रामकुमार पाँडेविज्ञापन : प्रधानमन्त्रीको !
यो देशमा कवि कुट्ने कर्मचारी होलान् कवि कुटिने र लुटिने हैन कवि कुट्ने र लुट्ने होलान् । तर नेता कुटिने, जेलमा जाकिने नभई प्रधानमन्त्रीको दाबेदारी कसरी गर्ने ?

औतारी काका भैंसीसिङ्गे जुँगा चोस्याउँदै मच्ची मच्ची भाषण छाँट्दै रे’छन् । त्यहाँ भावी प्रधानमन्त्रीको लावालस्कर लागेको रहेछ सबै दलभित्र दुई-चार दावेदार ! सङ्घ सङ्गठनका दाबेदार ! लिङ्ग, अपाङ्ग, जाति, जनजाति, दलितका दाबेदार हेर्दा एक पदले नपुगी प्रधानमन्त्रीको पद पनि बढाउनुपर्ने देखियो । जिल्लैपिच्छे भुरे टाकुरेजस्तो प्रधानमन्त्री बनाउने । स्त्री र पुरुषको त लैङ्गिक दूरी घटाउन कि त दुई जना बनाउनुपर्यो नभए दुवैलाई बानेर अर्धनारिश्वर नवनाई लैङ्गिक दूरी घट्ने छाँट छैन । त्यसमाथि महिलाभित्रकै विभेदलाई विचार गर्ने हो भन्ने सौता-सौती, सासू-बुहारीको बरोबरी भाग नदिए शान्ति हुने छाँट छैन । वादको विवाद झन् चर्को । अझ पूर्वका प्रधानमन्त्री भए पश्चिमका चर्कने, उत्तरका भए दक्षिणकाको मुन्टो फर्कने भएपछि विज्ञापन नगरी छान्न सकिने छाँट छैन । अझ विज्ञापन गर्दा पनि जाँच लिनुपर्ने हुन्छ । उहिलेको जस्तो टुँडिखेलमा लस्करै राखेर दौडाउँदै जो पहिला हुन्छ त्यसैलाई प्रधानमन्त्री बनाउने हो भने खेलकुद परिषद्ले म्याराथुन धावक पठाउन बेर छैन ।
औतारी काका भैंसीसिङ्गे जुँगा चोस्याउँदै मच्ची मच्ची भाषण छाट्दै रे’छन् । त्यहाँ भावी प्रधानमन्त्रीको लावालस्कर लागेको रहेछ सबै दलभित्र दुई-चार दावेदार ! सङ्घ सङ्गठनका दाबेदार! लिङ्ग, अपाङ्ग, जाति, जनजाति, दलितका दाबेदार हेर्दा एक पदले नपुगी प्रधानमन्त्रीको पद पनि बढाउनुपर्ने देखियो । जिल्लैपिच्छे भुरे टाकुरेजस्तो प्रधानमन्त्री बनाउने। स्त्री र पुरुषको त लैङ्गिक दूरी घटाउन कि त दुई जना बनाउनुपयो नभए दुवैलाई बानेर अर्धनारिश्वर नवनाई लैङ्गिक दूरी घट्ने छाट छैन । त्यसमाथि महिलाभित्रकै विभेदलाई विचार गर्ने हो भन्ने सौता- सौती, सासू-बुहारीको बरोबरी भाग नदिए शान्ति हुने छाँट छैन । वादको विवाद झन् चर्को। अझ पूर्वका प्रधानमन्त्री भए पश्चिमका चर्कने, उत्तरका भए दक्षिणकाको मुन्टो फर्कने भएपछि विज्ञापन नगरी छान्न सकिने छाँट छैन । अझ विज्ञापन गर्दा पनि जाँच लिनुपर्ने हुन्छ उहिलेको जस्तो टुँडिखेलमा लस्करै राखेर दौडाउँदै जो पहिला हुन्छ त्यसैलाई प्रधानमन्त्री बनाउने हो भने खेलकुद परिषद्ले म्याराथुन धावक पठाउन बेर छैन ।
त्यसमाथि ढोका-ढोका दौडेर महाम्याराथुनको अभ्यास गर्ने निकम्मा अघि आउन बेर हुन्न एउटै योग्यता राख्दा त राजनीतिकमण्डलीमा पुनः हाहाकार हुन्छ भने दुई-चार योग्यतामा जाँच गर्दा कोही मान्नेवाला छैन । त्यसैले कतै निम्नतम योग्यता तोक्दा दुई खुट्टाले टेक्न सक्ने भनौँ भने अपाङ्गको विरोध आउन बेर हुन्न । वास्तवमा अब सक्कली योग्यता माग्दा नक्कली जुलुसले पेल्न बेर हुन्न । बूढालाई बनाउँदा कोरेली बाच्छी ओगट्ने मात्र काम भएकाले पट्टोलाई किन नपठाउने ? अथवा अधबैंसे नै ठीक हो कि प्रधानन्त्री दिने ?
औतारी काकाको गम्भीर प्रश्नमा थप्दै मैले भनें- लाटो लठेब्रोलाई दिँदा भाषण गर्न सक्दैन चोथाले चम्बुलाई दिँदा अरूलाई बोल्नै दिँदैन । बलियालाई दिँदा पछार्ला भन्ने डर, निर्धालाई भन्दा सुन्दै ढल्ला भन्ने पीर ? लट्ठी पनि नभाँचिने सर्प पनि नमर्ने नै गर्ने हो भने काका आफैं प्रधानमन्त्री भए कसो होला ?
मेरो प्रश्नमा भैंसीसिङ्गे जुँगा बटार्दै काकाले ल सुन विज्ञापन प्रधामन्त्रीको भन्दै भाका हाले-
विज्ञापन छ मन्त्रीको हैन प्रधानमन्त्रीको
नाकमा कालो दागी हैन स्वच्छ छविको
लुते हैन सबैलाई मिलाएर लान सक्नेको
भन को छ काजी ? प्रश्न छ शुद्ध कविको !
पटक-पटक प्रधानमन्त्री हुँदा फेल भएको
सगरमाथा चढ्नुपर्ने मान्छे पाताल गएको
पुराना थोत्रा नेतालाई भेटेर चलेन काम
देश बनाउने हो भने चाहियो नयाँ पिंढीको नाम !
काकाको कविता सुनी मैले भनें- फेरि कुट्लान् नि काका ! यो कवि कुटिने देश भनिसके ।
हे पुराण पाँडे ! देशले पनि कहीं कुट्छ, देशलाई होच्याएर कोही ठूलो हुँदैन देशमा पस्नेवित्तिकै कुटिने देश कहाँ छ ? बरु देशलाई कुट्ने र लुट्ने होलान् बहुलट्टी विचार र बकबास बकेर देशको इज्जत लुटिने गरेको देखिन्छ कवि कुट्ने त शासक वा सरकार हुन्छ । कवि कुटिने देश भनेपछि कुन कवि आउला, कुन कवि निस्केला ? यो देशमा कवि कुट्ने कर्मचारी होलान् कवि कुटिने र लुटिने हैन कवि कुट्ने र लुट्ने होलान् । तर नेता कुटिने, जेलमा जाकिने नभई प्रधानमन्त्रीको दाबेदारी कसरी गर्ने ? कुटिएको प्रमाण पेस गरे हाकिम ! पक्कापक्की हाकिम !
काकाको दिव्यवाणी महसुस गर्दै म पनि कविता कूटनीति दर्शनतिर लागेँ ।
०००
‘नेपाल समाचारपत्र’, जेठ १९, २०६१
Subscribe
Login
0 Comments
Oldest






































