साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अहिले पाका मान्छेका कुरा किन ?

त्यस्ता सामग्री र जानकारीलाई सम्बन्धित निकाय र सरोकारवालाले सर्बसाधारणको सहज पहुँचको व्यवस्था पनि गर्नुपर्दछ । यस प्रक्रियालाई गुणात्मक र सङ्ख्यात्मक बृद्धि गरी, बढी भन्दा बढि वडातहमा कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।

Nepal Telecom ad

पृथ्वीमा उत्पत्ति भई विकसित हुँदैगएका सबै प्राणिहरू आआफ्नै प्राकृतिक आवश्यक्ता अनुसार बाँचेका र लोप भएका छन् । कैयौँ जीवहरू क्रमिक विकासमा रहेका अझै सामान्य फेरबदलमा जीवनयापन गरिरहेका छन् । धेरै अमेरुदण्डिय प्राणीमा साथसाथै देखिए पनि सामाजिक प्रणाली बलियो भेटिन्न । कीरा समुहमा कमिला, माहुरी आदिमा सिक्नयोग्य सामाजिक प्रणाली, अनुसाशन, कार्य विभाजन र भण्डारणको अतुलनिय क्रियाकलाप देखिन्छ । वैज्ञानिक हक्सलेले आफ्नो सामाजिक प्रणालीमा स्तुत्य व्यवहार गरेकाले एक पटक भनेका थिए आकारमा सानो भए पनि कमिला प्रजातिको मगज संसारको सबैभन्दा अनौठो र बहुमूल्य कण हो । त्यसरी नै मेरुदण्डिय प्राणीहरू विकास भएपछि स्तरअनुसार माछा, भ्यागुता, सरिसृप, चरा र स्तनधारी समुहमा मगजको क्षमतामा बृद्धिसँगै आनीबानी र व्यवहार थप जटिलतातिर बढदै गयो । पाका सदस्यको व्यवहार सबैभन्दा जिम्बेवार भएको र सानाले उमेरअनुसार अनुशासित भएको पाइन्छ । सबैभन्दा पछि आएको र विकसित भनिएका मानव प्रजाति पन्ध्रबिस हजार वर्षको छोटो कालखण्डमा नै विभिन्न सामाजिक चरणमा परिबर्तन र विकसित हुँदै गएको छ ।

मानव प्रजातिले उत्पत्तिसँगै प्राकृत बासस्थानमा समुहसमुहमा मुख्यगरी शिकारी जीवन बितायो भने बिस्तारै बनका फलफूलमा रमायो । समुह बढदै गयो, खाना र सुरक्षाका लागि त्यस युगमा अनुभवी पाका मानिसको अगुवाई र बलिया वयस्कका सक्रियतामा जीवनयापन हुन्थ्यो । त्यसैले महिला र पुरुष दुबै पाका मान्छेको मानमनितो हुनु समुहका हरेक सदस्यको चरित्र बन्यो । मौसमी फलफूल, निकै शक्तिजुक्ति लगाएर उपलव्ध हुने शिकार र बढ्दै गएको सङ्ख्याले फिरन्ते जीवन कठिन बन्दै गयो । जानेर अथवा भवितव्यले आगो र शिकारी हतियारको जोगाड गर्न सकेको मान्छे प्रजातिले अब वर्षभरी सुनिश्चित खान र सुरक्षित बस्न उपाय खोज्यो ।

