डिल्लीप्रसाद मूलतिहुनचार चोइटा
बाटा र घाटा म बनाउनेछु लाटा र सोझा म मनाउने छु भाटो लिँदै भोलि म आउने छु आटो पिठोसम्म चपाउने छु ।

आयो नमस्कार गरेर आयो
गायो अहो गीत नयाँ सुनायो
छर्ने गर्यो सुन्दर बात छर्ने
हर्ने तुरुन्तै मनचित्त हर्ने ।१।
फुल्दैछ भन्थ्यो नव पुस्प झट्ट
डुल्दै गर्यो मेलमिलाप चट्ट
खुल्दैछ रे द्वार अचम्म पार्ने
भुल्दैन रे कर्म सबै सिंगार्ने ।२।
तर्केर जाने मन छैन भन्छ
झर्केर बोल्दैन विनम्र बन्छ
फर्केर गर्ने शुभ शब्द बोल्छ
चर्केर आफ्नो किन भेद खोल्छ ।३।
बाटा र घाटा म बनाउनेछु
लाटा र सोझा म मनाउने छु
भाटो लिँदै भोलि म आउने छु
आटो पिठोसम्म चपाउने छु ।४।
०००
प्राप्चा, ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest








































