साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर

म पनि कुकुर भएर जन्मिएर गाउँका अरू भतुवाहरूसित मिलेर बेस्सरी भुक्न मन लागेको छ । ताकि मेरा गाउँका सोझा-सिधा मानिसहरूमाझ आत्मबल बढ़ोस् ।

Nepal Telecom ad

हिजोआज प्रत्येक घरमा कुकुर पाल्ने र गाड़ी राख्ने एउटा फेसनै भएको छ । कुकुर इन्सटलमेण्टमा पाइन्न तर गाड़ी इन्सटलमेण्टमा जति पाइन्छ । किनेको कुकुर कुकुरको मालिकले तानेर लाने कुरै आउँदैन तर इन्सटलमेण्टमा किनेको गाड़ी कम्पनीले तानेर सजिलै लगेको पनि नदेखिएको होइन ।

हाम्रो समाजमा प्रत्येक घरमा गाड़ी किन्ने सोख भएजस्तै कुकुर पाल्ने सोख हुनेहरू पनि जताततै देखिन्छन् । हामी कुकुर मन पराउँछौं । पल्लो घरकोले कुकुर पालेको हुन्छ भने वल्लो घरकोलाई पनि कुकुर किन्नैपर्छ । यो हाम्रो जातिको देखासिकीको ज्वलन्त नमूना हो ।

महङ्गो महङ्गो दामको कहिल्यै नसुनेको नामको कुकुर घरमा पालिन्छ । तर उनीहरू जस्तै जातिका भए पनि कुकुरको नाम चैं हामी आफ्नै पाराले राख्ने गर्छौं । जस्तै टाइगर, लायन, रोनाल्याड, डायमण्ड, टमी, पपी, लुसी, मेरी, जेरी आदि आदि । तर घरमा पालिएका कुकुरहरूको नाम कसैले पनि साइँला, माइँला, नेप्टी, काइँली, भुण्टे राखेको मैले सुनेको छैन । गाउँको लखर लखर डुलिहिँड़्ने भतुवा कुकुरलाई त्यसको रङ अनुसार नाम राख्ने गरिन्छ । जस्तै, रातोलाई राते, कालेलाई काले, खैरोलाई खेरै आदि ।

मालिक मर्निङ वकमा जाँदा कुकुरलाई साङ्लोमा बाँधी अर्काको घर वा गेट अगाडि़ ढुक्कैले मलमूत्र त्याग गराएका देख्ता बाटामा बसेका भतुवा कुकुरहरू भन्दा हुन्, “ऊ भीआईपी आयो साला । साङ्लीमा बाँधिएर त्यसले के फुटाऩी लाउँछ… हामीजस्तो स्वतन्त्र छन् र ? जस्तो हाम्रा नेता उस्तै यी साङ्लोमा बाँधिएका भीआईपी कुकुरहरू । हाम्रा नेताहरू पनि कसैको साङ्लीमा बाँधिएर कुकुरका मालिकले यी सालाहरूलाई जता डोर्‍यायो उतै लागेजस्तै हाम्रा नेताहरू पनि राजनीतिको साङ्लीमा बाँधिएर राजनीतिका दादाहरूले जता डोर्‍यायो त्यतै लाग्छन् । तर हामी कति स्वतन्त्र छौं । हामीलाई न साङ्लीमा बाँध्ने डर… न उनीहरूकै इच्छामा हामी लाग्नुपर्ने डर । यी सालाहरूलाई दिनरात मासु जुट्दो हो । त्यसका मालिकले किसिम किसिमका साबुन, स्याम्पोले नुहाइदिँदा हुन् । त्यसको निम्ति अलग्गै झार्न होला । तर हामी भतुवाको थाप्लोमा दिनहुँ मासु ता के…. एक छाक जुर्नु पनि कठिन पर्छ । हामीजस्तो गाउँको कुना-काप्चा, सड़कतिर लखर लखर डुलिहिँड़्ने भतुवाले के नुहाउनु के दिनहुँ मासु पाउनु । हामी यी भीआईपी कुकुरजस्तो अर्काको भरमा जिउने प्राणी हुँदै होइनौं । हामी पाए खान्छौं नपाए त्यसै गुजुल्टिएर डल्लो परी सुतिदिन्छौं ।”

अर्को भतुवा, “हो नि…साला यी भीआईपी कुकुरहरूलाई मालिकले किसिम तालिम दिन्छ । टेनिस बल पर फ्याँकेर गो टमी… एण्ड ब्रिङ्ग द बल । नून खाएर गुण गाउने पर्‍यो । अन्त हस्याङ फस्याङ हुँदै गोली मुखमा च्यापेर ल्याएको देखिस् तँ हरूले ?”

