साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यिनीहरू को हुन् ?

चिट चोर्न नपाएर कलेज बन्द गराउने विद्यार्थी जस्तै हुन् यी सबै सबै समृद्ध नेपालका खिया लाग्न आँटेका धार लगाउन बिर्सेका तिमी, हामी जस्तै झरीका स्यालहरू हुन् ।

Nepal Telecom ad

उसले मलाई सोध्यो
यिनीहरू को हुन् ?
खुट्टा तान्छन् र अगाडि बढेन भन्दै
ढाडमा सुम्ल्याउँछन्
आँखा चिम्लेर अँध्यारो बनायो भन्दै
मसाल बाल्छन्
आफैं कात्रो किन्छन्
आफैं मुर्दा बन्छन्
चित्ताको आगोमा घिउ थपेर
जय जयकार गर्छन्
अर्काको ढाडमा टेक्छन्
जथाभावी बाटो छेक्छन्
कोही रुन्छन् कोही रुवाउँछन्
घरी कोल्टे फेर्छन् हँसिला हुन्छन्
घरी उत्तानो पर्छन् मलिन हुन्छन्
विचित्र चित्र धारण गर्छन्
कहिले वारि हुन्छन् कहिले पारी पुग्छन्
आफ्नै बोलीको भर नहुने
जिभ्रो चिप्ल्याई रहने
स्वाभिमानभन्दा विज्ञापन रुचाउने
चेत भएका चिन्तन नभएका
बुद्धि भएका विवेक नभएका
उल्फाको धनमा फुपूको श्राद्ध गर्नेहरू
सस्तोमा किनेर मँहगोमा बेच्दा
घाटा पर्ने आयल निगम जस्तै हुन्
पाखामा पुल बनाएर नदीमा माछा मार्न
दुवाली फर्काउने इन्जिनियर जस्तै हुन्
भनौँ
यिनीहरू संसद बिथोलेर भत्ता बुझ्ने
सांसद जस्तै हुन्
सुहागरातको प्रतिक्षामा घुम्टो नखोली बसेकी
नव दुलही जस्तै
अरबौँका रेलका डब्बा हुन्
कमिसन र भत्ताले गाँजेर
सिथिल पारेका सरकारी संस्थान हुन्
चिट चोर्न नपाएर कलेज बन्द गराउने
विद्यार्थी जस्तै हुन्
यी सबै सबै समृद्ध नेपालका
खिया लाग्न आँटेका
धार लगाउन बिर्सेका
तिमी, हामी जस्तै झरीका स्यालहरू हुन् ।

०००
(९८४३०५४१६१)
ओखलढुंगा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x