शेषराज भट्टराईस्वादे जिब्रो अल्छे तिघ्रो
इतिहासले सोधे- अनि तिम्रो जागिर पनि छ ? लोग्नेमान्छेको जागिर र स्वास्नीमान्छेको उमेर नसोध्नु भन्ने कुरा जिउँदो इतिहासलाई थाहा थिएन क्यार ?
“स्वादे जिभ्रो अल्छे तिम्रो जागरिलादेखि लिएर अल्छीसम्म र सत्तापक्षदेि लिएर प्रतिपक्षसम्म हुन्छ । अन्तर्राष्ट्रिय भलादमीदेखि लिएर राष्ट्रिय आदमीसम्म हुन्छ । यो नभए देशको अर्थतन्त्रदेखि लिएर प्रजातन्त्रमा पनि ठप्प बिर्को लाग्न सक्छ । सबैसँग भएको र सबैलाई थाहा भएको हुनाले सारसंक्षेपमा मन्थन गर्दछु ।
कसैका शेषनागका झैं हजार जिभ्रा र साँढेका के अल्छी तिघ्रा पनि हुनसक्छन् । कसैको विशेषता कसैसँग मिल्यो भन्दैमा एकले अर्कालाई हान्ने राँगाले झैँ हेर्नपर्छ भन्ने छैन । जे भए पनि विशेषता त विशेषता नै हो । एक अर्कामा मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ । पञ्चको पालाको राष्ट्रिय नेताका विशेषता र वर्तमानका राष्ट्रिय नेताको विशेषता पटक्कै नमिल्न पनि सक्छ । विमानस्थलको भन्सारको कर्मचारीको विशेषता र सीमाक्षेत्र बाहिरका भन्सार कर्मचारीको विशेषता अब र्याङको ठ्याङ मिल्छ । विचार गर्नुस् न फुर्तिफार्ती, चालचलन हाउ-भात, कर्याककुरुक उस्तै छ । जसरी वर्तमानका नेताको वर्ताबाट वार्ता मिल्छ । मिल्यो त मिल्यो, भाग्यले मिल्यो । अब रिसाएर के हुन्छ ? तर आफ्नो चाहिँ भूतपूर्व जिभ्रो र तिम्रो यथावतै छ तर द्वन्द्वात्मक रूपमा । प्रतिपक्षले मरेर कर्तव्य पूरा गर्छ । सत्तापक्षले त्यसलाई सौतालाई झैँ एकै गाँस बनाउँछ । मुख खालि भयो कि जिभ्रो बकबकाउन लालिहाल्छ । सत्तापक्ष हन्डर खाएर जोरजाम गर्छ, तर प्रतिपक्ष त्यसलाई स्वाहा पार्छ । प्रतिपक्ष केही गरेर नमूना बनेर नदेखाई भएन भनेर केही गरेर देखाउँछ । सत्तापक्ष त्यसलाई एकै गाँस बनाउँछ । जिभ्रोमा अलिकति नून तलमाथि एकै गाँस बनाउँछ । जिभ्रोमा अलिकति नुन तलमाथि हुनुहुँदैन, प्रतिपक्षको सारा गुण बिर्सिहाल्छ । जिभ्रोले ठिक्क मीठो बाहेक केही चाहँदैन, तर प्रतिपक्षले तीतो, नमीठो, टर्रो, हर्रो सब जिम्मा लगाइदिन्छ । के खोज्छस् काना ? आँखो भनेजस्तो जिभ्रो चौपट बटारिन थालिहाल्छ । भ्यागुते नेतादेखि लिएर साँढे नेता पनि डुक्रिने, टरटराउने बरबराउने कानै खाने गरी मानै लाने गरी चारै पाउ फ्याँकेर कुर्लिन्छन् ।
हुन त मेरो जिभ्रो र तिघ्रो पनि यही कोटिको हो । दुवै पक्ष र प्रतिपक्ष परेँ म निस्पक्ष । न घरको न घाटको परेन फसाद । अनि त याद आउँछ समको कविताको- “सहू सहू सहू बाबु सहन नसके पनि ।” कहिले तिघ्राले लघार्छ, कहिले जिब्रोले पछार्छ । कहिले तिघ्रोले सपार्छ त कहिले जिभ्रोले बिगार्छ । कहिले जिभ्रोले स्वीकार्छ, तिघ्राले धिक्कार्छ । हैरान परेको छु । गालामा परेको खाल्डो कहिले नउक्सने भइसक्यो । कहिले तिघ्राले लछार्छ रातदिनको झगडा, साँढेको जुधाई बाछाको मिचाई यस्तो हन्डर कसरी सहनु ? कति सहनु ? एक आपसमा मीत लगाएदेखि मीतको कुरा गीतले काट्ने प्रश्नै हुँदैनथ्यो । नत्रभने एउटाले गर्नु अर्काले हसुर्नु, अर्काले गर्नु भिन्नैले हसुर्नु । लुछालुछ, तानातान, एउटा छुसीले अर्काको खुट्टा समाएको छ, अर्काले एउटाको टुप्पी समाएको छ । राष्ट्रिय ताण्डव नृत्य । दुई-तीन दिन चक्काजाम हुन्छ तर तिघ्राजाम कहिल्यै हुँदैन । देश बन्द हुन्छ तर एक दिन पनि जिभ्रो बन्द हुँदैन । के जिभ्रो र तिघ्रो गर्भावस्थादेखि नै सक्रिय थिए ? यसको इतिहास कसले कोरलेर राखेको होला ?
