साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन चड्कन

मुसाले लिएर जाँदा पनि बिहेकै रचना लगेको देखेर मलाई औधी हाँसो लाग्यो ।

Nepal Telecom ad

१.शुभकामना

मेरा मित्रको व्यवहारदेखि वाक्कदिक्क भएर मलाई पैतालादेखि रिस उठिरहेको थियो । त्यहीबेला उसले मलाई मोबाईलमा एस.एम.एस. गर्यो । लेखिएको थियो- विजया दशमीको सुखद उपलक्ष्यमा सम्पूणर् परिवारजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

मोवाईलमा त्यो सन्देश देख्ने बित्तिकै मेरो दिमागमा उसले गरेको व्यवहार चलचित्रको रिल घुमे झैं घुम्यो । त्यसको प्रत्युत्तर यति छिटो आयो कि मैले यस्तो लेखें- विजया दशमीको उपलक्ष्यमा तँलाई १८००० हजारको शुभकामना दिएँ है ! उसले खुशी हुँदै मलाई म्यासेजमा लेख्यो- त्यत्रो त्यत्रो हजारको शुभकामना ! सबै मलाई दिएर अरूलाई के दिन्छस् नि !

मैले ठट्टा गर्दै त्यत्रो रकमको शुभकामना उसलाई दिनुको कारण पैसा फिर्ता पाउने आश मरेर हो ।

२.नातामा मुद्दा

दिलरत्नको सम्पत्तिको विषयमा धर्मपुत्रका रूपमा पालेका भाइ र छोरीहरू बीच मुद्दा चल्यो । त्यसबेला दुबै पक्ष हार्ने पक्षमा देखिएनन् । दुबैले तिकडम, जालझेल लगायतका विभिन्न खेलहरू खेले । अन्तिममा भाइ हिरारत्नले मुद्दा जित्यो । त्यतिन्जेलसम्ममा हिरारत्नको घर र घरले आर्जेको जग्गा बाहेक अरू सम्पत्ति सबै स्वाहा भैसकेको थियो ।

हिरारत्नको पक्षमा वहस गर्ने वकिलको घर भने उता दरबार बन्दै थियो ।

३.बिहेको रचना

मेरो कोठामा किताब, सिर्जनाका रचनाहरू, अन्य कागजपत्रले भरिएको छ । राति खस्र्याक खुर्सुक गरेको आवाजले मेरो निन्द्रा भङ्ग भयो । उठेँ, बत्ती बालेर हेर्दा त कागजपत्रहरू सव छरपस्ट अवस्थामा थिए । आज राति मुसा आएर यसो गरेछ भन्ने सम्झेँ । त्यहाँको अवस्था देखेर मनमा शंका लाग्यो । अनि कोठामा छापा मार्न थालेँ । दराजको पछाडिपट्टि बिहे दर्ता शीर्षकको एउटा हास्यव्यङ्ग्य पो भेटेँ ।

मुसाले लिएर जाँदा पनि बिहेकै रचना लगेको देखेर मलाई औधी हाँसो लाग्यो ।

०००
चाबहिल, सरस्वतीनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x