साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हात्तीलाई धाप मार्दा

हात्तीलाई धाप मारेँ भनेर मख्ख परेका नेपालीले त गनाउने छुचुन्द्रालाई पो धाप मार्दा रहेछन् । यस बेला मङ्सिर ४ गते चाहिँ साँच्चै हात्ती नै आउँछ भनेर नेपाली कुरिरहेका छन् रे त !!

Nepal Telecom ad

कोही आशले कोही त्रासले र कोही हजुरबाको आदर गरेर भनेको कुरा सबैले खुरुखुरु मानेकै थिए । बेला बेला हजुरबाले भन्नुहुन्थ्यो बाबु गौँडो ढुकेर बस्ता हात्तीलाई धाप मार्न पाइन्छ । हात्तीलाई धाप मारेरै पो के हुन्छ र भन्ने पनि लाग्थ्यो ।

हजुरबाका सबै आज्ञाकारी नातिनातिना आआफ्ना क्षेत्रमा गौँडा ढुक्न गए । कसैले डाक्टरी, कसैले इन्जिनियरी, कसैले वैज्ञानिक, कसैले आविष्कारक यस्तै यस्तै बन्ने गौँडा ढुकेर बसे, मौका पारे र धेरैले बेला बेला एउटा एउटा हात्तीलाई धाप मार्न पाए पनि । हात्तीलाई धाप मार्नासाथ हात्तीले जे दिनुपर्ने थियो त्यो दिएर गयो । तिनीहरूका नाम र गाम अनेक थिए भन्नै परेन ।

नेपाली नामका नातिनातिना पनि हजुरबाका धेरै थिए । उनीहरू पनि गौँडो ढुक्ने काममा लागे । उनीहरूले भने गौँडो ढुक्न थालेपछि हात्तीलाई धाप मार्ने अवसर अरुको भन्दा धेरै पाए । उनीहरूले ढुकेका गौँडामा हात्ती पनि बार बार आए । धाप पनि बार बार मारिरहे । हात्तीलाई जति पटक धाप मारे पनि कुनै फरक परेन । उल्टै टाउको रन्कियो र हात मात्रै दुख्यो ।

धाप मारेको हात्ती गौँडो छिरेर गएपछि आजित भएका नेपालीले चारैतिर आँखा घुमाएर हेरे । एकाठाउँमा गौँडाको नाम ‘चुनाव’ भनेर बोर्डमा लेखेको रहेछ । त्यसैले छेकेर झुक्याउने क्यामेरा पनि जडान गरिएको रहेछ । क्यामेराले भेट्ने क्षेत्रबाट कटेर जाउन्जेल हात्तीलाई हेरिरहे । गौँडोभरि क्यामेरामा देखिएका हात्तीको सक्कली रुप त गौँडो कटेर गएपछि पो देखियो ।

हात्तीलाई धाप मारेँ भनेर मख्ख परेका नेपालीले त गनाउने छुचुन्द्रालाई पो धाप मार्दा रहेछन् । यस बेला मङ्सिर ४ गते चाहिँ साँच्चै हात्ती नै आउँछ भनेर नेपाली कुरिरहेका छन् रे त !!

०००
कपन, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x