साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष्मी पूजा

हजुरसंग कार छ आफ्ना मात्रै होइन अर्काका लक्ष्मी पनि घुमाउँनुहुन्छ, बेइमानीको गिटार बजाएर इमान्दारिताको गीत गाउँनुहुन्छ, त्यसैले लक्ष्मी त्यतै आउँनुभएछ, मज्जाले पूजा गर्न पाउँनुभएछ बधाई छ हजुर !

Nepal Telecom ad

लक्ष्मी तपाईंकोमा आउँनुभएछ
मज्जाले पूजा गर्न पाउँनुभएछ
बधाई छ हजुर !

हाम्रोतिर त हेर्नुभएन
आउँनोस भन्दा टेर्नुभएन
मोमबत्ती बालियो
ताईमा बाबर हालियो
ऋतु जनाइयो
तिहार मनाइयो
यस्तै छ है हजुर !

लक्ष्मीलाई पनि सान र सौकत नै चाहिंदोरहेछ
लक्ष्मी बोलाउँन पनि औकात नै चाहिंदोरहेछ
हजुरहरुकोतिर अल्मलिएपछि
हजुरहरुकै महानताले
हाम्रो झुप्रो छलिएपछि
कहाँ हामीलाई देख्नु र
कहाँ यस्तो धूलौटोमा वहाँले टेक्नु र
हजुरले नै अनेक थोक सजाउँनुभएछ
लक्ष्मी तपाईंकोमा आउँनुभएछ
मज्जाले पूजा गर्न पाउँनुभएछ
बधाई छ हजुर !

हो हजुर !
हजुर हाकिम हामी कारिन्दा
हजुर नेता हामी जनता
उता पनि गइएन हजुर !
यताको पनि भइएन हजुर !
माटोले टालेको दराजको खापाबाट मुसो पसेपछि
बिहेमा सिलाएको कोटको गोजीमा
माकुरो बसेपछि
अर्काले टेर्दैनन् हजुर !
आफ्नाले पनि हेर्दैनन् हजुर !

हजुरसंग कार छ
आफ्ना मात्रै होइन अर्काका लक्ष्मी पनि घुमाउँनुहुन्छ
बेइमानीको गिटार बजाएर
इमान्दारिताको गीत गाउँनुहुन्छ
त्यसैले
लक्ष्मी त्यतै आउँनुभएछ
मज्जाले पूजा गर्न पाउँनुभएछ
बधाई छ हजुर !

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x