साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रिय ! तिमीलाई पनि म चिठी पठाउँछु…

प्रिय ! स्वर्गबाट बाले पनि चिठी पठाउनु भाछ- ठूले ! धेरै दुःख नगर छोरा जति दुःख गरेर भए नि मैले तेरै लागि घडेरी जोडिदिएको छु झट्टै आएस् घर बनाएर बस्नु छ ।

Nepal Telecom ad

सुन प्रिय !
आज मेरा धेरै चिठी आएछन्
साउदीको मजराबाट
छोराले चिठी पठाएछ-
खजुरको रूखमा घाँस काट्न जाँदा
भाँचिएको खुट्टा लिएर आउँदैछ रे !

सुन्दैछ्यौ के प्रिय !
कुवेतको बंगलाबाट
छोेरीको पनि चिठी आएछ-
मालिकका पाहुनालाई
सन्तुष्टि दिँदा दोजिया भइछ
त्यसैले न्वारान गर्ने बाबुको खोजीमा
सायद छिट्टै नै नेपाल आउदैछे रे !

अँ, प्रिय !
गतसाल मुम्बईको कोठीमा बेचिएकी
सान्नानीको पनि चिठी आएछ-
असुरक्षित यौनसम्पर्कका कारण
एच.आइ.भी. पो लागेको छ रे
त्यसैले कोठी मालिकले
छिट्टै नेपाल पठाउँदै छ रे !

प्रिय !
स्वर्गबाट बाले पनि
चिठी पठाउनु भाछ-
ठूले ! धेरै दुःख नगर छोरा
जति दुःख गरेर भए नि मैले
तेरै लागि घडेरी जोडिदिएको छु
झट्टै आएस् घर बनाएर बस्नु छ ।

मेरी प्रिय !
थाहा छ तिमी र म छुट्टिनुहुन्न
तिमीसँग मेरा धेरै कथा जोडिएका छन्
त्यसैले घर बनाउने बित्तिकै
तिमीलाई पनि म चिठी पठाउँछु ।

०००
रातोपुल, काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
DL shrestha
DL shrestha
1 year ago

Most relevant events

Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
1
0
Would love your thoughts, please comment.x
()
x