साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विज्ञापन : प्रधानमन्त्रीको !

यो देशमा कवि कुट्ने कर्मचारी होलान् कवि कुटिने र लुटिने हैन कवि कुट्ने र लुट्ने होलान् । तर नेता कुटिने, जेलमा जाकिने नभई प्रधानमन्त्रीको दाबेदारी कसरी गर्ने ?

Nepal Telecom ad

औतारी काका भैंसीसिङ्गे जुँगा चोस्याउँदै मच्ची मच्ची भाषण छाँट्दै रे’छन् । त्यहाँ भावी प्रधानमन्त्रीको लावालस्कर लागेको रहेछ सबै दलभित्र दुई-चार दावेदार ! सङ्घ सङ्गठनका दाबेदार ! लिङ्ग, अपाङ्ग, जाति, जनजाति, दलितका दाबेदार हेर्दा एक पदले नपुगी प्रधानमन्त्रीको पद पनि बढाउनुपर्ने देखियो । जिल्लैपिच्छे भुरे टाकुरेजस्तो प्रधानमन्त्री बनाउने । स्त्री र पुरुषको त लैङ्गिक दूरी घटाउन कि त दुई जना बनाउनुपर्‍यो नभए दुवैलाई बानेर अर्धनारिश्वर नवनाई लैङ्गिक दूरी घट्ने छाँट छैन । त्यसमाथि महिलाभित्रकै विभेदलाई विचार गर्ने हो भन्ने सौता-सौती, सासू-बुहारीको बरोबरी भाग नदिए शान्ति हुने छाँट छैन । वादको विवाद झन् चर्को । अझ पूर्वका प्रधानमन्त्री भए पश्चिमका चर्कने, उत्तरका भए दक्षिणकाको मुन्टो फर्कने भएपछि विज्ञापन नगरी छान्न सकिने छाँट छैन । अझ विज्ञापन गर्दा पनि जाँच लिनुपर्ने हुन्छ । उहिलेको जस्तो टुँडिखेलमा लस्करै राखेर दौडाउँदै जो पहिला हुन्छ त्यसैलाई प्रधानमन्त्री बनाउने हो भने खेलकुद परिषद्ले म्याराथुन धावक पठाउन बेर छैन ।

औतारी काका भैंसीसिङ्गे जुँगा चोस्याउँदै मच्ची मच्ची भाषण छाट्दै रे’छन् । त्यहाँ भावी प्रधानमन्त्रीको लावालस्कर लागेको रहेछ सबै दलभित्र दुई-चार दावेदार ! सङ्घ सङ्गठनका दाबेदार! लिङ्ग, अपाङ्ग, जाति, जनजाति, दलितका दाबेदार हेर्दा एक पदले नपुगी प्रधानमन्त्रीको पद पनि बढाउनुपर्ने देखियो । जिल्लैपिच्छे भुरे टाकुरेजस्तो प्रधानमन्त्री बनाउने। स्त्री र पुरुषको त लैङ्गिक दूरी घटाउन कि त दुई जना बनाउनुपयो नभए दुवैलाई बानेर अर्धनारिश्वर नवनाई लैङ्गिक दूरी घट्ने छाट छैन । त्यसमाथि महिलाभित्रकै विभेदलाई विचार गर्ने हो भन्ने सौता- सौती, सासू-बुहारीको बरोबरी भाग नदिए शान्ति हुने छाँट छैन । वादको विवाद झन् चर्को। अझ पूर्वका प्रधानमन्त्री भए पश्चिमका चर्कने, उत्तरका भए दक्षिणकाको मुन्टो फर्कने भएपछि विज्ञापन नगरी छान्न सकिने छाँट छैन । अझ विज्ञापन गर्दा पनि जाँच लिनुपर्ने हुन्छ उहिलेको जस्तो टुँडिखेलमा लस्करै राखेर दौडाउँदै जो पहिला हुन्छ त्यसैलाई प्रधानमन्त्री बनाउने हो भने खेलकुद परिषद्ले म्याराथुन धावक पठाउन बेर छैन ।

त्यसमाथि ढोका-ढोका दौडेर महाम्याराथुनको अभ्यास गर्ने निकम्मा अघि आउन बेर हुन्न एउटै योग्यता राख्दा त राजनीतिकमण्डलीमा पुनः हाहाकार हुन्छ भने दुई-चार योग्यतामा जाँच गर्दा कोही मान्नेवाला छैन । त्यसैले कतै निम्नतम योग्यता तोक्दा दुई खुट्टाले टेक्न सक्ने भनौँ भने अपाङ्गको विरोध आउन बेर हुन्न । वास्तवमा अब सक्कली योग्यता माग्दा नक्कली जुलुसले पेल्न बेर हुन्न । बूढालाई बनाउँदा कोरेली बाच्छी ओगट्ने मात्र काम भएकाले पट्टोलाई किन नपठाउने ? अथवा अधबैंसे नै ठीक हो कि प्रधानन्त्री दिने ?

औतारी काकाको गम्भीर प्रश्नमा थप्दै मैले भनें- लाटो लठेब्रोलाई दिँदा भाषण गर्न सक्दैन चोथाले चम्बुलाई दिँदा अरूलाई बोल्नै दिँदैन । बलियालाई दिँदा पछार्ला भन्ने डर, निर्धालाई भन्दा सुन्दै ढल्ला भन्ने पीर ? लट्ठी पनि नभाँचिने सर्प पनि नमर्ने नै गर्ने हो भने काका आफैं प्रधानमन्त्री भए कसो होला ?

मेरो प्रश्नमा भैंसीसिङ्गे जुँगा बटार्दै काकाले ल सुन विज्ञापन प्रधामन्त्रीको भन्दै भाका हाले-

विज्ञापन छ मन्त्रीको हैन प्रधानमन्त्रीको
नाकमा कालो दागी हैन स्वच्छ छविको
लुते हैन सबैलाई मिलाएर लान सक्नेको
भन को छ काजी ? प्रश्न छ शुद्ध कविको !

पटक-पटक प्रधानमन्त्री हुँदा फेल भएको
सगरमाथा चढ्नुपर्ने मान्छे पाताल गएको
पुराना थोत्रा नेतालाई भेटेर चलेन काम
देश बनाउने हो भने चाहियो नयाँ पिंढीको नाम !

काकाको कविता सुनी मैले भनें- फेरि कुट्लान् नि काका ! यो कवि कुटिने देश भनिसके ।

हे पुराण पाँडे ! देशले पनि कहीं कुट्छ, देशलाई होच्याएर कोही ठूलो हुँदैन देशमा पस्नेवित्तिकै कुटिने देश कहाँ छ ? बरु देशलाई कुट्ने र लुट्ने होलान् बहुलट्टी विचार र बकबास बकेर देशको इज्जत लुटिने गरेको देखिन्छ कवि कुट्ने त शासक वा सरकार हुन्छ । कवि कुटिने देश भनेपछि कुन कवि आउला, कुन कवि निस्केला ? यो देशमा कवि कुट्ने कर्मचारी होलान् कवि कुटिने र लुटिने हैन कवि कुट्ने र लुट्ने होलान् । तर नेता कुटिने, जेलमा जाकिने नभई प्रधानमन्त्रीको दाबेदारी कसरी गर्ने ? कुटिएको प्रमाण पेस गरे हाकिम ! पक्कापक्की हाकिम !

काकाको दिव्यवाणी महसुस गर्दै म पनि कविता कूटनीति दर्शनतिर लागेँ ।

०००
‘नेपाल समाचारपत्र’, जेठ १९, २०६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x