साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झिँगा !!

विचारका सुन्दर बगैँचामा हैजाका किटाणु झार्न सक्छन् भुन्भुन् गुन्गुन् कहिले गुन्गुनाएझैँ कहिले भुन्भुनाएझैँ यी दुषित झिङ्गाहरू !!

Nepal Telecom ad

भुन्भुन्
गुन्गुन्
कहिले
गुन्गुनाएझैँ
कहिले
भुन्भुनाएझैँ
निरन्तर
डाहाले
छट्पटाहट्ले
कतै
ओठमाथि पखेटा
कतै
पखेटामाथि ओठ
गाउँ होस्
या गोठ
घर होस्
या वन
भान्सा होस्
या बरण्डा
खाट होस्
वा कपडा
आफ्नो भन्ने केही हुन्न
सीप छैन बुन्न
शक्ति छैन उन्न
वा गुन्न
सधैँ
सधैँ नै
पखेटा पहिरन हो कपडा
लालस
लम्पटका धनी
डाहा
इर्ष्याका खानी
खनजोत
यिनका दिमाखमै रहन्नन्
भुन्भुन्
गुन्गुन्
कहिले
गुन्गुनाएझैँ
कहिले
भुन्भुनाएझैँ
निर्वाध
डाहले
छट्पटाहटले
दलिन बार्दली
अर्काकै तयारी
भातका सिताहरूमा
तरकारीका पित्काहरूमा
सफासुग्घर
शरीरका वस्त्रहरूमा
शरीरमा
पाइला जोतेर
सानामसिना सुँढहरू
जसमा
गल्लीका गन्धा छन्
विचल्लीका विचार छन्
विभत्स स्वार्थका
काला दागहरू छन्
आफ्नै पत्नीका
कुरुप रागहरू छन्
पतिका
काला कलुषित
कङ्क्रीट कलङ्कहरू छन्
मात्र
बच्चाका मायावी अनुराग छन्
हुल जम्मा गरेर
यस्तै यस्ताका
डाहले छट्पटाएका
यी झिङ्गाहरू!
सुक्सुकाउँदा शरीरमा
गल्ली टाँस्न सक्छन्
पहिरनमा
छ्याकटा भर्न सक्छन्
होशियार !
भातका सितामा
चुपचाप बस्न नदिनोस्
भान्सामा पस्न नदिनोस्
शिरमा खस्न नदिनोस्
अझ नसा नाडी छामेर
दिलभित्रको
ढोका चुस्न नदिनोस्
खतरनाक यिनीहरूले
दुषित संस्कार सार्न सक्छन्
स्वार्थका जीवाणु झार्न सक्छन्
तिनका कुत्सित फुलहरू
तपाईं
हाम्रै मस्तिष्कका
घरमा पार्न सक्छन्
अर्काकै डाहले बाँच्न पल्केका
श्रमविहीन
सीपविहीन
स्वत्वविहीन
यस्ता झिङ्गाहरूले
अलकापुर शहर
ध्वस्त पार्न सक्छन्
विचारका सुन्दर बगैँचामा
हैजाका किटाणु झार्न सक्छन्
भुन्भुन्
गुन्गुन्
कहिले
गुन्गुनाएझैँ
कहिले
भुन्भुनाएझैँ
यी दुषित झिङ्गाहरू !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x