साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोटो सिक्का

हाम्रो टाउकोमा चढेर हालीमुहाली गर्ने खोटो सिक्काले गर्दा मुलुकको यो हविगत भएको हो । त्यसैले म भन्छु- खोटा सिक्काय स्वाहा !

Nepal Telecom ad

नचल्ने सिक्काको नाम हो खोटो सिक्का । कोत्रिएको थोत्रिएको सिक्काको के मूल्य ! फाल्न पनि नसकिने न त कुनै सामान किन्न प्रयोगमा आउने ! थोत्री तरुनीको गाला झै । आची पुछेर फालेको टाला झै ! लक्ष्मीले परित्याग गरेको सिक्का हो खोटो सिक्का । त्यो सिक्का केही समय राजाको खल्तीमा राज गथ्र्यो । राजाको खल्तीबाट एकाएक भिखारीको हातमा पर्‍यो । लुगलुग जाडोले कापेका भिखारीको हातबाट त्यो खोटो सिक्का नालीमा खस्यो । नाली सफा गर्नेले त्यो सिक्का पायो । त्यसपछि उक्त सिक्का भट्टीवालनीको हाथमा पर्‍यो । भट्टीवालनीले पैसा फिर्ता गर्ने क्रममा त्यो एक नामुद जँडियाको हातमा पर्‍यो । त्यसपछि त्यो सिक्का उसकी श्रीमतीले मन्दिरमा लगेर चढाइ । पुजारीको हातमा परे पनि सुर्ती किन्ने क्रममा त्यो सिक्का किराना पसलेकहाँ पुग्यो । किराना पसलेले फिर्ता पैसा दिने क्रममा एउटी सुन्दरी युवतीलाई दियो । उक्त सिक्का सुन्दरीको हातमा परेर केही बेर तातिएपछि केही क्षणमै आइसक्रिमवालाको हातमा पुगेछ र पुनः चिसिएछ । कहिले तात्तिने र कहिले चिसिने भएकोले उक्त सिक्का खोटो सिक्कामा परिणत भएछ । यसरी परिणत भएपछि उक्त सिक्काको भाग्य खोटो भएछ । अनि घरको न घाटको भएछ ।

खोटो सिक्काको नियति सबभन्दा बढी भोग्नेमा माथिल्ला टाउकेहरूका लिंडे पुच्छरहरू बढि पर्दछन् । जब ती पुच्छरहरूले टाउकेहरूका जिउमा बसेका माखा धपाउन असक्षम घोषित हुन्छन् । सिधै खोटो सिक्का जस्तै काम नलाग्ने हुन्छ्न् । अख्तियारको फन्दामा परी सिधै मामाघर जाकिन पुग्छन् । इज्जत प्रतिष्ठा माटोमा मिल्छ । आफन्त शुभचिन्तकहरू पराइ बन्छन् । सबैले थु थु भन्छन्, छि छि भन्छन् । हि हि गरेर हाँस्छन् । हो, ती पुच्छरेहरू मरे तुल्य भएर बाँच्छन् । यता न उताका हुन्छन् । हात लम्काउने आँखा झिम्काउने लबस्तरो बानीले पाउने सास्ती पाउँछन् । न समर्थन न विरोधको परिणती । खान पाएपछि अझ लप्लपाउने, खान नपाएपछि चलखेल गर्ने । वास्तविक खोटा सिक्कामा रुपान्तरित हुन्छन् ।

खोटो सिक्काको नियती झेल्नेमा बिचौलियाहरू पनि पर्छन् । यता सस्तोमा खरिद गर्‍यो उता महङ्गोमा बेचेर उपभोक्ताको ढाड सेक्यो । जब उपभोक्ता र उत्पादकको सिधै खरिद बिक्री सुरु हुन्छ नि बिचौलियाहरू ब्राण्डेड्बाट लोकल ट्वाँक लगाएर चित्त बुझाउने अवस्थामा पुग्छन् । उनीहरूले धन सम्पत्तिको आडमा पाएको मानमनितो भङ्ग हुन थाल्छ । त्यसरी भङ्ग भएपछि तिनको मन झसङ्ग हुन्छ । दुर्दशा सुरु हुन्छ । जीवनशैली अस्तव्यस्त हुन्छ । महङ्गो बोर्डिङ स्कूलमा पढ्दै गरेका छोराछोरीलाइ सरकारी स्कूलमा पढाउन वाध्य हुन्छन् । छैला सुकुटीबाट गुन्द्रुक मस्यौरामा पुग्छन् । अत्तरको बास्ना होइन बरु आफ्नै गन्हाउने मोजाबाट निस्कने दुर्गन्धको आनन्द लिन्छन् ।

वास्तवमा कुरा नचपाइकन भन्ने हो भने तपशीलका व्यक्तित्वहरू खोटो सिक्कासँग तुलनायोग्य हुन्छन् ।
१) कुरौटेहरू २) भरौटेहरू ३) दही चिउरेहरू ४) दुइ जिब्रेहरू ५) डेब्राहरू ६) घोसेहरू ७) लोसेहरू ८) भ्रष्टहरू ९) कामचोर हरू १०) राष्ट्रघातीहरू अनि आदि इत्यादिहरू ।

खोटो सिक्कालाइ जतनले मिल्काउनुपर्छ वा थन्काउनुपर्छ । खोटो सिक्का निसन्देह दुर्भाग्यको प्रतिक हो । यसले व्यक्तिलाई, समाजलाई अनि सिङ्गो राष्ट्रलाइ कङ्गाल बनाउने हैसियत राख्छ । हाम्रो टाउकोमा चढेर हालीमुहाली गर्ने खोटो सिक्काले गर्दा मुलुकको यो हविगत भएको हो । त्यसैले म भन्छु- खोटा सिक्काय स्वाहा !

०००
२०७९ पौष ६
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x