साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए ! तिमी कविता कोर्दैछौ ?

अनुगमनको मोटो रकमी डस्नामाथि बसेर अवसरको माल पल्टाउनेहरू अरुलाई अवसरवादीको विल्ला लगाउँदैछन् गाली गर्दैछन् चिच्याउँदैछन् देश त परिवर्तन भैसक्यो कान्छा ।

Nepal Telecom ad

ए !
तिमी अझै रातीसम्म
ओछ्यानमा ढल्केर कविता कोर्दैछौ ?
देश त परिवर्तन भैसक्यो कान्छा !
विकाश धेरै अगाडि गैसक्यो कान्छा !

यहाँ अब पोथीहरू
नाथे दस रुपियाँको अण्डाको लागि
आफ्नू फिगर नबिगार्ने भैसके
सयौं भालेहरू आफ्नू भाउ बढाउँन
हजारौं चल्ला मार्ने भैसके
खसीहरू खस्किन थालिसके
बोकाको भाउ बढेकोछ
बार्दलीदेखि सडकसम्म कुकुरको जुलुस छ
भान्सामा प्याजको गर्मी चढेको छ
यहाँ देश परिवर्तन भैसक्यो कान्छा !
विकाश धेरै अगाडि गैसक्यो कान्छा !

संसदमा छिर्नुभन्दा पहिले
सरकारको विधेयक चिया पसलभित्र छिर्छ
सन्धि सम्झौताका अदृश्य फाइलहरूले
मध्यम वर्गीयहरूलाई पिर्छ
यहाँ न्यायाधीशको इजलास बस्नुभन्दा पहिले
भट्टीभित्र निणर्य गरिन्छ
हुन्छ भन्नेहरू हुन्न भन्नेहरूमाथि
हुन्न भन्नेहरू हुन्छ भन्नेहरूमाथि
असमयमै हात उठाउँछन्
यहाँ जित्नेहरू हार्नेको सरमाथि बोतल फुटाउँछन्
देश त परिवर्तन भैसक्यो कान्छा !

चितुवा समाउँन बाख्राको पासो थापिन्छ
किसानको बाख्रा टोक्ने बेवारिसे कुकुर मार्दा
पशु अधिकारवादीहरूको लेख छापिन्छ
आदर्शका किताबहरू पढीनभ्याउँनु छ
आजभोलि सबैतिर
कागजी घोडा दौडिंदैछन्
भत्किएको सडकमा टक टक टक ।

कार्यपत्र
योजना
गोष्ठी सेमिनार
खरिद खाजा
अतिथि सत्कार
ब्याज खादा माला मारामार
बोराका बोरा प्रिन्टेड उपलब्धि
विकाश त भैसक्यो कान्छा !

पिकनिक पार्टी भोज
आज यहाँ भोलि वाहाँ भ्रमण खर्च
फोटो फ्रेम तथाकथित सम्मान
आजभोलि सबैतिर
कागजी घोडा दौडिंदैछन्
नक्कली किसानहरू
खादा मालामा सजिएर
प्लाष्टिकक फूलहरू फुलाउँदैछन्
हाइब्रिड काउलीका किराहरू जस्तै
बेमौसमी लार्भा कोरल्दैछन्
सरकारी नम्बरवाला गाडीका चक्काहरूले
तेलको फित्ता फुकाएर
योजनाको किताब नाप्दैछन्
धेरैपल्ट नाच्न नजानेको अभिव्यञ्जनामा
उपलब्ध आँगनलाई सराप्दैछन् ।
अनुगमनको मोटो रकमी डस्नामाथि बसेर
अवसरको माल पल्टाउनेहरू
अरुलाई अवसरवादीको विल्ला लगाउँदैछन्
गाली गर्दैछन्
चिच्याउँदैछन्
देश त परिवर्तन भैसक्यो कान्छा ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x