साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को सक्छ नेता हुन ?

मौकामा छलछाम गर्न बखडा पारेर बोल्नै पर्‍यो बोल्नै झूट छ झूटका छिंडहरू ढाँटेर टाल्नै पर्‍यो पारी स्वाङ समाजका अघि सधैं गोही रुएझैं रुन यस्तो दुस्तर काम गर्नु छ यसै को सक्छ नेता हुन ।

Nepal Telecom ad

हत्त्याका अपराधका विकटिला पर्खाल नाघेर म
कुर्सीमाथि चढें बडो गहकिलो भेटी चढाएर म
व्यर्थै फूल चढाउँदै सहिदको को सक्छ खुट्टा छुन
यस्तो मुस्किल काम गर्नु छ यसै को सक्छ नेता हुन ।

बोल्नै पर्दछ चन्द्र सूर्य अथवा तारा टिपी ल्याउँछु
पुल्ठा टायर बाल्नतर्फ जनता धेरै म हौस्याउँछु
मिथ्याको भ्रम छर्नु पर्छ अथवा देखावटीमा रुन
यस्तो दुस्तर कार्य गर्नु छ यसै को सक्छ नेता हुन !!

कुर्सीमा छ बसेर डुक्रनु सधैं उन्मत्त साँढेसरि
भोकै थाम्नु कता अघाउनु कता सुख्खा गरामा चरी
भ्रष्टाचार विना सकिन्न प्रभु हो यो पेट डम्फ्याउन
यस्तो दुस्तर कार्य गर्नु छ यसै को सक्छ नेता हुन ।।

झ्याम्लेको दल उग्र हुन्छ मदिरा वा जाँड पाएन कि
मानौं नाटक गर्छ लाख घुसको धोक्रो बुझाएन कि
नेताले पनि पर्छ नित्य उसकै न्यूरेर खुट्टा छुन
यस्तो दुस्तर कार्य गर्नु छ उसै को सक्छ नेता हुन !!

माटो मात्र कहाँ र बोट बिरुवा देशै चबाएन कि
काँचै खान अगाडि सर्छ छिनमै आफू अघाएन कि
त्यस्ता दानवको निरन्तर सधैं को सक्छ खुट्टा धुन
यस्तो दुस्तर कार्य गर्नु छ उसै को सक्छ नेता हुन !!

नेता भो कि समस्त देश उसकै तोक्नेहरू छन् यहाँ
भित्री तथ्य प्रमाणसम्म नबुझी खोक्नेहरू छन् यहाँ
अर्कै हुन्छ अदृश्य शक्ति जसको झन् हुन्छ तातो खुन
त्यस्ताको नजिकै बसी सहजले के सक्नु नेता हुन ।।

मौकामा छलछाम गर्न बखडा पारेर बोल्नै पर्‍यो
बोल्नै झूट छ झूटका छिंडहरू ढाँटेर टाल्नै पर्‍यो
पारी स्वाङ समाजका अघि सधैं गोही रुएझैं रुन
यस्तो दुस्तर काम गर्नु छ यसै को सक्छ नेता हुन ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x