साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाडिएको जुको

जुन कुरा तिमीलाई अर्थहीन लाग्छ त्यही कुरामा कसैले संसार हल्लाउने आइडिया भेट्टाउँछ ।

Nepal Telecom ad

एकादेशमा एउटा जंगल थियो । जंगलमा धेरै जुकाहरू बस्थे । जंगलमा सिंह नै राजा हुने प्रचलन हटाएर प्रजातान्त्रिक प्रकृयाबाट आफ्ना प्रतिनिधि चुन्नुपर्ने आवाज जुकाहरूको समाजमा उठ्यो । सोही अनुरुप चुनावको मिति तोकियो । प्रतिनिधि चुनिनको लागि एउटा ढाडिएको जुकोले मनोनयन दर्ता गरायो ।

जंगलमा प्रतिनिधि छान्नका लागि चुनाव नजिंकिंदै थियो । समाजसेवी भनेर चिनिएको रगत चुसेर ढाडिएको जुकाको पछाडि थुप्रै युवा जुकाहरू चुनाव प्रचारमा ब्यस्त थिए । चुनाव प्रचारका क्रममा कार्यकर्ताहरू घरघरमा गएर ढाडिएको जुकाको पक्षमा मतदान गर्न अनुरोध गरिरहेका थिए । आमसभा गरेर पनि ढाडिएको जुकाको पक्षमा भोट मागिरहेका थिए ।

जंगलका अरु जनावरहरूले रगत चुसेर ढाडिने बानी परेको जुकालाई भोट नदिने भनिरहेका थिए । तर ढाडिएको जुकाले हो रगत चुसैको हो, अझै पनि चुसिन्छ भनेर घुर्कीको भाषा, धम्कीको भाषा बोलिरहेको थियो । ढाडिएको जुकाका कार्यकर्ताहरूले यसरी प्रचार गरिरहेका थिए कि रगत चुसेर ढाडिइसकेकोले अब त्यो जुकाले अरु जनावरहरूको रगत चुस्नु पर्दैन ।

त्यसपछि यो जंगलमा सबैले चैनसँग बस्न पाउने छन् । अरु जुकाहरूलाई मतदान गरेर प्रतिनिधि बनाउँदा उसल अरुको रगत चुस्न छोड्दैन । त्यसैले ढाडिएको जुकालाई नै मतदान गर्नुपर्ने ब्यापक प्रचार गरिएको थियो । कतिले के पनि भनिरहेका थिए भने पहिले रगत चुस्यो त के भयो, अब चुस्दैन भनेकै छन् । कतिले के पनि भनिरहेका थिए भने ऊ रगत चुसेर ढाडिई सक्यो अब चुस्दैन । कतिले के पनि भनिरहेका थिए भने काम गर्दा गल्ति त भै हाल्छ नि, यसलाई पछि सुधार गर्लान् नि । ढाडिएको जुकाको चुनाव प्रचार शैलीले गर्दा कतिपय विद्वान भनिने जुकाहरूले धर्मशास्त्रको ब्याख्या गर्दै शास्त्रले पनि ‘भावे हि विद्येते देवो’ भनेर भाव मै जोड दिएको छ, चुनाव त एउटा विम्व मात्रै मात्रै त हो नि भनेर मतदाताहरूलाई आश्वस्त बनाए । नभन्दै तोकिएकै दिनमा चुनाव भयो र ढाडिएकै जुकाले चुनाव जित्यो ।

ढाडिएको जुकाले चुनाव जित्यो । विजय सभामा सम्बोधन गर्दै उसले भन्यो- “जुन जमिनमा तिमीले घाँस मात्रै उम्रेको देख्छौ त्यहि ठाउँमा कसैले जीवन बचाउँने जडिबुटी देख्छ । जुन कुरा तिमीलाई अर्थहीन लाग्छ त्यही कुरामा कसैले संसार हल्लाउने आइडिया भेट्टाउँछ ।”

०००
२३ मंसिर, २०७९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x