साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुस्कान तीन

आउँदै गर्दा खानेकुराले भरिएका रिकापीहरू सब रित्तो देखेर एकजनाले हाँस्दै भने- उटुङ्गो गर्न त ज्वाईंसाबसँग नसकिने भो बा !

Nepal Telecom ad

१. ज्वाइँसाब

मेरो बिहे भएको केही दिन पछि पहिलोपटक ससुराली गएँ । ससुरालीका खलकहरू मेरै छेउछाउमा बसेर कुराकानी गर्न थाले । बीच बीचमा चिनापर्ची पनि । त्यहीबेला नेवारी परम्परा अनुसारको खाजा ख्याउन ल्याए । लाज र अप्ठयारो दुबै थियोे । भोकले रन्थनिए पनि ज्वाईं हुनुको पारा देखाउँदै थिएँ । त्यहीबेला बत्ती झ्याप्पै निभ्यो । सबैजना बत्तीको जो हो गर्नतिर लागे । त्यहीँ मौका छोपेर मेरो पालो एकै गाँसमा सबै खानेकुराहरू बुत्याइदिएँ । बत्ती बल्यो । ससुराली खलकहरू फेरि मेरै छेउमा आउँदै गर्दा खानेकुराले भरिएका रिकापीहरू सब रित्तो देखेर एकजनाले हाँस्दै भने- उटुङ्गो गर्न त ज्वाईंसाबसँग नसकिने भो बा ! उहाँको कुरा सुनेपछि सबैजना हाँस्न थाले ।

२. मेसेन्जरको जवाफ

२०७९/०७/०६ गतेका दिन मैले सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेको मेसेन्जरमा लेख्दै भने- दाजु ! दाँत कीराले खाएर दुखेको पो रैछ, आज झिकेर फ्याँकियो, आजबाट थोते भइयो । मेसेन्जरको कुरा दाजुले पढे लगत्तै लेख्नुभयो- बुढेसकालमा दाँतको के काम त !

२०७९/०७/२८ गतेका दिन सिस्नुपानीको कामको सिलसिलामा अध्यक्ष दाजुलाई फोन गरेको त आँखाले धोका दिएर अस्पतालतिर जानुपर्ने भयो, भोलि जाउँला है भन्नुभयो । त्यहीबेला मैले ठट्टा गर्दै भने- बुढेसकालमा आँखाको के काम त ! झिकेर फ्याँकिदिए भै गो नि ! दाजुले हँ भन्नुभयो, मैले अँ भने ।

३. उहाँ ट्वाँ

म बैकको खजाञ्ची । मकहाँ सुन राख्न आउँदा आउँदै इन्द्रबहादुरसँग राम्रै दोस्ती बढ्यो । एकदिन इन्द्रबहादुरले आफ्नो मनको कुरा मलाई सुनाउँदै भने- के गर्नु सर ! तपाईको ज्यान देखेर साहै ईष्र्या लाग्छ हो ! यस्तो मिलेको ज्यानलाई मेरी मोटी छोरी दिन पाए क्या खास्सा हुन्थ्यो ! म त तपाईंलाई ज्वाईं बनाउन चाहन्छु के छ विचार !

मैले इन्द्रबहादुरको कुरा सुनेपछि भेद खोल्दै भने- साह्रे ढिलो भो नि ! मेरो यो ज्यानलाई त अर्कैले आँखा लगाएर तपाईकी छोरीको जस्तो ज्यान बनाएर बसेकी छे । एक महिनापछि ऊ त आमा बन्ने वाली छ । अब चाहिँ उहाँ त ट्वा !

०००
सरस्वतीनगर, चावहिल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x