जानेर नजानेरनै बिउबाट ईच्छित फल दिने बिरुवा उमार्न, फलाउन र बढि भएको सञ्चिता गर्न प्रयाश गर्‍यो । भोकै मर्न नपर्ने सफलताले मानव प्रजातिलाई कृषि युगमा ल्याई पुर्‍यायो । क्रमिकरुपमा मानव प्रजातिमा बस्तिको विकास र हावापानी अनुकुल खेतीप्रणाली विकसित हुँदैगयो । यस युगमा खेतीको आवश्यक्ता अनुरुप परिमार्जन गर्न जान्यो भने शिकारी युगदेखिको स्वभावलाई केही मात्रामा भए पनि कायम राख्यो । यसरी सुखका दिनहरू उदाउँदै जानमा समुहका पाका मान्छेको ज्ञान, सिप र अनुभवको सहयोग आधारभूत आवश्यक्ताको रुपमा सबै परिवार र समुह सदस्यहरूले स्विकार गर्दै रहे । फलस्वरुप पाका मान्छेको सल्लाह नै समुहको हित र विकासको द्योतक हो भन्ने मान्यताले जरो गाड्यो । सामाजिक बरव्यवहार मात्र होइन शासन र प्रशासनमा समेतमा पाका मान्छेका कुरा मान्य र न्यायसङ्गत भएको दरिन पुग्यो ।

कृषिमा आधारित मानव समाजमा थप हाँगाबिँगा लाग्दै सामन्ती युग मौलायो र प्रबृत्तिमा समेत फेरबदल भएर मानव बिचमा मानवनै दाश हुने साथै महिला र पुरुषमा विभेद सुरु भयो । काम र सिपका आधारमा बनेका समुहमा ईज्जतका लागि बनेका जातप्रथामा घृणित विभेद उदायो । काम र सम्पतिका आधारमा पाका मान्छेनै बलशाली भए पनि बर्ग विभेदले आफ्नै समुहमा रहे पनि अन्तरसमुहमा सबै पाका मान्छेको हैसियतमा तुषारापात भयो । त्यसै युगमा मानिसका कल्पना, परीक्षण, जाँगर, सिप र ज्ञानका विविधतासँगै समाज प्रणालीमा विविधता थपिए । आवश्यक्ता र श्रमको गठजोडले समाज बिस्तारै परम्परागतभन्दा प्रविधितिर आकर्षित भयो । एक कालखण्डसम्म चित्त बुझाइएको विकासले पनि पाका मान्छेका अनुभव र क्षमतालाई स्विकार गरिनै रह्यो । फलस्वरुप पारिवारिक व्यवसाय, उद्योग, कलकारखाना र व्यापारमा पामा मान्छेको मानिलो स्थान निरन्तर कायम भयो । गत शताब्दी अघिको मानव समाज संसारभरी त्यस्तै रह्यो र पाका मान्छे समाज र परिवारका लागि ज्ञान, सिप र निणर्यको शीर्षस्थ स्थानमा रहे ।

प्रविधिको बर्तमान समयः
गत शताव्दीको मध्येसम्ममा संसारभरी आएका सामाजिक राजनीतिक उथुलपुथुल, मानव प्रजातिले बिकास गरेको प्रविधि, बजारबाद र नाफानोक्सानको व्यक्तिवादी धारणाले मानव समाज सामुहिकता बिमुख हुँदै जान लाग्यो । सांस्कृतिकरुपले अलि अघि स्खलित भएका केही देशका भौतिक उन्नतिनै मानव विकासका उत्तम नमुनाको उपमाको विषय तिनै देश र मतियारहरूले अरुमाथि थोपर्न थाले । ‘सैयौँ पटक एउटै गलत अभिव्यक्ति दोहोर्‍याए साँचो सावित हुन्छ’ भन्ने मान्यताका पृष्ठपोषक ती साइँदुवाले प्रविधिको विकासमार्फत करबल आफ्ना कुराको बजार भेटे । यतिखेर धेरै देशका मानव समाजमा बजारको आकर्षण, नाफानोक्सान र हरेक व्यक्तिको महत्वका नाममा सामुहिक मानव हितलाई लत्याइनु केन्द्रीत प्रणालीे भएको छ । फलस्वरुप विभिन्न समुदाय एकअर्काप्रति त्रसित, आक्रान्त र शिष्टाचाररहीन हुनपुगेको छ भने पाका मान्छेहरू मानव इतिहासमा सबैभन्दा बढि अर्घेलोमा परेका छन् ।

विकासको नाममा बजारवादले गाँजेर व्यक्ति उन्नतिमा लागेकाहरू आफन्तको अभावमा संयुक्त पारिवारिक समाजबाट धर्मपुत्र धर्मपुत्री लैजाने क्रम बढ्यो । त्यतिले नपुगेपछि अब आफ्नै समाजमा कसरी समन्वय ल्याउने भन्ने चिन्ताको अभिव्यक्ति नै ज्येष्ठ नागरिक सम्मान र हेरबिचारको कुरा अघि सारे । त्यसैको अचेल बिकसित र भौतिक सुबिधाको स्वर्ग भनिएका मुलुकहरूमा विभिन्न अधिकारमुखी संस्थाहरू पाका मान्छेका हिमायत भन्दै सक्रिय भइरहेका छन् । फलस्वरुप पछिल्लो खेप सरकारी सामाजिक सुरक्षाको प्रत्याभूतिले नपुगेर जनस्तरमा ज्येष्ठ नागरिक समुह र संस्थाहरू व्यापकरुपले निर्माण हुँदैछन् ।

अन्तर्राष्ट्रिय चासोः
अन्तर्राष्ट्रिय उमेरिनेहरूको महासंघ (आईएफए)को स्थापना ज्येष्ठ नागरिकहरूको जीवनशैली र कल्याणलाई बिचार गरेर सन १९७३ मा भयो । यस संस्थाले १९९२ देखि दुई वर्षको फरकमा विविध मूलनारा र विषयका साथ सन २०१८ सम्म चौधौँ सम्मेलन आयोजना गरिसकेको छ । सन १९८२ मा अष्ट्रियाको राजधानी भियनामा संयुक्त राष्ट्र संघनै अघि सरेर ज्येष्ठ नागरिक सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना भयो । त्यसलाई ज्येष्ठ नागरिक सम्बन्धी अन्तर्राष्ट्रिय कार्ययोजना पनि भनिन्छ ।

विश्व जनसंख्या आँकडाको तथ्याङ्कमा महाद्विपअनुसार ६५ वर्ष माथिका २०१९ सम्ममा पाका मान्छेको प्रतिशतः युरोपमा १८%, ओसेनिया १२%, उत्तर अमेरिका ११%, एसिया ९%, ल्याटिन तथा क्यारेवियन ८%, अफ्रिका ३% रहेको देखिन्छ । सामान्यतया हेर्दा हावापानीको सुमधुरता, स्वास्थ्य चेतनाको विकास र भौतिक उन्नतिको कारण मानिसको सरदर आयुमा बृद्धि भएको पाइन्छ । त्यसैले पाका मान्छेको उमेरमा पनि बृद्धिनै भएर मानिसहरू अल्पायुमानै निधन भभई सङ्ख्यात्मक बृद्धिसमेत देखिएको हो । औशतमा युरोप सबैभन्दा बढि पाका मान्छे भएको महाद्विप भए पनि देशअनुसार हेर्दा जापानले अग्रस्थान लिएको छ । सन २०१९ मा जापान कुल जनसङ्ख्याको २८%, जर्मनी २१%, फ्रान्स २०%, बेलायत १८%, नर्वे १७%, अस्टे्लिया  १६% अमेरिका १६% पाका मान्छे रहेको आँकडा छ ।

देशीय हिसाबले हेर्दा भौतिक र परम्परागत असल पक्षको गठजोडले जापानले स्वस्थ्य बढि उमेरका पाका मान्छे हुर्काउने देशमा सबै मुलुकलाई देखाएको छ । युरोप पछिको पाका मान्छे बढि भएको देशमा अमेरिकालाई उछिनेर अस्टे्रलिया अघिल्लो पङ्क्तिमा उभिएको छ । सबैभन्दा बढि प्रतिशत ६५ वर्ष माथिका पाका मान्छे भएका पाँच शीर्ष देशहरूमा सन २०२० को आँकडामा जापाननै २९.१८ प्रतिशत पारेर संसारमा पहिलो श्रेणीमै छ । युरोपमा जर्मनीले आफ्नो कूल जनसङ्ख्यामा थपि २२.९९% गराई दोश्रोनै पाका मान्छे हुने देश भएको छ । त्यसपछि ग्रीस २२.४३%, फिनल्याण्ड २२.२६%, ईटली २२.०८% ले पाका मान्छे भएको देशमा अघि बढेका छन् ।

यस अबधिमा एसियाबाट संसारका पाका मान्छे धेरै हुने देशको हारमा ६०औँ स्थानमां रहे पनि चिनले १२.३४% मा उभिन आइपुगेको छ । यो हारमा आफ्नो कूल जनसङ्ख्यामा विश्वसँग दाँजिन भारत १०० नम्बरमा ६.७२% पाका मान्छे लिएर उभिन आएको छ । त्यस्तै २०१९मा विश्वका केहि विकासशील देशमा ६५ वर्ष माथिका पाका मान्छेको प्रतिशत हेर्दा चिन १२%, ब्राजिल ९%, पेरु ८%, नेपाल, भारत, ईरानमा ६%, ईथियोपिया र ईजिप्टमा ४%, सोमालिया ३% भएको आँकडा देखिन्छ । यस आँकडाले पनि भौतिक परिस्थिति र सामाजिक संरचनाले जनताको आयुमा पारिरहेको असर र कमजोर स्वास्थ्य अवस्थाले पाका मान्छेको भोगाईको धरातलनै प्रष्ट पार्दछ । सार्क राष्ट्रमात्रका पाका मान्छेका आङ्कलन गर्दा श्रीलङ्का ८%, नेपाल, भारत र भुटान ६%, बङ्गलादेश ५%, माल्दिभ्स र पाकिस्तान ४% तथा अफगानिस्तान ३% देखिन्छ । सामाजिक आर्थिक विभेद र राजनीतिक अस्थिरताले जनसङ्ख्याको विभिन्न उमेरसमुहलाई प्रभाव पारेको सार्क देशहरूलाई गाँजेको प्रष्ट देखिन्छ । यसरी २०१९ को आँकडा अनुसार समग्रमा हिसाब गर्दा त विकशित देशमा ६५ वर्ष नाघेका १९% र विकासशील देशमा ७% मान्छे रहेका देखिन्छन् ।

पाका मान्छेका प्रतिशतबाट सहजै बुझिन्छ कि जति बढि राजनीतिक स्थिरता, भौतिक सुबिधा र स्वास्थ्यको हेरबिचार हुन्छ त्यति धेरै पाका मान्छेको सङ्ख्यामा बृद्धि भएको पाइन्छ । गरिबी, अशिक्षा, आधुनिक उपचारमा कमी र हावापानीको प्रभावले मानिसकाे बाँच्नसक्ने आयु छोट्टिँदो रहेछ । एसियामा मात्र होइन विश्वमा जापान अगाडि हुनु र अफ्रिकामा पाका मान्छे अत्यन्त न्युन हुनुमा त्यही रहस्य निहित भएको होइन त ? सार्क राष्ट्रमा अफगानिस्तानको आँकडाको स्थितिले संसारमा एक सय नम्बरमा परेको दक्षिण छिमेकी भारतका विभिन्न प्रान्तका अवस्थासँग तुलना गर्न मिल्छ । भारतमा प्रान्तीय राजनीतिक गठजोड, शैक्षिक स्तर, आयस्रोत र हावापानी अनुसारनै विभिन्न प्रान्तमा पाका मान्छेको प्रतिशत भएको देखिन्छ । हेर्नुहोस् त २०२० को आँकडाअनुसार केही प्रान्तको पाका मान्छेको आँकडा प्रतिशतः केरल १६.५, तमिलनाडु १३.१, पञ्जाव १२.६, आन्ध्रप्रदेश १२.४, ओडिसा ११.८, मध्यप्रदेश ८.५, झारखण्ड ८.४, असम ८.२, उत्तरप्रदेश ८.१, बिहार ७.७ । सबैभन्दा शिक्षास्तर र सामाजिक शुरक्षा बढि भएको राज्य केरल र गरिबीको मार खपिरहेको बिहारको पाका मान्छेको प्रतिशत कस्तो छ ? सामाजिक चालचलन, संस्कार, शिक्षा र राज्यको दायित्वको स्तर अनुसार नै पाका मान्छेको बाँच्ने आयुमा प्रभाव परेको होइन होला र ?

नेपालमा पाका मान्छेः
नेपालमा सेवा निवृत्तहरूका लागि विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाहरूको आआफ्नै कल्याणकारी योजनाहरू बनेका थिए । नेपालमा गैह्रसार्वजनिक सेवामा योगदान गरेका ज्येष्ठ नागरिकसमेतलाई ध्यानमा राखेर सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरियो । १९९४ अर्थात २०५१ पुसदेखि ७५ वर्ष माथिकालाई केही मासिक भत्ता दिने भयो भने २०५२ साउनदेखि ६० वर्ष माथिका एकल महिलालाई पनि सो कार्यक्रममा संलग्न गरियो । अलिअलि गर्दै मासिक भत्ताको रकम बढ्दै गयो भने २०६५ सालबाट ज्येष्ठ नागरिक घोषणा गर्ने उमेर ७० वर्ष कायम रह्यो । हेक्का रहोस्, सुस्त गतिमा विकसित सामाजिक अवस्थामा अभ्यस्त आजका पाका मानिस परिबर्तनलाई जति आत्मसात् गरिरहेका छन, अब आउने पुस्ताकाले द्रुतगतिको विकासलाई पच्छ्याउन कठिन पर्नेछ । त्यसैले अबका किशोरकिशोरी र वयस्कहरूले दुर्दशा भोग्न नपरोस् भनेर नै पाका मान्छेका हितमा समाजव्यवस्था बनाउन आजैदेखि लाग्नुपरेको हो ।

नेपालमा राजनीतिक प्रणालीमा आएको परिवर्तनसँगै परम्परागत संस्कार र मान्यतामा मध्यवर्ती बर्गसम्म बजारवादको प्रभाव सतहमा देखापर्न थाल्यो । एक दशक अघिसम्म महिनाको दुईतीन जना बेवारिसे पाका मानिसका लाश भेटिने नेपालमा अचेल ३०/३५ जना पाका मान्छे भेटिएको खबर आइसकेको छ । नेपाली समाजको विद्यमान आर्थिक अवस्थामा परम्परागत संस्कारमा आएको बिचलनले उडन्ते व्यवहार पलाएको छ । यसले गर्दा पाका मान्छेप्रति गरिने परिवारका सदस्यहरूको सम्बन्ध विद्यमानको नाफानोक्सानतिर गएको छ । बिगतका मिहेनतले परिवारको उन्नति गर्ने आजका पाका मान्छे सुखशयल, मानमनितोको कुरा छाडौँ, सामान्य मानविय रेखदेख तथा उपचारको अभावमा सक्षम वयस्कहरूका व्यवहारले परित्यक्त भएर अलपत्र पर्ने अवस्था आइरहेको देखिन्छ ।

सरकारले मत बटुल्ने फोस्रा चुनावी भाषणभन्दा अभरमा कामलाग्ने पूजामा चढाउने अक्षेताजस्ता केही रकमको भत्ता अब पाका मान्छेलाई प्यारो लाग्छ । यसलाई वैज्ञानिक बितरण तथा सहज पहुँचको व्यवहार लागु गर्न बाँकि छ । अझ विभिन्न बहानामा राजश्व कुम्ल्याउने नियतमा परिवर्तन गरेर आजका पहुँचवालाले नीतिनियममा संशोधन गरेर भए पनि भोलि आफ्नै हितमा हुने पाका मान्छेको सुविधा र सुरक्षामा बृद्धि गर्नुपर्दछ । किन कि धनार्जनमा व्यस्त आजका वयस्कलाई भोलि यीनका सन्तानले आधुनिक पाटीमा (केयर होम, ज्येष्ठनागरिक आवास आदि) थन्क्याउने न हुन् । समाजलाई सानै उमेर र किशोर किशोरीहरूदेखिनै शिक्षित गराउँदा पछिका पाका मान्छेले आजकाले भोगेका दुखकष्ट भोग्न कम होला भनि भर्खरै विद्यालय शिक्षामा बुढ्यौली बिज्ञान विषय नेपालमा समावेश गरिएको छ । यसले कम्तिमा विद्यमान समस्यालाई प्राज्ञिक हिसाबले सैद्धान्तिकरुपमा भए पनि अध्ययनयोग्य बिधाको क्षेत्र हो भनि उजागर गर्नेछ र समाजको सोचाईमा लोकलाजकै लागि भए पनि केहि परिवर्तन आउने छ ।

अहिलेको राजनीतिकवसात प्रदेशमा पाका मान्छेको प्रतिशत आँकडाले प्रदेशअनुसार भएको हावापानी, आयस्रोत, चेतनास्तर र स्वास्थ्यसेवामा पहुँचलाईनै ईङ्गित गर्न खोजिरहेछ । नेपालको कुल जनसङ््ख्या २६,४९४,५०४ र पाका मान्छे मानिएका २,१५४,००३ आँकडा बि.सं. २०७५मा रहेको लेखोट पाइन्छ । त्यसकै आधारमा प्रदेश १ मा प्रदेशको पूरा जनसङ्ख्यामा ८.१ प्रतिशत पाका मान्छे रहेका थिए भने नेपालको कुल पाका मान्छेको सङ््ख्याको १८.२ प्रतिशत हुन आउँछ । त्यस्तै तुलनात्मक आँकडामा प्रदेश २ मा ७.२ प्रतिशत र कुल नेपालमा भएका पाका मान्छेमा १८.८ प्रतिशत हुन्छ । प्रदेश ३ मा ८.२ र देशभित्र पाका मान्छेमा २१.२ प्रतिशत, प्रदेश ४ मा ११.८ छ भने देशभरीकासँग तुलना गर्दा १३.१ प्रतिशत हुनुहुन्छ । प्रदेश ५ मा त्यहाँको आवादीको ७.५ प्रतिशत पाका मान्छे देशको कुलसँग दाँजिदा १५.५ प्रतिशत पाका मान्छेमा पर्नुहुन्छ । प्रदेश ६ मा ५.६ प्रतिशत पाका मान्छे देशको कुलसँग दाँजिदा ४.१ प्रतिशत मात्र हुनुहुन्छ भने प्रदेश ७ मा त्यहाँको सबै उमेर समुहमा ८.६ प्रतिशत रहेकोमा देशभरिका पाका मान्छेको ८.९ प्रतिशतमात्र हुनुहुन्छ । आफ्नै प्रदेश भित्र विभिन्न कारणले दिर्घ जीवन नभएका प्रदेश २, ५ र ६ का पाका मान्छे न्युन सङ्ख्यामा भए पनि देशको सरदर प्रतिशतमा दाँजिन अरु प्रदेशका अधिक आँकडाको सहारा लिनु परेको छ ।

नेपालमा ६० लाख भन्दा बढि विभिन्न कारणले विदेशिएका सरकारी आँकडा पाइन्छन् । मताधिकार भएका १,१७,३३,७२७ उमेर पुगेका मानिस नेपालमा छन् । तीनचार वर्षअघिको करिब २५,२१,००० पाका मान्छे ६० वर्ष माथिका रहेको तथ्याङ्क अहिले पनि मान्दा २१.४९ प्रतिशत पाका मानिस रहेको प्रमाणित हुन्छ । त्यसमा अनौपचारिक एक करोड लगभग वयस्क विभिन्न कारण विदेशिएको आँकडा मान्ने हो भने वास्तवमा बर्तमानमा बढिनै पाका मान्छे हुनुहोला । नातिनातिनाको तेलभिसा, स्नातक समारोह र विभिन्न तरिकाले छोराछोरीको अनुकुलतामा विदेश गएका पाका मान्छे बढिमा छ महिना अस्थाई विदेशिएको केही देखिन्छ । केहीलाई छाडेर घुमिफिरी रुम्जाटार भनेझैँ अल्पकालका लागि बिदेशिएका पाका मान्छे बानीव्यहोरा र सामाजिक कारणले स्वदेशनै फर्किन्छन् । फर्किएपछि उहाँहरूको सङ््ख्या अन्यन्त्र नभए पनि सुविधायुक्त सहर भएका ठाउँहरूमा बढ्ने छ । यसले नगर र महानगरभित्र मुख्य समस्याको रुपमा पाका मान्छेको आवश्यक्ता, सहयोग र निर्भरताको व्यवस्थापनमा सरोकारका सबैमा जिम्बेवारी थप हुनेछ ।

नेपालभित्र स्वास्थ्य सुबिधा भएका ठाउँमा पाका मान्छेको बाँच्ने उमेरमा परिबर्तन आइरहेछ भने परम्परागत सामाजिक प्रणाली दिन प्रतिदिन अस्थिर र सयुक्त परिवार बिपरित बन्दै गइरहेछ । त्यस्तो परिस्थितिमा नेपालमा एकल काममा गएकाले छाडेका केटाकेटी र काम गर्न नसक्ने पाका मान्छेमात्र भएको समाज बन्दैछ । यसले सक्रृय जनशक्ति र पाका मान्छेका बिचमा समन्वयको खाडल झनझन ठूलो बन्दैगएको अनुभूत भइरहेछ । त्यसैले त हिजोआज ज्येष्ठनागरिक स्याहार केन्द्र, दिनको हेरबिचार केन्द्र, आश्रमलगायत पाका मान्छेका गैर्‍हसरकारी सँस्था बन्दैछन् । सरकारले पनि समस्या पहिचान गरेर नियमकानुन बनाउन बाध्य भइरहेछ ।

अन्त्यमा,
कूल जनसङ्ख्याको पाँच भागको एक भाग भनेको कुनै पनि देशका लागि ठूलो मात्रा हो । सामाजिक बिखण्डन र मानविय सोचाइमा आएको नकारात्मक प्रभावले नेपाली समाज स्वभाविक गतिमा विकसित भइरहेको छैन । यस्तोमा पाका मान्छेका उमेर समुह सबैभन्दा बढि परित्यक्त समुहमा परेका छन् र बिलौनामा समय बिताउन बाध्य भएका छन् । पाका मान्छेमानै केन्द्रित भएर कथा, कविता, नाटक, हँस्यौली र सिद्धान्तका पुस्तकहरू बजारमा व्यापक ल्याउनु पर्छ । स्वास्थ्यस्थिति र रोगव्याध बारेमा पनि सोधखोज सबैतिर भएका छन र नेपालमा पनि बामेसर्ने गतिमा अघि बढेको पाइन्छ । फरकफरक सामाजिक स्थितिमा हुनसक्ने मनोविज्ञान, वयस्कहरूको सोचाई र सरकारी लिखतअनुसारको व्यवहारका पक्षमा धेरैतिर संयोजित विधा कम छन् भने बालबालिकालाई पाका मान्छे मैत्री सामग्री नेपालमा त छँदैछैन भन्दा हुन्छ । त्यसर्थमा नेपाली समाजको सन्दर्भमा पाका मान्छेका कुरा सामाजिक मनोविज्ञानमा केन्द्रित रही लेखिएका सरल गद्य सामग्री र निबन्धहरूको सँगालो नयाँ बिधाकोरुपमा नेपाली पाठकहरू बिच ल्याउनु पर्दछ । त्यसमा पाका मान्छेको भोगाई मात्र होइन परिवार र सम्बन्धित सरोकारीहरूले मनन गर्नुपर्ने केही अँश पनि दिशानिर्देश गर्नसक्ने हुनुपर्दछ । त्यस्ता सामग्री र जानकारीलाई सम्बन्धित निकाय र सरोकारवालाले सर्बसाधारणको सहज पहुँचको व्यवस्था पनि गर्नुपर्दछ । यस प्रक्रियालाई गुणात्मक र सङ्ख्यात्मक बृद्धि गरी, बढी भन्दा बढि वडातहमा कार्यक्रम सञ्चालन गर्नु पर्दछ । त्यसरी सर्वसाधारणलाई सुसूचित बनाई सरकारको मुख्य योगदानमा नेपाल देश भविष्यमा पाका मान्छेको जिउँदो स्वर्गको रुपमा स्थापित गराउनु अहिलेको आवश्यक्ता हो ।

