साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे आफै लिलाममा

उधौली उभौली पूर्णिमा संक्रान्ति तिज र औंसी दान र दक्षिणा भएर आइ रहोस् चुनाव लागि रहोस् चुनावी हाटबजार लिलाममा आफै चढ्न, मान्छे !

Nepal Telecom ad

आफ्नो मोल आफै तोकेर
केही थान थप मान्छेको नाम बोकेर
आफ्नो मोल होलसेलमै मोलेर
बिक्रीमा मान्छे आफै चढेर
लिलामा छ सेकेण्ड सेकेण्ड गनेर ।

समय सिमा तोकेर
तमसुक कोरेर
साक्षी ल्याप्चे ठोकेर
मतको नाममा
चुनावको काममा
बोका खसी भन्दा सस्तो
तौलिन नपर्ने थोक मूल्यमा
चुनावी बजारमा मान्छे बिक्रीमा !

अकरो छैन मान्छे
आफै मूल्य तोकेर सस्तैमा ग्राहक खोज्दै
टिनिनी फोनको घण्टी बजाउदै
फरक फरक पार्टी र नेतासँग
अलकति थोरै माथिल्लो सौदावाजी गर्दै
लामबद्ध मान्छे लिलाममा चढ्दै ।

देश, समाज र राष्ट्र
स्वाभिमान अखण्डता र राष्ट्रियता
भन्ने कुरा न हुन्
सुन्ने कुरा न हुन्
गणतन्त्र, प्रजातन्त्र
खेल्ने कुरा न हुन्
जान्ने कुरा त द्रव्य हो, द्रव्य !

चुनाव आवस् आइ रहोस्
चुनाव रकमरूपी चाड होस्
पाँच वर्ष किन ?
वर्षवर्षै आवस्
दशैं बनेर
तिहार भनेर
उधौली उभौली
पूर्णिमा संक्रान्ति
तिज र औंसी
दान र दक्षिणा भएर
आइ रहोस् चुनाव
लागि रहोस् चुनावी हाटबजार
लिलाममा आफै चढ्न, मान्छे !

०००
कैलाली, हाल काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घोल

घोल

शिवप्रसाद जैशी
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x