खोलाघरे साहिँलोेभुक्कुण्डवृत्तिको जय !
येन केन प्रकारेण माल हात लगाउने , आफू जम्ने अरूलाई कोशौं टाढा भगाउने , गतिलो ढाँटशिल्पीले ढुकुटी लुुट्छ निर्भय , गिर्नुको गन्ती चैं हुन्न “भुक्कुण्डवृत्तिको जय !”

कथा एक पुुरानो छ निकै चर्चित, रोचक
राज्यभण्डारमा छिर्छ चोर “भुक्कुण्ड” नामक
चोर्दाचोर्दैे समातिन्छ राजाबाट उही क्षण
मृत्युदण्ड दिने हुन्छ राज्यको प्रष्ट कानुन ।
भयातुर छ भुक्कुण्ड प्राण जानेछ निश्चय
झट्टैे उपाय सोचेर राजामा भ्रम भर्दछ
“भकारमा अकारादि” मात्रानिर्मित नामको
मृत्युको क्रममा पालो आयो आज भुकुण्डको ।
अकारान्त “भ” का राजा भर्तृहरि थिए, गए
आकारान्त थिए रोज्जा कवि “भारवि” ती गए
इकारान्त गए भिक्षु (विष्णु), भीम ईकारका गए
मात्रा भकारमा लाग्ने नाम मेलैसरी गए ।
उकारान्त म भुक्कुण्ड जाने बेला भयो अब
ऊकारान्त तिमी भूप, लगत्तै क्रम आउँछ ।”
भुक्कुण्डले भन्यो यत्ति भयो भूप भयातुर
दिएन दण्ड, भुक्कुण्ड, बँच्यो त्यो वाक्य चातुर ।
भुक्कुण्ड चोर हो, राज्यकोष चोर्दैे समातियो
दण्डनायक राजामा भ्रम पारेर जोगियो ।
अहिले पनि छन् धेरैे भुक्कुण्ड विधिसम्मत
राज्यको कोष नैे चोर्न आएका छन् भटाभट ।
भ्रष्टाचार गरी धेरै जल्ले सक्छ लुकाउन
सञ्चारमा प्रशंसा नैे जल्ले सक्छ भुकाउन
दुर्नामको नदीभित्र बारम्बार डुुबे पनि
ओभानो हुन तत्कालै जल्ले सक्छ सुुकाउन ।
यस्ताले सजिलै सक्छन् ढाँट्न नीति र कानुन
जङ्गली,चोर नैे पुग्छन् राज्यका मुखिया हुुन
एक भुक्कुण्डले माल हात पार्छ, रमाउँछ
अर्को भुक्कुण्ड पर्खिन्छ, छिर्के दाउ लगाउँछ ।
चोर बाटो चिनेका छन् पस्छन् यी ढुुकुटीतिर
राजा(मूली) मा भ्रम भर्छन् र चोर्छन् सम्पति आखिर
आलोपालो उही जालो हुन्छ भुक्कुण्डमन्तर
नयाँ होस् कि पुरानो होस् हुन्न तात्विक अन्तर ।
येन केन प्रकारेण माल हात लगाउने
आफू जम्ने अरूलाई कोशौं टाढा भगाउने
गतिलो ढाँटशिल्पीले ढुकुटी लुुट्छ निर्भय
गिर्नुको गन्ती चैं हुन्न “भुक्कुण्डवृत्तिको जय !”
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































