सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फेरौं अर्को जनमत छाता

सुर्ता के को मुलुक रुवायौ, थाली तामा सुन किन खायौ ? भ्रष्टाचारी दमन चलायौ, उल्का भारी दलन रचायौ ।

Nepal Telecom ad

लोभी पापी दलपति कस्ता
गैंडा हात्ती अरि खल जस्ता
चोरी गर्छन् रनवन सस्ता
मुर्दा चाला कपट छ दस्ता ।१

गुण्डागर्दी अविरल चल्दा
आमा रुन्छिन् सहज नचल्दा
धर्ती बेच्छन् महल बदल्दा
कालो मैलो जहर छ धन्दा ।२

खोलानाला मिच गर फन्दा
पोको पार्ने कलुषित चन्दा
नारा दिन्छौ अविरल कुन्दा
घाती पारा शकुनि नचिन्दा ।३

सत्ता खोज्दै पर पुग दिल्ली
कुत्ता जस्ता अबुझ र सिल्ली
काटो खाऊ अजगर खिल्ली
माटो बेच्ने पतित छ झिल्ली ।४

सुर्ता के को मुलुक रुवायौ
थाली तामा सुन किन खायौ
भ्रष्टाचारी दमन चलायौ
उल्का भारी दलन रचायौ ।५

रक्सी पैसा असुर छ खाता
बिक्छन् सित्तै अझ मतदाता
गाला पार्छन् किन किन राता
फेरौं अर्को जनमत छाता ।६

आयो बेला सघन उतारौं
दम्भी काला नयन पछारौं
सत्ताधारी कुलत हजारौं
मासौं छासौं मुलुक सपारौं ।७

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
छाक टारौँ कसोरी

छाक टारौँ कसोरी

टङ्कराज ढकाल ‘तितेपाती’
खेदौँ फटाहा

खेदौँ फटाहा

टङ्कराज ढकाल ‘तितेपाती’
नशा 

नशा 

टङ्कराज ढकाल ‘तितेपाती’
बिर्सिन् क्या यी शालिनीले मलाई

बिर्सिन् क्या यी शालिनीले...

टङ्कराज ढकाल ‘तितेपाती’
उधारो नतिर्ने पारा छ के हो ?

उधारो नतिर्ने पारा छ...

टङ्कराज ढकाल ‘तितेपाती’
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल