साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मालिक आउनुभयो

मालिकको कोशेली खाऊँ त म फेरि गुलाम हुनेछु, मालिकको कोशेली फ्याँकिदिऊँ त मेरो परिवार भोकभोकै हुनेछ । तपाईं नै भनिदिनुहोस न- मालिकको कोशेली म के गरौँ ?

Nepal Telecom ad

मालिक…. आउनुभयो
आहा ! आहा !! बर्षौँपछि
रातको सन्नाटालाई चिर्दैचिर्दै
अनुहारमा मुखट्टा बाँधेर
हातभरि कोशेली बोकेर आउनुभयो ।

यो रात थियो- चौपट्टै रात
छोरीकी आमाले सपना देख्दै गर्दा,
छोराछोरीहरू भोकभोकै भएपनि
हातखुट्टा फ्याँकेर निदाएको बेला,
मालिक गम्भीर अनुहार लिएर आउनुभयो,
बर्बरिक उठ् रे भन्दै
साउतीमा बोलाउनुभयो,
हातको कोशेली दिनुभयो,
छेउको मुढामा अँध्यारो ओढेर बस्नुभयो ।

मालिक…. आउनुभयो,
एक किलो सुँगुरको मासु
दुई किलो चामल
एक पोको तेल
एक बोतल घरचुवा रक्सी
पान सयेको नयाँ नोट
मालिकले लिएर आउनुभयो ।
मालिक….. आउनुभयो,
जन्मिनै लागेको नयाँ विचारलाई छोप्न
एक मुट्ठी पुरानो विचार लिएर आउनुभयो,
उठ्नै लागेको क्रान्तिको ज्वारलाई दाब्न
एक भुँडी जुठो लिएर आउनुभयो,
सल्किनै लागेको बिद्रोहको ज्वाला निभाउन
एक बोतल रक्सी लिएर आउनुभयो ।

मालिक आज खासै केही बोल्नुभएन,
तीखा आँखाले
ईशारामा थोरै बोल्नुभयो,
मलाई केही नबोल्न भन्नुभयो,
मालिक बिरालोको चालमा
अँध्यारो बोकेर आउनुभयो,
सपना दिएर जानुभयो ।
मालिकको कोशेली खाऊँ त
म फेरि गुलाम हुनेछु,
मालिकको कोशेली फ्याँकिदिऊँ त
मेरो परिवार भोकभोकै हुनेछ ।

तपाईं नै भनिदिनुहोस न-
मालिकको कोशेली म के गरौँ ?

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुर्सी, पैसा र रात

कुर्सी, पैसा र रात

भरत गुरागाइँ बर्बरिक
राई माइला

राई माइला

भरत गुरागाइँ बर्बरिक
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
तस्विर

तस्विर

भरत गुरागाइँ बर्बरिक
स्वयम्भूका आँखा

स्वयम्भूका आँखा

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x