समयको अविरल गतिसँगसँगै एक दिन जिउँदो फेला पर्यो । जिउँदो इतिहास आफै बोल्ने भएकाले कति वर्ष पहिलेको भन्न नपाउँदै इतिहास पङ्कड्क्यो- ‘’छपन्न उसो, साठी यसोमा चल्दैछु । जिभ्रो र तिघ्राको बारेमा पक्कै केही जानेको हुनुपर्छ भन्ने ठानेर बुढियालाई प्रश्नको घोचो बजारियो- जिभ्रो र तिघ्रोको बारेमा केही थाहा थियो कि ? “होइन के सोधेको ? जिउँदो इतिहास अगाडि बढ्यो ‘हेर बाबु मैले उसबेलामा एक दर्जनभन्दा बढी भुराभुरी पैदा गरेको हुँ । त्यसमा कुनै सन्तान औपचारिक थिए त भलै कुनै सन्तान अनौपचारिक पनि छुट्याऊँ । जेसुकै भयो, भयो टर्यो । मेरा बाआमा त करोडभन्दा बढी छोराछोरी धर्तीमा ओराल्न सफल भए । तर एउटा अचम्मको कुरा, सन्तान दिन प्रतिदिन बढ्दैछन्, किन ? मेरा पुर्खाले जति जन्माए मैले त्यसको आधी जन्माएँ । मैले जति जन्माएँ मेरा छोराछोरीले त्यसको ठीक आधी जन्माए । अब हुने पुस्ताले पनि आधीको आधी जन्माउलान् अनि अन्तिममा जनसङ्ख्या सङ्कटले जन्म लिने त होइन ? कहीं जनसङ्ख््या घटाउन राष्ट्रले राष्ट्रिय सङ्कटलाई अघि सारेको त होइन ?
इतिहासले भने- ‘पुर्खाको पालाको जिभ्रो र तिघ्रो आज-भोलिका जिभ्रो र तिघ्रोभन्दा भिन्न थिए । पहिलेका जिभ्रा त्यति मात्तिएका थिएनन् बरू तिघ्रा भने कम थिएनन् । हुन त, सासूको जिभ्राले बुहारीलाई सर्लक्कै खान्थे । राणाको पालामा जिभ्रालाई कारागारमा राखियो र तिघ्राकै फाँइफुट्टी चल्यो । एकसय चार वर्षसम्म यस्तो कुकार्य भयो । कुकार्य भनेको कुकुरले गर्नेजस्तो कार्य हो । पञ्चका पालामा आएर जिभ्रो एकदमै जाग्न थाल्यो । तर म त समयसापेक्ष भएर चल्नसक्थेँ समयसापेक्ष भएर चल्न नसक्नेलाई पर्नु पीर पर्यो, ज्यानलाई पर्नु पीर पर्यो । साँच्चै भनूँभने मान्छे म जस्तो हुन सक्नुपर्छ रङ बदल्न सक्ने ।
उसबेलाको हरियो परियोबाट बनेको गुन्द्रुकले अझै साँझ-बिहान धानेकै छ तर आजभोलि जिभ्रोस्फीति, तिघ्रोस्फीति, फेशनस्फीति, गुण्डागर्दीस्फीति, डाक्टरस्फीति, साहित्यकारस्फीति, नेतास्फीति, मुद्रास्फीति, जनतास्फीति, विदेशी आगमनमा स्फीति, शहीदस्फीति, गरिबस्फीति, सङ्कटस्फीति, गर्दा भन्दा मेरो बोली पनि स्फीति हुने हो कि ? इतिहासले सोधे- अनि तिम्रो जागिर पनि छ ? लोग्नेमान्छेको जागिर र स्वास्नीमान्छेको उमेर नसोध्नु भन्ने कुरा जिउँदो इतिहासलाई थाहा थिएन क्यार ?
०००
‘ऋषिमुनिका सन्तान सिसीमुनि’ २०५९
Subscribe
Login
0 Comments
Oldest







































