साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चामल खरिद

पोकाको चामलले आत्तिएका हामी एकपटक खुला चामल किन्ने बिचार गर्यौं यसको प्रयोग गर्नेहरूले भने यो पनि भने जस्तो छैन । जसमा ढुङ्गाका टुक्रा र रौं भेटिएछ आधा त कनिका मात्र थियो रे ।

Nepal Telecom ad

अचेल
बासमति र जर्नेली चामल पाइदैन
आँपझुत्ते मार्सी र बिरिमफूल
जर्नेली अनदी र
घैया धानको चामल
बजारमा कतै छैन ।

बिक्रेताहरू चामलमा बास्ना छ भन्छन्
त्यो त गफमात्रै हुन्छ
कुनै चामल
निकै लामा दाना भएका पनि छन्
तर तिनमा पटक्कै स्वाद छैन
सबै नाम मात्रका
पाँच पाँच केजीका पोकाहरू ।

पुराना व्यापारीहरू भन्छन्
महेन्द्र छाप चामल स्वादिलो हुन्छ
नयाँ व्यापारीहरू भन्छन्
समाजवाद छाप पो गजब छ
कसैले
माओ छाप चामल देखाए
कसैले माक्र्स छापको नाम लिए ।

हुक्का र चिलिम छाप
भेडा गोरु र गधा छाप
हावा र बतास छापका चामलले
छ्याप छ्यापी बजार ढाक्यो ।

मैले ध्यान दिएर हेरें
खोलमा छापिएका चित्रहरू
निकै चित्ताकर्षक थिए
बाहिर भने सर्लक्क परेका
रहर लाग्दा र खाउँ खाउँ लाग्ने
सुन्दर तस्वीर भएका खोलहरू ।

व्यापारीहरूको वयानले मात्र होइन
हामी पनि
कुनै छाप चामलको सौखिन बन्यौं
तर हामीले
कहिले पनि प्याकेट खोलेर हेरेनौ
चामल खरिद गरिरह्यौं
भात पकाइ रह्यौं, खाइ रह्यौँ ।

जब भातको नमिठो गन्ध फैलियो,
हामीले खोल च्यातेर हेर्यौं
त्यसभित्र
खोलमा उल्लेखित चामल थिएन ।

पानीले भिजेर औँसा परेको
कुहिएको र सडेको चामल थियो
जसको प्रयोगले
पखाला लाग्न सक्थ्यो
उल्टी हुन सक्थ्यो
अजीणर् हुन सक्थ्यो
अन्त्यमा
मान्छेको मृत्यु समेत हुन सक्थ्यो ।

एकदिन अर्को व्यापारी भन्दै थियो
हामीसँग ढिकीमा कुटेको चामल छ
त्यसमा नाम अङ्कित खोल थिएन
त्यलाई कुनै पोकामा राखिएको थिएन ।
पोकाको चामलले आत्तिएका हामी
एकपटक
खुला चामल किन्ने बिचार गर्यौं
यसको प्रयोग गर्नेहरूले भने
यो पनि भने जस्तो छैन ।
जसमा ढुङ्गाका टुक्रा र रौं भेटिएछ
आधा त कनिका मात्र थियो रे ।

हामीले निर्क्याैल गर्यौं
मुख्य खाद्यान्न जस्तो कुरा
अब आयन्दा
विवेक पुर्याएर मात्र
चामल खरिद गर्नु पर्छ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x