सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मान्छे आफै लिलाममा

उधौली उभौली पूर्णिमा संक्रान्ति तिज र औंसी दान र दक्षिणा भएर आइ रहोस् चुनाव लागि रहोस् चुनावी हाटबजार लिलाममा आफै चढ्न, मान्छे !

Nepal Telecom ad

आफ्नो मोल आफै तोकेर
केही थान थप मान्छेको नाम बोकेर
आफ्नो मोल होलसेलमै मोलेर
बिक्रीमा मान्छे आफै चढेर
लिलामा छ सेकेण्ड सेकेण्ड गनेर ।

समय सिमा तोकेर
तमसुक कोरेर
साक्षी ल्याप्चे ठोकेर
मतको नाममा
चुनावको काममा
बोका खसी भन्दा सस्तो
तौलिन नपर्ने थोक मूल्यमा
चुनावी बजारमा मान्छे बिक्रीमा !

अकरो छैन मान्छे
आफै मूल्य तोकेर सस्तैमा ग्राहक खोज्दै
टिनिनी फोनको घण्टी बजाउदै
फरक फरक पार्टी र नेतासँग
अलकति थोरै माथिल्लो सौदावाजी गर्दै
लामबद्ध मान्छे लिलाममा चढ्दै ।

देश, समाज र राष्ट्र
स्वाभिमान अखण्डता र राष्ट्रियता
भन्ने कुरा न हुन्
सुन्ने कुरा न हुन्
गणतन्त्र, प्रजातन्त्र
खेल्ने कुरा न हुन्
जान्ने कुरा त द्रव्य हो, द्रव्य !

चुनाव आवस् आइ रहोस्
चुनाव रकमरूपी चाड होस्
पाँच वर्ष किन ?
वर्षवर्षै आवस्
दशैं बनेर
तिहार भनेर
उधौली उभौली
पूर्णिमा संक्रान्ति
तिज र औंसी
दान र दक्षिणा भएर
आइ रहोस् चुनाव
लागि रहोस् चुनावी हाटबजार
लिलाममा आफै चढ्न, मान्छे !

०००
कैलाली, हाल काठमाडौ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बैँसका बेबी

बैँसका बेबी

शिवप्रसाद जैशी
खान्छौँ त, जे बाँकी छ !

खान्छौँ त, जे बाँकी...

शिवप्रसाद जैशी
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुत्ता

जुत्ता

ठाकुर बेलबासे
विना श्रीपेचका राजा

विना श्रीपेचका राजा

रामशरण न्याैपाने
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
आफ्ना खास

आफ्ना खास

रामदेव पाण्डे