साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्ता कुक्कुर

यस्ता कुक्कुर कति पाल्ने हो, बाघ एउटै बरु पाल्ने हो । यिनको खाना विष हाल्ने हो, कन्टेनरमा सब फाल्ने हो ।

Nepal Telecom ad

घरकै कुक्कुर घरकै कुखुरा
गर्नु त पर्ने उसले पहरा
उसल्यै खाला कसरी जान्नु
खाइसकेपछि हान्नु न तान्नु ।।

अन्त त कुक्कुर जाती हुन्थे
खा भनिएपछि मात्रै खान्थे
हाम्रा कुक्कुर कस्ता कुक्कुर
ढुकुटी सक्छन् लुख्खुर लुख्खुर ।।

पेट नभर्दा चल्न नसक्ने
पेट भरेपछि उठ्न नसक्ने
सोफामै पनि घुर्छन् घुर्घुर
कस्ता होलान् अल्छी कुक्कुर ।।

घिच्न भनेपछि छिन लाग्दैन
जे अघि आओस् घिन लाग्दैन
उनलाई के रिन लाग्दैन
यिनलाई दिन किन लाग्दैन ।।

हाम्रै शिरमा टेकी टेकी
निहुरिन पुग्छन् दुष्ट छिमेकी
चाट्छन् आँखा छेकी छेकी
भयो नसकिने लेखी लेखी ।।

यस्ता कुक्कुर कति पाल्ने हो
बाघ एउटै बरु पाल्ने हो
यिनको खाना विष हाल्ने हो
कन्टेनरमा सब फाल्ने हो ।।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x