साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्दिर फेरिएको होइन

फूलपातेले ताली बजाई हाल्छन् भक्तहरूको लाइन मिलाई हाल्छन् भक्तहरू विश्वासिला हुन्छन् पुजारीले भनेपछि मान्छेकालाई गाईकै हो मान्छन् ।

Nepal Telecom ad

मन्दिर फेरिएको होइन
मन फेरिएको हो
देउता फेरिएका हुन्
मूर्ति फेरिएका हुन्
मूर्ति धातुका हुन्
ढुङ्गा, माटो र काठका हुन् ।

मूर्ति निर्जीव हुन्
आकार परिवर्तन गर्न सकिन्छ
स्थानान्तरण गर्न सकिन्छ
आफै प्राण कहाँ हुन् र मूर्ति ?
प्राण प्रतिष्ठा गर्नुपर्छ
प्राण भर्न सकिन्छ ।

नाम फेर्न आइतवार लाग्दैन
त्यत्तिसकोटी भित्र जे राखे पनि हुन्छ
माटो सुहाउँदो
ठाउँ सुहाउदो
परिस्थिति मेल खाने
भक्तहरूलाई सजिलो लाग्ने ।

पुजारीहरू मिले जे गरे पनि हुन्छ
काठ, ढुङ्गा धातु जे पुजे पनि हुन्छ
पुजारीहरूले धामिलाई झाँक्री
झाँक्रीलाई धामी बनाइ दिन्छन्
वन देउतालाई घर देउता
घर देउतालाई वन देउता बनाउन
सिपालु हुन्छन् पुजारी ।

पुजारी पाँच रूपैयालाई गाई बनाई दिन्छन्
एक सुक्कालाई गोवर मान्छन्
एक सिक्कालाई गहुत मान्छन्
एक चिम्टी गोबरले सारा ब्रह्माण्ड पोत्न सक्छन्
एक थोपा गहुँतले आकाश पाताल शुद्ध पार्न सक्छन् ।

फूलपातेले ताली बजाई हाल्छन्
भक्तहरूको लाइन मिलाई हाल्छन्
भक्तहरू विश्वासिला हुन्छन्
पुजारीले भनेपछि मान्छेकालाई गाईकै हो मान्छन् ।

०००
कैलाली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x