०००

२०७९ असोज ३

लेखकका यस्तै सामग्रीः
१. पाका मानिसलाई घरमै राख्ने (१) ! फित्कौली डट कम अनलाईन, २०२२ जुन १२, ज्येष्ठ २९, २०७९
२. पाका मान्छेका तथ्यकुरा बुझौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, १८ जुन २०२२, असार ४, २०७९
३. पाका मानिसलाई घरमै राख्ने (२) ! फित्कौली डट कम अनलाईन, २०२२ जुन २१, असार ७, २०७९
४. पाका मान्छेका कुरा सुनौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, ५ जुलाई २०२२, असार २१, २०७९
५. पाका मान्छेका रोग तह लगाऔँ ! फित्कौली डट कम अनलाईन, ५ जुलाई २०२२, असार २१, २०७९
६. पाको मान्छेलाई एक्लो नपारौँ ! फित्कौली डट कम अनलाईन, १७ जुलाई २०२२, साउन १, २०७९
७. पाकोे मान्छेलाई एक्लोपनबाट जोगाऔँ ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, १९ जुलाई २०२२, साउन ३, २०७९
८. पाका मान्छेलाई यत्तिभए पुग्छ ! क्यानाडा नेपाल डट कम अनलाईन, २२ जुलाई २०२२, साउन ६, २०७९
९. पाका मान्छेका नियम आयो रे ! फित्कौली डट कम अनलाईन, ३० जुलाई २०२२, साउन १४, २०७९
१०. पाका मान्छेबाट यत्ति आश गरौँ ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, ६ अगस्त २०२२, साउन २१, २०७९
११. पाका मान्छेले कसरत गर्न हुन्छ, किन ? फित्कौली डट कम अनलाईन, १० अगस्त २०२२, साउन २५, २०७९
१२. पाका र अति पाका मान्छेले कति गर्न हुन्छ ? मकालुखबर डट कम अनलाईन, १४ अगस्त २०२२, साउन २९, २०७९
१३. पाका मान्छेका आनन्द कस्तो हुन्छ ? फित्कौली डट कम अनलाईन, २० अगस्त २०२२, भदौ ४, २०७९
१४. पाका मान्छेमा बिर्सनु कस्तो हुन्छ ? फ्रेसन्युजनेपाल डट कम अनलाईन, २१ अगस्त २०२२, भदौ ५, २०७९
१५. पाका मान्छेको सँस्मरण र बिस्मृतिका कुरा ! फित्कौली डट कम अनलाईन, २ सेप्टेम्बर २०२२, भदौ १७, २०७९
१६. पाका मान्छेले सिकाऊँः पिरमा के गर्ने ? फ्रेसन्युजनेपाल डट कम अनलाईन, ३ सेप्टेम्बर २०२२, भदौ १८, २०७९
१७. पाका मान्छेलाई निम्ता गर्दा होस् गरौँ ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, १७ सेप्टेम्बर २०२२, असोज १, २०७९

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x