साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट दिउँ दिउँ भो

हैन झुट्टो बोलेको संसदमा अब नसुत्ने नारा लाउँदै भत्ता नबुझ्ने भागेर रोस्ट्रममा पुग्नु पर्दैन गल्तीमा माफी माग्ने रे ! कमिसनको पैसा छाद्ने रे ! उहाँ आएर रुनु भो मलाई भोट दिउँ दिउँ भो ।

Nepal Telecom ad

उहाँ आउनु भो
मलाई काममा सघाउनु भो
घरि जाँतो घुमाउनु भो
घरि ढिकी उचाल्नु भो
भनेको सबै मानेर
मेरा झिँगा धपाउनु भो
कति मीठो बोलेको
हृदय सबै खोलेको
सिस्नोजस्तो नपोल्ने
बढी केही नबोल्ने
बोले पनि बिर्सने
विकास सबै गर्ने रे !
काममा आफैं खट्ने रे !
बहुमत दिनु पर्ने रे
संसद विघटन नगर्ने रे
हिजो तर मार्न नपाउँदा
पेट अघाउँदै अघाएन रे !
डकार आउन छोड्यो रे !
कब्जियतले गाल्यो रे !
उहाँ आफै रोगी रे !
अहिले हारे जोगी रे !
देश विकास गर्ने भा
डाँडाको टावर चढ्ने भा
एक पटक भोट हाल्न
अवस्य जानू रे !
भत्ता सबै खानु रे !
रोग आउँदै आउँदैन
विदेश जानु पर्दैन
गए पनि फर्कनु
मँहगीदेखि नतर्सनु
उहाँले भाषण गरेको
म सुन्ने परेको
विश्वास धेरै गर्नुछ
उहाँकै शरण पर्नुछ
घोषणापत्र कोरेको
हैन झुट्टो बोलेको
संसदमा अब नसुत्ने
नारा लाउँदै भत्ता नबुझ्ने
भागेर रोस्ट्रममा पुग्नु पर्दैन
गल्तीमा माफी माग्ने रे !
कमिसनको पैसा छाद्ने रे !
उहाँ आएर रुनु भो
मलाई भोट दिउँ दिउँ भो ।

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x