साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मौकामा चौका

च्याँखे थाप्नेहरू भन्छन् पाँचै ठाडा परोस् कौडा हान्नेहरू भन्छन् चौका मात्रै झरोस् । बजेटको हल्लाखल्ला मच्चिएको मौका छोपीकन छाडिदिए पाँचै ठाडा, चौका ।

Nepal Telecom ad

गधालाई नुहाएर गाई हुँदैहुन्न
जति सफा गरे पनि गन्हाउँछ डुङ्ङ ।

जल्ले दिन्छ मोटो मुठो, कुरा हावादारी
उसैको छ विजयको पक्का पल्ला भारी ।
जितेपछि बिर्से सबै बाचा जेजे थिए
चुनाबको खर्चभन्दा लाखौँ बढी लिए ।

किचेका छन् जनताका इच्छा चोखा थिए
मिचेका छन् मन-माला सुनौला जो थिए ।
जुधाएर साँढेलाई बाच्छा-बाच्छी मिचे
सुकाएर गाईलाई सुकुटी झैँ थिचे ।

डाँफे चरी चपाएर, कुम्ल्याएर रमे
जनताका पीरमर्का ओछ्याएर जमे ।
कल्ले सक्ने हल्लाउन लिसो जमेपछि ?
भुँडीभित्र हुलेपछि कल्ले भेट्ने दसी ?

सकिँदैन साँढेलाई खसी बनाउन
छाडा छोडेपछि उही थाल्छ गन्हाउन ।
साढेँभन्दा बोको ठूलो हुन थालेपछि
सीधासादा जनता झन् पर्न थाले खसी ।

च्याँखे थाप्नेहरू भन्छन् पाँचै ठाडा परोस्
कौडा हान्नेहरू भन्छन् चौका मात्रै झरोस् ।
बजेटको हल्लाखल्ला मच्चिएको मौका
छोपीकन छाडिदिए पाँचै ठाडा, चौका ।

०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x