सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चार ठोक्तक

मौन बस्दैमा सहनशील रहेछ नसोच्नुस् यसको कमजोर मुटु दिल रहेछ नसोच्नुस् चटकीको भीडमा बस्नु पटक्कै मन छैन रेहितलाई मनाउन जटिल रहेछ नसोच्नुस् ।

Nepal Telecom ad

१.
हँसिया, कुटो, कोदाली नचिन्ने थुप्रै छन्
हलो, जुवा,अनि फाली नचिन्ने थुप्रै छन्
सोच्दै छु, देश कसरी कृषिप्रधान भयो ?
अन्न, फलफूल र बाली नचिन्ने थुप्रै छन् ।

२.
सयौं युवाका सपनाहरू तुहिएको देख्दैन सरकार
र, कणर्ालीमा जडीबुटी कुहिएको देख्दैन सरकार
तर पनि देशलाई यस्तो उस्तो बनाउँछु भन्छ ऊ
कठै ! झुपडीको छानो चुहिएको देख्दैन सरकार ।

३.
दिन प्रतिदिन देशको दुर्गति भइरहेको छ
हिजो भन्दा आज झन् अति भइरहेको छ
नेतामा पागलपनको आँधी हुरी आएपछि
युवाशक्ति परिचालनमा क्षति भइरहेको छ ।

४.
मौन बस्दैमा सहनशील रहेछ नसोच्नुस्
यसको कमजोर मुटु दिल रहेछ नसोच्नुस्
चटकीको भीडमा बस्नु पटक्कै मन छैन
रेहितलाई मनाउन जटिल रहेछ नसोच्नुस् ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पदको चमत्कार !!

पदको चमत्कार !!

रेहित सैजु
चटारो ‘च’

चटारो ‘च’

रेहित सैजु
सपथ खाएपछि

सपथ खाएपछि

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
पाँच ठोक्तक

पाँच ठोक्तक

रेहित सैजु
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी