागत मन्तव्य दिएकी थिइन् । स्थानीय वडाका जनप्रतिनिधि सचिन लामाले तारेभिरलाई परिचित पार्ने गरी मन्तव्य दिए ।

कार्यक्रममा निबन्ध आचार्य, विनोद मञ्जन, कणाद महर्षि, रामेश्वर फुयाँल र वेदमणि घिमिरेले सान्दर्भिक मन्तव्य दिएका थिए । सो सम्मेलनमा निम्न बमोजिमका साहित्यकारहरूले कविता, मुक्तत, गजल र मन्तव्य दिएका थिए ।

थरेन्द्र बराल, ढुण्डीराज अधिकारी, परशुराम पराशर, घनश्याम प्रसाईँ, ढुण्डीराज पोखरेल, निर्मलरमण पराजुली, अच्युतप्रसाद पौडेल चिन्तन, लीलाधर पाण्डे, अदिप्त प्रकाश, सीता घिमिरे, गीता अर्याल, नारायण नेपाल, राजबाबु श्रेष्ठ सागर, परीक्षा कोइराला, सरस्वती गौतम, मन्जु थापा, सानु शर्माको सहभागिता थियो ।

त्यसै गरी अन्य सहभागीहरूमा प्रमिला पौडेल, कुशुम शर्मा, निबन्ध आचार्य, प्रमोद भण्डारी, रामेश्वर फुयाँल, दीक्पाल भण्डारी, केशव ज्ञवाली आगत, रविन्द्र आशिष शैली, सङ्गीता ढुङ्गाना दाहाल, रीता शाही, रुद्र अधिकारी, सुन्दर बहादुर खड्का, मेनका पोखरेल आचार्य, मधुसूदन पाण्डेय, भगवती रोका भूमिका, कात्यायन, शारदा पराजुली, ईच्छाराम थापा धड्कन, श्यामराज पाठक, विनोद मञ्जन, बालचन्द्र प्रवाह, वासुदेव ठकुरी, जनार्दन अधिकारी धड्कन, विष्णु थापा बिछोड, उर्मिला पन्त पाण्डेय, होमप्रसाद न्यौपाने, राजेशमान के.सी., लब खड्का, रामचन्द्र दाहाल, नैन जिरोङ, मुरारी सिग्देल, मञ्जुश्री प्रधान के.सी.रानु, रामकुमार पण्डित क्षेत्री, कुर्मराज आचार्य, कणाद महर्षि र वेदमणि घिमिरे थिए । कार्यक्रम साँढे चारमा समापन भएको थियो ।

०००
– पण्डित रामकुमार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x