साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइनोका सात फाँकी

भत्के ऐन-नियम वास खोज्दै कर्मयोग अग्लियो बेथितिको थुप्रो !

Nepal Telecom ad

१.
हराए नि सत्पात्र !
होड छ खलहरूको
ऊ ! सबै उस्तै कानचिरा !!

२.
यी फूल टिप्ने हात
कसले उखेल्छ झार ?
यहाँ खानकै छ हतार !

३.
फुल्दैन सुनगाभा
डेरा सर्‍यो स्वाधीनता
स्वार्थलिप्त नव चिन्तन ?

४.
डुलिराछ सिरेटो
मलीन छ फूलबारी
खै ! कता छ हाम्रो वसन्त ?

५.
जीवनको यो नाता
हुर्कंदै सिर्जना बिज
साइनो हो कर्म सौर्न्दर्य !

६.
भत्के ऐन-नियम
वास खोज्दै कर्मयोग
अग्लियो बेथितिको थुप्रो !

७.
बुद्ध माग्दैनन् युद्ध
माटो रोज्दैन विलास
स्वार्थ बनाउँदैन देश !

०००
पर्वत, हाल-काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x