अर्को टाटे, “हो नि कतै नभाको स्वाङ । त्यो नाथु पनि स्याँस्याँ हुँदै गोली टिपेर पो ल्याउँछ त । एकपल्ट मात्र गरे हुन्थ्यो नि दसपल्ट गोली हान्छ अनि ले भनेर विचारालाई हत्तु पार्छ ।” अर्को पाङ्ग्रे, “हामीलाई त्यसरी गो भनोस् त… मालिकलाई नै गो भनेर गोली टिप्नु लाउनुपर्छ ।”

घरमा पालिएका महङ्गो महङ्गो कुकुरलाई तालिम दिएर कुकुरलाई मान्छेजस्तै बनाएको छ । किनभने कुकुरजातिको सिक्स सेन्स हुन्छ । कुनै कुरा पनि छिट्टै सिक्छ यी कुकुर जातिलाई । यिनीहरूको भयङ्कर घ्राणशक्ति हुन्छ । यसैकारण ता हत्यारा खोज्न स्निपर डगको भूमिका ठूलो देखिन्छ ।

कुकुरलाई धेरैले ‘चौध’ भनेको पनि सुनिन्छ । किनभने कुकुरले टोक्यो भने चौधवटा इञ्जेक्सन लगातार लाउनुपर्छ । कसैले फेरि कुकुरलाई ‘नेताजी’ भनेको मैले सुनेकी छु । कारण कुकुर भुक्छ नेता पनि भुक्छन् । कुकुरको भुकाइमा स्वामीभक्तको साक्षात नमूना देखिन्छ भने नेताको भुकाइमा आश्वासनको भुकाइ मात्र सुनिन्छ । भुक्ने कुकुरले टोक्दैन भन्छ, आश्वासन मात्रै भुक्ने नेताहरूले पनि केही ताछ्न सक्दैन भन्ने पनि बजारतिर सुनिन्छ । कुकुरले टोक्दा जलातङ्क हुन्छ । तर कुकुरले नेतालाई टोक्दा नेतालाई जलातङ्क हुँदैन बरु उल्टो कुकुर नै नेता बनिएर समाजमा भाँड़भैलो मच्चाउँछ ।

एउटा गाउँको कुकुर अर्को गाउँको कुकुरसित नमिले पनि अर्को गाउँको कुकुरले आफ्नो गाउँको सिमाना नाँघ्यो कि गाउँका कुकुरहरू एक भई त्यस कुकुरलाई सिमानाभित्र पस्नै दिँदैन । तर संसारका विवेकशील कहलाइएका हामी मानिस भन्ने जनावर कुकुरभन्दा पनि खतम छौं । तल्लो घर र माथिल्लो घर झगड़ा पर्दा आफ्नो इज्जत खोलाखोल् गर्छौं । पल्लो घरकालाई केही आपद आइपर्‍यो कि वल्लो घरकाले काखी बजाउँछन् । तर माथिल्लो गाउँको कुकुर तल्लो गाउँमा आए गाउँमा भएभरको कुकुरहरू मिली भुकेरै ङ्यार-ङ्यार गरेरै आफ्नो गाउँको कन्फिडेन्सियल रक्षा गर्छन् । .यी भतुवाहरूको मेलमिलाप र एकता देख्दा मलाई पनि अर्को जन्ममा भतुवी कुकुर भएर जन्मिने इच्छा लागेको छ । म पनि कुकुर भएर जन्मिएर गाउँका अरू भतुवाहरूसित मिलेर बेस्सरी भुक्न मन लागेको छ । ताकि मेरा गाउँका सोझा-सिधा मानिसहरूमाझ आत्मबल बढ़ोस् ।

हामी विवेकशील मानिसहरूले यी भतुवाहरूबाट सिक्नुपर्ने धेरै छ । प्रथमतः एकताबद्ध हुन सिकौं । नत्र भने एउटा गाउँको कुकुर र अर्को गाउँको कुकुरले टोकाटोक गरेजस्तै हामी पनि एक अर्काले आफ्नै छरछिमेकलाई टोकेर मार्नेछौं ।

सबभन्दा ठूलो कुरो, हामीसित खेलवाड़ गर्ने, हाम्रो राजनीतिसित ढलिमली गर्ने नेताहरूलाई तपाईं हामी कुकुर भई टोकेरै मारौं ।

०००
खोलाचन्द फाप्री, जलपाइगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x